नेपाली कांग्रेसले भारतमा इष्ट इन्डिया कम्पनी विरोधी आन्दोलनमा लोकप्रिय “जय हिन्द” बाट प्रभावित भएर “जय नेपाल” को प्रयोग गर्न थालेको पाइन्छ ।माओवादी केन्द्र नेताकार्यकर्तासँग घुलमिल गर्न रुचाउदैनन् किनभने उनीहरु गजक्क पर्नु नै सबैभन्दा ठूलो नेतागिरी हो भन्ने ठान्दछन् । उनीहरुमा आफूभन्दा माथिल्लो पदमा बसेको नेतालाई दाइ वा सर भन्ने व्यापक चलन छ । हजुरबा उमेरको मान्छेले नाति उमेरकालाई दाइ वा सर भन्दा सर्वस्वीकृत शिष्टाचार खण्डित भएन ? विगतमा बन्दुक पड्काएको, सुम्सुम्याएको विषय नै माओवादीले नेतृत्वको मापदण्ड मानेपछि त्योभन्दा अरु के अपेक्षा गर्न सकिन्छ र ? समानताको भाषण एकातिर हुन्छ, व्यवहार अर्कैतिर ।
अहिले एमालेजनहरु कम लालसलाम र बढी अभिवादनको प्रयोग गर्दछन् नेतालाई सम्बोधन गर्न । नेता र कार्यकर्ताको भेट हुँदा वा टेलिफोन वार्ता हुँदा नेताले कार्यकर्ताको अभिवादन पर्खन्छ । माओवादी केन्द्रमा नेता कार्यकर्तावीच विरलै सम्वाद हुन्छ किनभने कार्यकर्ता भन्दा नेता धेरै ठुला हुने हुनाले ठूला मान्छेलाई सधैं डिस्टर्व गर्ने कुरा भएन ।कुनै वेला झापा विद्राहीले चन्द्रप्रसाद ढकालको टाउको काट्दै गर्दा ‘अध्यक्ष माओ’ जिन्दावाद भन्ने नारा लगाए केपी ओलीहरुले । यो एउटा गज्जवको नक्कल थियो । चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्ष नेपालको पनि अध्यक्ष हुने ! चीनमा प्रयोग भएको न्यू डेमोक्रेसी नौलो जनवाद भएर नेपाल छिर्यो । चिनियाँ लङमार्च जस्तै नेपालमा दीर्घकालीन जनयुद्ध गरियो । के त्यस्ता आन्दोलनलाई नेपाली परिवेशको नाम दिन सकिदैनथ्यो ? के कमरेडको ठाउँमा मित्र अथवा साथी भन्न मिल्दैनथ्योे ? लाल सलाम, सलाम वा अभिवादनको ठाउँमा नेपाली जनजिब्रोमा रहेको बराबरीको भाव झल्कने नमस्ते वा नमस्कार शब्दको प्रयोग गर्न सकिँदैनथ्यो ? नेता र कार्यकर्तावीच दूरी देखाउने शब्दको सट्टा सबैको नामको पछाडि ‘जी’ को प्रयोग गरे के विग्रन्थ्यो ? कि नेपाली जनजिब्रोमा प्रचलित यस्ता आदरार्थी शब्द र शिष्टाचार प्रयोग गर्दा संशोधनवादी, दक्षिणपन्थी वा प्रतिक्रियावादी भइन्थ्यो ? के चीनमा विवादित सर्वहारा सांस्कृतिक क्रान्ति जिन्दावाद भनेर त्यो अनुसार व्यवहार नगर्नुको सट्टा नेपालका बामपन्थी आफैं सदाचारी भएको भए हुदैनथ्यो ? बरु नयाँ शक्ति पार्टीले धेरै परम्पराको क्रमभङ्ग गरेको देखिन्छ । विचारमा ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवाद मान्ने, सार्वभौमिकता, स्वाधीनता, समावेशी लोकतन्त्र र सदाचारलाई प्रमुख आधार मान्ने घोषणा गरेको नयाँ शक्तिले आफ्ना बोली र व्यवहारलाईसमेत सच्याउदै परिस्कृत गर्दै लगेकोछ । आज नयाँशक्ति अभियानका अभियन्ताहरु कोेही लालसलाम कोही सलाम अभिवादन गर्दैनन् । आपसी अभिवादनमा दुई हात जोडेर गरिने नमस्कारलाई सर्वस्वीकृत बनाइएको छ । हालको एकै दिनचार पाँच पटक हात मिलाउने बर्तमान अस्वस्थ्यकर तरिकालाई विस्तारै हटाउन पहल शुरु भएको छ ।
सबै पार्टीमा नेतालाई भेट्ता एक माना घिउ सकिएला जस्तो गरेर चिल्लो घस्ने तर उसको अनुपस्थितिमा सत्तोसराप गर्ने माओवादी परम्पराको ठाउँमा नेता भेट्दा सुधारात्मक आलोचना गर्ने र अनुपस्थितिमा उसको राम्रो कामको मात्र चर्चा गर्ने परिपाटी बसाल्नु आवश्यक छ ।त्यस्तै एकले अर्कोलाई सम्बोधन गर्दा नामको पछाडि ‘जी’ राखेर गरिन्छ । बाबुरामजी, रामचन्द्रजी, महेशजी, दुर्गाजी, पर्शुरामजी, देवेन्द्रजी, निर्मलजी भन्न जनता र कार्यकर्ताले निशंकोच पाएका छन् । नेताहरुले पनि जनता वा कार्यकर्तालाई सोही तरिका अपनाएर एकरुपता र समानता कायम गरिएको छ । विगतमा कसैलाई लालसलाम, कसैलाई नमस्कार र कसैलाई अर्कै सम्बोधन गरेर हैरान भएका कार्यकर्ताले सरलता महसुस गर्न पाएका छन् । नयाँशक्ति पार्टीले यस्ता विषयलाई शुरुदेखि नै स्थापित गरेर अगाडि बढेको हुनाले नयाँशक्तिको छुट्टै संस्कृति निर्माणमा यसले ठूलो भूमिका खेलेको छ । नेपाली मौलिकता बोकेका शिष्टाचार र अभिवादनका यी उपाय अँगाल्दा कोही गैरक्रान्तिकारी हुदैन । सबै पार्टीमा नेतालाई भेट्ता एक माना घिउ सकिएला जस्तो गरेर चिल्लो घस्ने तर उसको अनुपस्थितिमा सत्तोसराप गर्ने माओवादी परम्पराको ठाउँमा नेता भेट्दा सुधारात्मक आलोचना गर्ने र अनुपस्थितिमा उसको राम्रो कामको मात्र चर्चा गर्ने परिपाटी बसाल्नु आवश्यक छ । कसैलाई सुधार्न गरिएको आलोचना अमृत समान हुन्छ भने स्वार्थप्रेरित प्रशंसा विष समान हुन्छ भन्ने नबुझ्ने कोही छैन ।
प्रतिकृया लेख्नुहोस्: