‘नेपालमा जनयुद्ध थियो र ! जनयुद्धका पनि सकारात्मक प्रवृत्ति छन् र ! जनयुद्धले पैदा गरेका पनि नेता हुन र ?’ भन्नेसम्मको स्थिति विकसित हुन पुग्यो । यो स्थितिमा प्रथमतः जनयुद्धका सकारात्मक प्रवृत्तिको रक्षा एउटै माओवादी धारले मात्रै गर्न सम्भव देखिएनतर यसले ‘गाडा अगाडि र गोरु पछाडि’ भन्ने नेपाली उखानलाई पुनस्मरण भने गराएको छ । आवश्यकता माओवाद मान्नेलाई मात्रै होइन, माओविचारधारा पक्षधरहरूलाई समेत एकताबद्ध पारेर लैजानु हो । यस्तो बेलामा माओवादी आन्दोलनका केही पक्षहरूलाई मात्रै समेटेर अभियान बनाउनु असल काम भए पनि गलत प्रक्रियाजस्तो देखिएको छ । आन्दोलनलाई पुनर्गठन गर्ने प्रश्न भनेको अङ्शको होइन, समग्रताको हो । आन्दोलनलाई गुटबाट होइन, समग्रताबाट हेर्नु पर्दछ भन्ने हाम्रो मान्यता छ । पुरानै सोच र प्रवृत्तिबाट मुक्त हुन नसकेको माओवादी नेतृत्वपङ्क्तिबाट आन्दोलनको पुनर्गठन सम्भव होला र ? प्रश्न माओवादी नेतृत्वको मात्र होइन; राष्ट्र, जनता र विचारको हो । हामीले ध्रुवीकरणको कुरा गर्दा नेताहरूलाई मात्रै हेरेर हुँदैन; श्रमजीवी जनतालाई हेरेर, देशको भविष्य हेरर प्रश्न गर्नु पर्दछ । र, विचार तथा राजनीतिलाई केन्द्रमा राख्नु पर्दछ । हो, तपाईंले प्रश्न गरेजस्तो माओवादी नेतृत्वको एउटा पङ्क्ति निश्चित रूपमा नवधनाढ्य वर्ग, सांस्कृतिक रूपमा भ्रष्ट र जनताको शत्रुपङ्क्तिमा उभिएको छ । तर, माओवादी आन्दोलनको विशाल पङ्क्ति अहिले पनि इमानदार छ, प्रगतिशील छ, देशभक्त छ र वामपन्थी छ । हाम्रो चासो त्यही इमानदार पङ्क्तिलाई गोलबन्द गर्नु र निराशालाई आशामा बदल्नु हो, प्रगतिशील आन्दोलनलाई पुनः अगाडि बढाउनु हो । इमानदार प्रवृत्ति अगाडि आयो भने बेइमान, धोकेवाज र नवधनाढ्य प्रवृत्ति कमजोर हुँदै जाने छ । हामी विश्वास गर्छौं, एक दिन सत्यकै विजय हुनेछ किनकि माक्र्सवादले सत्यको पक्ष लिन्छ । माओवादी आन्दोलनको पुनर्गठन र नयाँ ध्रवीकरणको सन्दर्भमा तपाईंकै पार्टीको धारणा चाहिँ के छ त ? माओवादी आन्दोलन आमूल परिवर्तनको आन्दोलन थियो तर नेतृत्वपङ्क्तिबाटै झाङ्गिएको विचलनका कारण त्यो आमूल परिवर्तनकारी आन्दोलन सामान्य सुधारवादी आन्दोलनमा गिर्दै गयो । विचलन र विभाजनका कारण एकपछि अर्को गर्दै जनयुद्धका सबैजसो उपलब्धिहरू गुम्दै गए । परिस्थितिले माओवादी पार्टीलाई जनयुद्धको महानता र जनताको सहभागिताबाट अलग्याउँदै लग्यो । ‘नेपालमा जनयुद्ध थियो र ! जनयुद्धका पनि सकारात्मक प्रवृत्ति छन् र ! जनयुद्धले पैदा गरेका पनि नेता हुन र ?’ भन्नेसम्मको स्थिति विकसित हुन पुग्यो ।
कम्युनिस्ट आदर्श–विचारलाई परित्याग गरे, व्यक्तिवादी भए, सहरमुखी र बजारमुखी भए, पुँजीवादलाई अपनाउने र समाजवादी नारा मात्रै दिने ढोंगी भए । अहिलेको एउटा प्रमुख प्रश्न भनेको त्यसखाले नकारात्मक प्रवृत्तिविरुद्ध श्रमजीवी वर्गको श्रमचेतनालाई स्थापित गर्नु हो ।यो स्थितिमा प्रथमतः जनयुद्धका सकारात्मक प्रवृत्तिको रक्षा एउटै माओवादी धारले मात्रै गर्न सम्भव देखिएन । दोस्रो, जनयुद्धका धारहरूलाई एउटै स्कुलिङको रूपमा बुझ्ने अनि यहाँभित्र अलगअलग प्रवृत्ति छन् भन्ने सोचाइलाई नै आम जनतामा स्थापित गर्न सकिएन । जनताले पनि हामी सबै घटकलाई एउटै ‘बास्केट’ का ‘खेलौना’ को रूपमा बुझ्ने अवस्था सिर्जना भयो । जनयुद्धका विरोधीहरू सकारात्मक उपलब्धिमाथि पानी खन्याउन सफल भए । अब जनयुद्धका सकारात्मक प्रवृत्तिहरूको रक्षा गर्ने प्रश्न कुनै ‘क’ माओवादीको मात्रै विषय रहेन । अतः समग्र माओवादी आन्दोलनले जनयुद्धको विचारको रक्षाका निम्ति झन्डा उठाउनुपर्ने परिस्थिति आयो । यही वस्तुगत धरातलमा टेकेर हामीले ध्रुवीकरण र रूपान्तरण भनेका हौं । र, यसैअनुरूप परिस्थितिको व्याख्या गरेका हौं । अहिले पनि माओवादी जनयुद्धको संस्थापन पक्ष एमाओवादी नै हो । जनयुद्धको नेता प्रचण्ड एमाओवादीकै नेतृत्वमा हुनुहुन्छ । यो एकता र जनयुद्धको उपलब्धिहरुको रक्षा पनि उहाँको पहलमा भयो भने सहज हुन्छ । मलाई लाग्छ उहाँ पनि तयार हुनुहुन्छ । तर उहाँले सच्याउन पर्ने केही सबालहरु छन् । प्रचण्डले रुपान्तरण आन्दोलनको नेतृत्व गर्नुपर्छ । उहाँले गर्दा सहज, संम्भव र मित्रतापुर्ण हुन्छ । अरुले गर्दा सहज हुँदैन र शत्रुतापुर्ण हुनसक्छ । हामी उहाँलाई रुपान्तरण सहितको नेता बनाउने अभियानमा छौं । तपाईंहरू ‘रूपान्तरणसहितको पुनर्गठन’ भनिरहनु भएको छ, के हो यसो भन्नुको खास तात्पर्य ? हो, हामीले माओवादी आन्दोलनमा ‘एकीकरण’ भन्दा ‘रूपान्तरण’ लाई प्राथमिकता दिएका छौं । रूपान्तरण र आत्मसमीक्षाविना माओवादी एकताको कुनै अर्थ छैन, त्यसरी त आन्दोलन पुनर्गठन सम्भव नै हुँदैन भन्ने हाम्रो मान्यता छ । ठोसमा के हो त तपाईंहरूले भनेको ‘रूपान्तरण’ ? हामीले भनेको रूपान्तरण प्रथमतः माक्र्सवाद–लेनिनवाद–माओवादलाई दह्रोसँग पक्रनु हो । दोस्रो, शान्ति प्रक्रियामा आएपछि कतिपय माओवादी नेताहरू वर्गपरिवर्तन गरी नवधनाढ्य वर्गमा रूपान्तरण भए, कम्युनिस्ट आदर्श–विचारलाई परित्याग गरे, व्यक्तिवादी भए, सहरमुखी र बजारमुखी भए, पुँजीवादलाई अपनाउने र समाजवादी नारा मात्रै दिने ढोंगी भए । अहिलेको एउटा प्रमुख प्रश्न भनेको त्यसखाले नकारात्मक प्रवृत्तिविरुद्ध श्रमजीवी वर्गको श्रमचेतनालाई स्थापित गर्नु हो । र, सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु बनाउँदै नयाँ माओवादी आन्दोलन जन्माउनु नै ‘रूपान्तरण’ हो । हेर्दा सामान्य लाग्न सक्दछ तर व्यवहारमा जनयुद्धको स्पिरिटअनुरूपकै क्रान्तिकारी हस्तक्षेपविना यो सम्भव छैन । आजका सबैखाले माओवादीहरू सर्वहाराकरणसहित फेरि रूपान्तरण होलान् भनेर पत्याउनुहुन्छ ? यदि माओवादी आन्दोलनले सर्वहारा वर्गीय दृष्टिकोण र विचारलाई आत्मसात् गर्न सकेन भने त्यसको आत्माकै मृत्यु हुने छ । माओवादी आन्दोलनको आत्माको मृत्यु भयो भने त्यो ‘नयाँ एमाले’ हुने छ । माओवादी आन्दोलनलाई ‘नयाँ एमाले’ बन्नबाट जोगाउने आन्दोलन भनेकै रूपान्तरणको आन्दोलन हो । त्यसैले हामी जुनसुकै मूल्य चुकाएरै भए पनि सर्वहाराकरण सहितको नयाँ माओवादी आन्दोलन जन्माउने प्रयत्नमा छौं । विश्वास गरौं, त्यो सम्भव हुने छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले त अहिले भनिएजस्तो प्रक्रियाबाट पार्टी पुनर्गठन सम्भव छैन भनेको छ नि, कत्तिको सही हो त्यो धारणा ? विप्लवजीहरूको त्यो कुरा सही हो किनकि यही परिस्थितिमा र यही विधिबाट मात्रै माओवादी आन्दोलनको रूपान्तरण, ध्रुवीकरण र एकता सम्भवै छैन । तर, परिस्थितिलाई नयाँ आयाम दिने पहल गर्नुपर्छ, एकै ठाउँमा जुटेर छलफल गर्ने वातावरण बनाइरहनुपर्छ र सबैतिरबाट इमानदारितापूर्वक रूपान्तरण र ध्रुवीकरणको प्रयास अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । तपाईं यसो भनिरहनुभएको छ तर तपाईंकै पार्टी र मातृका यादव नेतृत्वको माओवादीलाई त ‘पुनर्गठन अभियान’ मै सामेल गराइएको देखिएन नि ? अहिले हामी जुन विन्दुमा उभिएका छौं, यसले देखाउँछ कि हामीलाई ‘बाइपास’ गरेर गरिने ‘ध्रुवीकरण’ ले जनताबाट मान्यता पाउने अवस्था नै छैन । हामीले इतिहासमा गरेका सकारात्मक कार्यहरूको योग हो कि सानो अङ्शमा मात्रै किन नहोस्, हामी माओवादी आन्दोलनको क्रान्तिकारी प्रवृत्तिको प्रतिनिधित्व गर्छौं । त्यसैले हामीबिना एकता र ध्रुवीकरणको कल्पना कसैले गरेको छ भने त्यो व्यर्थको निरर्थक प्रयास मात्र सावित हुने छ । आजको माओवादी आन्दोलनका खास समस्या चाहिँ के–के हुन् त ? आन्दोलन विचलन र विघटनको दिशाबाट गुज्रेपछि त्यसलाई सम्हाल्न धेरै गाह्रो हुन्छ । यो कुरा विश्व इतिहासबाट पनि थाहा हुन्छ र हाम्रै नेपाली माओवादी आन्दोलनको इतिहासले पनि प्रमाणित गरिसकेको छ । माओवादी आन्दोलन अहिले नराम्रोगरी विचलित, विभाजित छ, विशृङ्खलित छ । मान्छेका आदर्शहरू भत्किएका छन्, बिम्बहरू चकनाचूर भएका छन्, आशाहरू मरेका छन् । तर बिग्रे–भत्केको खण्डहरलाई पुनर्निर्माण गर्नुलाई नै अहिले माओवादी आन्दोलनको पहिलो कार्यसूची बनाउनुपर्छ । यदि पहिला कार्यसूची कामयाबी भएन भने दोस्रो–तेस्रो हुँदै विकल्पहरू अगाडि आउने छन्, हामी माओवादीहरू कहिल्यै विकल्पविहीन हुँदैनौं । माओवाद र माओविचारधारा मान्नेहरूको एउटै कम्युनिस्ट केन्द्र बनाउने हाम्रो अवधारणा हो । अहिले माओवाद सङ्कटमा छ त्यसैले माओवादलाई नै केन्द्रमा राखेर ध्रुवीकरण र रूपान्तरणको बाटोबाट अगाडि बढ्नु पर्दछ । प्रस्तुति : विदुर ढुङ्गेल
प्रतिकृया लेख्नुहोस्: