तौल बढेर हैरान हुनुहुन्छ ? यस्ता छन् घटाउने सरल तरिका
पौष २२ गते, २०७३ शुक्रवार 6th January, 2017 Fri१२:१०:२१ मा प्रकाशित
काठमाडौं, २२ पुस ।मोटो शरीरलाई चिकित्सकहरु रोगको घरको संज्ञा दिन्छन् । मोटो शरीर भएकालाई सुगर, मुटुरोगलगायतका गम्भीर प्रकृतिका रोगले संक्रमण गर्ने संभावना बढी हुन्छ । त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ । हेर्दा पनि मोटो शरीर अकर्षक देखिँदैन । तर, मोटोपन घटाउन अधिकांशले चाहेर पनि नसकेको गुनासो गर्छन । डा. प्रकाशराज रोग्मीले मोटोपन घटाउने केही उपाय सिकाएका छन्
१. गुलियो र चिल्लो त्याग्नुहोस
शरीरको मोटोपन घटाउने हो भने गुलियो र चिल्लो खानेकुरा त्याग्न सक्नुपर्छ । चिनी र चिनीबाट बनेका परिकारमा लोभिनु हुँदैन । ध्यु, बटर, बोसो सेवन गर्नु हुँदैन । चिल्लोमा फ्राई गरेको खानापनि खान छाड्नुपर्छ । तरकारी तथा परिकारमा जतिसक्यो कम तेल हालेर पकाउनु पर्छ ।
२. खानाअघि सलाद खानुहोस
शरीर मोटो बन्दै गएपछि खानाको रुची झन बढ्दै जान्छ । कार्बोहाइ«ेडयुक्त खाना जति धेरै खायो , उति नै मोटोपन बढ्छ । त्यसैले खानाको मात्रा नियन्त्रण बिहानको खाना खानुअघि एक कचौरा हरियो सलाद खाने गर्नुहोस । सलाद खाएपछि पेट भरिन्छ , र भात कम खाइन्छ । यसले पनि मोटोपन घटाउन तथा नियन्त्रणमा राख्न मद्धत गर्छ ।
३. बेलुका भात नखानुहोस
मोटोपन घटाउने भए बेलुकाको खानामा भात नखानु नै उत्तम हुन्छ । दुर्य पीस रोटी , एक कचौरा दाल , हरियो सागसब्जी र सलाद खानु राम्रो हुन्छ ।
४. पर्याप्त व्यायम गर्नुुहोस
शारीरीक व्यायमले मोटोपन घटाउन महत्वपूणर््ा भूमिका राख्छ । तर व्यायम शरीरले थेग्न सक्नेमात्रै गर्नुपर्छ । पर्याप्त व्यायम गर्नुको मतलव शरीरलाई पीडा दिनु होइन । दैनिक एक घण्टा हिँड्ने , खेतबारीमा काम गर्ने , पौडी खेल्ने , खेलकुदमा भाग लिने गर्न सकिन्छ । तर , अप्राकृतिक तरिकाले केही दिनमै ह्वात्तै तौल घटाउन गर्नु हुँदैन ।
५. भोकाउँदा फलफुल खानुहोस
कुनै पनि बेला भोक लाग्दा फलफुलमा जोड गर्दा राम्रो हुन्छ । तर, मोटा व्यक्तिले केरा भने नखानु राम्रो हुन्छ । अन्य खानाभन्दा फलफुलले पेट भर्ने, तागत दिने र मोटोपन बढ्न नदिने गर्छ ।
६. पानी पर्याप्त पिउनुहोस
स्वस्थ जीवन जिउन पर्याप्त पानी पिउनुपर्छ । विहान उठ्ने बित्तिकै दुई गिलाँस तातोपानी पिउनु उत्तम हुन्छ । दिनभरमा कम्तिमा तीन लिटर पानी पिउनु पर्छ ।
७. तनावबाट मुक्त हुनुहोस
अनावश्यक कुरामा तनाव लिने तथा राती पर्याप्त ननिदाउने व्यक्ति पनि मोटोपनको सिकार ब्नछन् । त्यसैले तनावमुक्त जिवन जिउने प्रयास गर्नुपर्छ । दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्छ । योग, ध्यान , प्राणायाम गरेर तनावमुक्त हुन सकिन्छ ।
८. धु्रम्रपान र मध्यपान त्याग्नुहोस
धुम्रपान र मध्यपानले मोटो व्यक्तिलाई झन बढी असर गर्छ । रक्सी, चुरोट, खैनी, पान, सुर्ती, बिँडी सेवनले मोटोपन बढाउँछ भने रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर गराउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: