Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अमेरिकामा गोली चल्यो, पाँचको मृत्यु

\"\"काठमाडौँ, २३ पुस । अमेरिकाको फ्लोरिडा राज्यमा गाली चलेको छ । उक्त राज्यको बिमानस्थलमा एक बन्दुकधारीले गोली चलाएर पाँच जनाको हत्या गरेका छन् भने ८ जना घाइते छन् । अमेरिकि समाचार अनुसार सन्दिग्ध हमलाकारी इराक युद्धमा सहभागी भएका २६ बर्षीय पूर्व सैनिक एस्तेवान सान्टियागो हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकी मिडियाले भने सान्टियागो मानसिक रुपमा अस्थिर रहेको समाचार प्रशारण गरेका छन् । सरकारले आफ्नो दिमाग नियन्त्रित गरेको र जिहादी भिडियो हेर्न बाध्य पारेको आरोप उनले लगाएका थिए । फ्लोरिडाको फोर्ट लाउडर्डेलको तर्फबाट भनिएको छ कि टर्मिनल दुईको सामान लिने स्थान नजिकै हमला भएको थियो । प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले स्टार वार्स टी(सर्ट लगाएका थिए र गोली चलाइरहँदा उनी मौन थिए । प्रत्यक्षदर्शीका अनुसार बन्दुकको गोली सकिएपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । एयरपोर्टका अधिकारीहरुले सुरक्षा जाँच गर्दा उनको बन्दुकमा गोली लोड थिएन । गोली उनको झोलामा थियो । भित्र छिरेपछि बाथरुममा गएर गोली लोड गरेको बताइएको छ । अमेरिकामा खाली र लक गरिएको बन्दुकको साथ उडान गैरकानूनी होइन । अमेरिकाको फेडेरल एभिएसन अथोरिटिजले एक बिज्ञप्ति जारी गर्दै एयरपोर्ट बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् कि उनले यस भयावह घटनाको निगरानी गरिरहेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: