पौष २३ गते, २०७३ शनिवार 7th January, 2017 Sat०६:५८:३१ मा प्रकाशित
दोलखा, २३ पुस । जस्ता र चित्रोले बारेको छाप्रो अघिल्तिर ५५ वर्षीया भीमकुमारी सिवाकोटी भाँडा माझ्दै थिइन् । भूकम्पमा लडेको उनको घरको अवस्था अहिले पनि उस्तै छ । भूकम्पमा उनका एक हल गोरु र बोका मरे ।
आजको नयाँ पत्रिकामा खबर छ– सरकारले पीडितका लागि अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन् । तर, अझै घरको जग खार्न सकेकी छैनन् । काम गर्ने मजदुर नभेटेपछि उनले घर बनाउन चासो नदिएकी हुन् ।
मजदुरको ज्यालै महँगो
बाथरोगले थलिएको पोखराबारी गाउँका ५० वर्षीय लेखनाथ सिवाकोटी जस्ताको छाप्रो छेउमै बसेर घाम तापिरहेका थिए । उनी पनि घरबारविहीन हुन् । उनले ५० हजार रुपैयाँ पाइसके, तर मजदुरको अभावमा उनले घर बनाउन सकेका छैनन् । ‘सरकारले दिने ५० हजार रुपैयाँ पाएँ । तर, घर बनाउन गाउँमा मान्छे नै भेटिन्न, रोगी छु । भेटिएका मजदुरले ज्याला महँगो भन्छन् । सरकारले दिएको अनुदानले पुग्दैन । त्यसैले छाप्रोमै बस्दै आएको छु,’ उनले भने ।
पैसाले मात्रै घर बन्दैन
पोखराबारीकै ४५ वर्षीया निर्मला त्रिपाठीको दुईवटा घर भूकम्पमा ध्वस्त भयो । उनी अहिले जस्ताको टहरोमै बस्दै आएकी छिन् । सरकारले बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन् । तर, घरको जग खार्न सकेकी छैनन् । गाउँमा मजदुर नभेटेपछि उनले घरको जग खार्न नसकेकी हुन् । ‘घर बनाउन सकिएको छैन । पैसाले मात्रै घर नबन्ने रहेछ । गाउँमा मजदुर भेटिन्नन्, भेटिएकाले ज्याला महँगो भन्छन् । त्यसो हुँदा जाडो सहेर छाप्रोमै बस्नु परे
जस्ताकै टहरोमा समय बित्ने चिन्ता
गाउँका सबै युवा विदेश लापिलाङ–९ पाटागाउँकी ८५ वर्षीया भीमकुमारी बस्नेत चित्रोले बारेको गोठमा आगो फुक्दै गरेको अवस्थामा भेटिइन् । भूकम्पले उनको तीनतले घर ढाल्यो । उनी अहिले गोठमा बस्दै आएकी छिन् । तर, गोठमा जाडो छेक्ने कुनै छेकवार छैन । जाडोले उनको हातखुट्टा पटपटी फुटेका छन् । अँगेनामा दाउरा ठोस्दै उनले भनिन्, ‘भूकम्पले घर ढालेपछि जस्ताको टहरासमेत हाल्न सकिनँ । यही गोठमा बसेकी छु । आगो तापेरै रात बित्छ ।’ सरकारले दिने अनुदान रकम उनले अझै पाएकी छैनन् । ‘सरकारले दिने ५० हजार रुपैयाँ पनि पाइनँ । केले घर बनाउने ? जस्ताकै टहरोमा अब जुनी बित्ने भयो,’ उनले भनिन् ।
गाउँका सबै युवा विदेश
लापिलाङ–५ गोदाङका ८८ वर्षीय कर्णबहादुर थामी चित्रोले छाएको गोठमा भेटिए । सँगै उनकी श्रीमती गहुँ निफन्दै थिइन् । जाडोले कठ्यांग्रिएका उनको पनि तीनतले घर भूकम्पमा ढल्यो । उनी यही चित्रोले बारेको गोठमा बस्दै आएका छन् । जाडोमा ओढ्ने तातो लुगा छैनन् । अनुदानको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाए । तर, घर बनाउन सकेका छैनन् । गाउँमा घर बनाउने मजदुर नभेटेपछि उनको घर बनाउने योजना लम्बिएको हो । ‘भूकम्पपछि गोठमै बस्दै आएको छु । जाडो छ । ओढ्ने लुगा छैन । सरकारले दिने अनुदान त पाएँ, तर घर बनाउन सकेको छैन । गाउँका सबै युवा विदेश छन् । कसले गर्छ अचेल ढुंगामाटोको काम रु’ उनले भने ।
साँघुरो गोठमा डेढ वर्षदेखि
लापिलाङ–५ कै ८३ वर्षीय जगमान थामी चित्रोले छाएको गोठ अघिल्लतिर थुन्चे बुन्दै थिए । उनकी श्रीमती भने अँगेनामा आगो ताप्दै थिइन् । उनी यही गोठमै बस्दै आएका छन् । गोठ साँघुरो छ । जाडो छेक्ने कुनै साधन छैन । जाडोले उनका हातखुट्टा फुटेका छन् । सरकारले दिएको ५० हजार रुपैयाँ उनले बैंकमा जम्मा गरेका छन् । तर, भूकम्पमा ढलेको घर बनाउन सकेका छैनन् । ‘भूकम्पमा घर ढल्यो । यही गोठमा बास छ । अनुदानको पैसा बैंकमा छ । पैसा भएर मात्रै नहुने रहेछ । गाउँमा घर बनाउने मान्छे नै छैनन्,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: