सांसदको टिकट पाउँदा चुनाव लड्न नजाने तर ठुला ठुला क्याम्पसको स्ववियु सभापतिको लागि मरिहत्ते गर्ने प्रबृत्ति झन् डरलाग्दो गरि देखिएको छ । त्यसको मतलब क्याम्पसमा गर्ने ठेकेदारीशैली अनि कलेज क्याम्पसको नाममा गर्ने मनपरितन्त्र कलेज प्रशासनलाई सके फकाएर नत्र थर्काएर धम्काएर विद्यार्थीको नाममा जुन किसिमको राजनीति भइरहेको छ ।विद्यार्थी जीवनबाट रिटायर भइसकेपछि पनि एउटा क्याम्पसको स्ववियु चुनाव लड्नका लागि क्याम्पसका गेट ढुकेर बस्नेहरूलाई यो २८ वर्ष उमेर हदले दह्रो झापड दिएको छ । यहाँ त कस्तोसम्म देखिन थाल्यो भने सांसदको टिकट पाउँदा चुनाव लड्न नजाने तर ठुला ठुला क्याम्पसको स्ववियु सभापतिको लागि मरिहत्ते गर्ने प्रबृत्ति झन् डरलाग्दो गरि देखिएको छ । त्यसको मतलब क्याम्पसमा गर्ने ठेकेदारीशैली अनि कलेज क्याम्पसको नाममा गर्ने मनपरितन्त्र कलेज प्रशासनलाई सके फकाएर नत्र थर्काएर धम्काएर विद्यार्थीको नाममा जुन किसिमको राजनीति भइरहेको छ, त्यो आफैमा दुखद कुरा हो । यस्तै स्ववियु देखेर नै बेलाबेलामा अब स्ववियु चुनाव को अर्थ छैन भनेर तर्क गर्नेहरु पनि देखिएकै थिए । जुन चिज पनि जुन उद्देश्यका लागि सिर्जना गरिएको हो त्यतातिर हुँदा ठीक हुने हो नत्र त कसरी ठीक होला र ? यस्तै, समस्यामा थियो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव । देश संघीयतामा गएको छ अब स्थानीय तहको चुनाव हुदै पनि छ त्यतातिर आफ्नो राजनैतिक भविष्य खोज्ने कि फेरि पनि कलेजकै गेटहरु कुरेर बस्ने ? हाम्रा विद्यार्थी संगठनका नेता कार्याकर्ताले बुझ्नुपर्ने कुरा के हो भने चुन्ने र चुनिने कुरा बिल्कुलै फरक कुरा हुन् । जस्तै नेपालको संविधान २०७२ अनुसार सांसद बन्न २५ वर्ष उमेर पुग्नैपर्ने र उक्त सांसदलाई भोट गर्न १८ वर्ष भए हुने कुरा छ । त्यसो भए त यहाँ पनि भन्न सकिन्थ्यो भोट गर्न सक्षम मान्छे सांसद उठ्न किन सक्षम भएनन् ? विद्यार्थी राजनीति नै सबै कुरा होइन र विद्यार्थी राजनीतिबाट बिदा लिदा पुरै राजनीतिबाट बिदा लिएको ठान्नेहरुलाई के भन्छु भने म विद्यार्थी संगठन भनेको आवधिक संगठन हो यो न महिला संगठन जस्तो हो न किसान संगठन जस्तो । त्यसैले अब स्ववियु चुनावमा मात्र होइन विद्यार्थी संगठनमा पनि उमेरहद हुनैपर्छ । हाम्रो विद्यार्थी नेताहरू त कस्ता भए भने बिहान बच्चालाई बोर्डिङ स्कुलको गेटमा छोड्न जाने दिउँसो त्यही बोर्डिङ स्कुल कलेजका मालिकहरुसँग बसेर बार्गेनिङ गर्ने अनि बेलुका ४ बजेपछि बच्चा लिन त्यही बोर्डिङको गेटमा पुग्ने गरेको देखिन्छ । यो अहिलेको विद्यार्थी संगठनका नेता कार्यकर्ताको दुखद यथार्थ हो । यसरी त कसरी हुन्छ विद्यार्थी आन्दोलन ? यसलाई नसुधार्ने हो भने त किन चाहियो स्ववियु अनि किन चाहियो विद्यार्थी संगठन ? नेपालको सन्दर्भमा कुनैबेला विद्यार्थी संगठन अनि विद्यार्थी आन्दोलनलाई अध्ययन गर्ने बुझ्ने हो भने ठुल्ठूला परिवर्तनको सुरुवात यसकै जगमा भएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता साथै समानुपातिक सहभागिता विद्यार्थी आन्दोलन र संगठनहरुकै महत्वपूर्ण भूमिकाबाट स्थापित भएका हुन् । त्यतिवेला विद्यार्थी संगठनहरुले पार्टीहरुले गर्ने काम गर्थे । तर अहिले हरेक ठाउँमा प्रतिष्पर्धाका आधारमा चयन हुनुपर्ने विभिन्न ठाउँका प्रमुखहरु राजनीतिक भागवण्डामा चलिरहेको देख्दा पनि विद्यार्थी संगठन चुप लागेर हेरेर बस्दा विद्यार्थी आन्दोलन भुत्ते भएको छ भनेर बुझ्न सकिन्छ । यहि भुत्तो भएको विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनलाई धारिलो बनाउन २८ वर्ष उमेरहद सहितको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आवश्यक छ । लामो समयपछि हुन गइरहेको स्ववियु चुनावलाई सफल बनाउन सबै आफ्नो ठाउँबाट जुटौं ।
प्रतिकृया लेख्नुहोस्: