Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

स्थानीय तह ७२९ निश्चित

काठमाडौं, २२ पुस । सरकारले पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने निर्णय गरेको छ । प्रतिवेदन बुझेपछि अध्ययन गर्न कार्यदल बनाइनेछ । मंसिर मसान्तभित्रै प्रतिवेदन बुझ्नुपर्ने भए पनि सरकारकै कारण ढिलाइ भएको थियो । सरकारले बोलाउनेबित्तिकै प्रतिवेदन बुझाउन तयार रहेको आयोगका सदस्य डा. श्याम भुर्तेलले जानकारी दिए । अायोगले ७ सय २९ स्थानीय तह निर्धारण गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्रीनिवास बालुवाटारमा मधेसी मोर्चासहित सत्तारुढ दल कांग्रेस र माओवादीका नेताहरूबीच आयोगको प्रतिवेदन अध्ययन गर्न कार्यदल गठन गर्ने र कार्यदलको प्रतिवेदनपछि राजपत्रमा प्रकाशित गर्नेबारे छलफल भएको बैठकमा सहभागी मोर्चाका नेता केशव झाले जानकारी दिए । संवैधानिक आयोगको प्रतिवेदनमाथि कार्यदल बनाउनु गलत संवैधानिक आयोगले तयार गरेको प्रतिवेदन अध्ययन गर्न अर्को कार्यदल बनाउनु गलत हुने आयोगका सदस्यहरूले नै टिप्पणी गरेका छन् । ‘संविधानले दिएको अधिकार र कार्यक्षेत्रअनुसार आयोगले काम गरेको छ र संवैधानिक आयोगको प्रतिवेदन अध्ययन गर्न कार्यदल बनाउने कुरा गैरसंवैधानिक हुन्छ,’ डा. भुर्तेलले भने । स्थानीय तहमा दलीय निर्वाचन नगर्ने बालुवाटार बैठकमा स्थानीय तहमा दलीय निर्वाचन नगर्नबारे पनि छलफल भएको छ । मोर्चाका नेताहरूका अनुसार स्थानीय तह विकासे निकाय भएकाले स्थानीय तहलाई राजनीतिक दलका आधारमा निर्वाचन गर्न सकारात्मक रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चाका नेताहरूलाई जानकारी गराएका थिए । निर्वाचक मण्डलबाट गाउँपालिका र नगरपालिका प्रमुख हटाउने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था हटाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको मोर्चाका नेताहरूको भनाइ छ । मोर्चाका अनुसार संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्दा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था हटाउने तयारी भइरहेको छ । प्रधानमन्त्रीले मधेसीसँग भने आयोगले तयार गरेको प्रतिवेदनमा पनि पहिलाको भन्दा संख्या बढेर आएकाले स्वीकार गरेर जानुपर्छ । हामीले दिएको कार्यादेशअनुसार आयोगले प्रतिवेदन तयार गरेकाले प्रतिवेदन नबुझ्ने भन्ने कुरा हुँदैन । बरु कार्यदल बनाएर त्यसको रिपोर्टअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा प्रकाशित गरौँला ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy