Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

पृथ्वीनारायण शाह देश निर्माता कि राष्ट्र निर्माता ?

पृथ्वीनारायण शाहलाई कसरी मूल्याङ्कन गर्ने ? उनी नेपाल राष्ट्रको एकीकरणकर्ता थिए या उनी आफ्नो समयका सक्षम सामन्ती राजा मात्र थिए ? यो प्रश्नको उत्तर पूर्वाग्रह वा वर्तमानका आफ्ना निहित आग्रहमा डुबेर खोज्न सम्भव छैन । नेपालमा केही वर्षयता पृथ्वीनारायणबारे हुने छलफलमा आजका तत्कालीन राजनीतिक मुद्दाहरु अर्थात् निहित आग्रहहरु घालमेल हुन थालेका छन् । यसरी सही दृष्टिकोण बन्न सक्तैन । केही मानिसहरु ‘संघीयतामा गयो भने देश विखण्डनतिर जान्छ’, ‘धर्म्निरपेक्षतामा जाँदा हिन्दूमाथि अरु धर्म हावी हुन्छन्’ भन्ने जस्ता मतलाई बलशाली बनाउन र अर्काथरी केही मानिसचाहिँ ‘पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता मानिदिँदा आर्य–खस जातिका शासक जमात खुसी भएर संघीयतामा जान सजिलो हुन्छ भने भनिदिऊँ न त’ भन्ने ढंगले पृथ्वीनारायण शाहको मूल्याङ्कन अघि सार्दैछन् । इतिहासको मूल्याङ्कनको विषयमा जसरी निहित आग्रह बेठीक हुन्छ, त्योभन्दा बढी कूटनीति भद्दा हुन्छ । यसो गर्नु भविष्यप्रति बेइमानी हुन जान्छ । कतिपयलाई यस्तो पनि लाग्ने गरेको छ कि ‘पृथ्वीनारायण शाह र उनले गरेको राज्य विस्तारको कामलाई जे भने पनि आजको वर्तमानमा केही फरक पर्दैन ।’ त्यसो पनि होइन । फरक पर्छ, पार्छ किनभने इतिहासको मूल्याङ्कन वर्तमानलाई स्वस्थ बनाउने, भविष्यलाई भव्य बनाउने प्राथमिक कडी हो ।
पृथ्वीनारायण शाहको आँखाबाट नहेरी नेपालका जनजाति, मधेशी, दलित र कर्णालीपारिका जनताको आँखाबाट हेरियो भने पृथ्वीनारायणको तत्कालीन राज्य र अग्रेजमा के कति फरक देखिन्छ ? यदि पृथ्वीनारायणले आफ्नो राज्यको अधीनस्थ राख्नुभन्दा अङग्रेजले आफ्नो राज्यको अधीनस्थ बनाएको भए कर्णालीपारि, दलित, मधेशी र जनजातिलाई के फरक पथ्र्यो होला ?
समग्रतामा त्यसैले पृथ्वीनारायण शाह र उनको कदमबारे ठीक दृष्टिकोण बनाउन आग्रहमा आधारित भएर होइन यथार्थसम्मत समाजवैज्ञानिक हुने प्रयत्न गर्दै छलफल चलाउन जरुरी छ । १. सबैतिर बल प्रयोगबाट राज्य विस्तार त्यसैले एकीकरण ! संसारको इतिहासमा सबैतिर बल प्रयोग गरेरै राज्य विस्तार गरिएको र त्यसका नायकलाई राष्ट्र निर्माता मान्ने गरिएको हुनाले पृथ्वीनारायण शाह पनि राष्ट्र निर्माता हुन्, उनी एकीकरणकर्ता हुन् भन्ने मान्यता जोडदार रुपमा राख्ने गरिएको छ । [caption id=\"attachment_95228\" align=\"alignleft\" width=\"250\"]\"\" अाहुति[/caption] एक, पहिलो कुरा त संसारको इतिहासमा सबै एकीकरण बल प्रयोगबाटै भएको भन्ने कुरा सही होइन । जस्तो, हजरत मोहम्मदले आजभन्दा चौध सय वर्ष पहिले इस्लामको एकीकरण बर्बर युद्धमा होमिएका सयौं कविलाहरुको बीचमा छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्त राज्य अमेरिका र विघटित सोभियत संघ दुवै नै छलफल र एकताद्वारा एकीकृत भएका थिए । न जर्ज वासिङ्टन, न नै लेनिनले बल प्रयोग गरी एकीकरण गरेका थिए । अर्को कुरा, बल प्रयोगबाट राज्य र त्यस राज्यले शासन गर्ने देशको सीमा बनेको थियो भन्नु र एकीकरण भन्नु एउटै कुरा होइन । संसारको हरेक राष्ट्र र देश निर्माणका आफ्नै विशेषता र परिघटनाहरु छन् । यहाँ तर्क गर्ने गरिए जस्तो सबैतिर बल प्रयोगबाट राज्य विस्तार गरिएको र त्यसलाई नै एकीकरण भन्ने गरिएको भन्ने कुरा सही होइन । दुई, एउटै भाषा, एउटै संस्कृति र एउटै जाति सामग्रमा एउटै सभ्यताका फरकफरक राज्यहरुलाई एउटै बनाउन बल प्रयोग गर्नु र फरक भाषा, फरक संस्कृति र फरक जाति समग्रमा भन्दा फरक सभ्यतालाई एउटै राज्यको अधीनमा ल्याउन गरिने बल प्रयोग एउटै कुरा होइन । एउटै जाति वा सभ्यताभित्रको बल प्रयोग केवल राजनीतिक सत्ता प्राप्तिका लागि मात्र हुन्छ र त्यसद्वारा बन्ने ठूलो देशले एउटै भाषा, संस्कृति र जाति समग्रमा त्यस सभ्यताको विकासमा ठोस योगदान गर्छ । छिमेकी चीनको निर्माणको मूल चरित्र यही प्रकारको हो । त्यसैले त्यस्तोलाई एकीकरण पनि भन्न सकिएला । तर फरक भाषा, फरक संस्कृति र फरक जाति समग्रमा फरक सभ्यतामाथि बल प्रयोगद्वारा राज्य विस्तार गर्नु भनेको खास सभ्यताको मानव निर्मित सबै सांस्कृतिक सम्पदालाई नास पार्दै जानु हो । एउटा सभ्यता र अर्को सभ्यताबीच छलफल, सहकार्य, सहमति र एकताद्वारा एकीकरण सम्भव छ तर बल प्रयोग गरेर एउटा सभ्यताले अर्को सभ्यतालाई शासित बनाएर एकता वा एकीकरण सम्भव नै छैन । त्यस्तो बेला त विजित सभ्यताका मानवीय सबै सांस्कृतिक आर्जनलाई ध्वस्त पार्दै लगेर मात्र राज्य सञ्चालन सम्भव हुन्छ । पृथ्वीनारायण शाहको कदम वास्तवमा पहाडिया हिन्दूलाई आर्य–खस सभ्यताको अरु सभ्यतामाथि बलात् हस्तक्षेप र शासनको अधीनस्थ ल्याउने अभियान थियो भन्ने प्रस्टै छ । फरक सभ्यताबीच सहमति र एकताको बाटो नलिएपछि त्यो स्वतः राज्य विस्तार अभियानभन्दा माथि उठ्नै सक्दैनथ्यो । एउटा सभ्यताले अर्को सभ्यता नष्ट गर्ने अभियान चलाएर एकता, एकीकरण कसरी बनाउन सकिन्थ्यो र ? तीन, बल प्रयोग गरेर भए पनि एउटै राज्यअन्तर्गत धेरै भूभाग र जनतालाई ल्याउनु नै एकीकरण हो भने इतिहासमा राज्य निर्माणका निम्ति भएका सबै बल प्रयोग र युद्ध जायज मान्नुपर्ने हुन्छ । उपनिवेशवादी कालमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स आदिको शासनमुनि ल्याउन अन्धाधुन्द गरिएका बल प्रयोग जायज मान्नुपर्ने हुन्छ । वास्तवमा यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्र निर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ । के यसो गर्न मिल्छ ? कदापि मिल्दैन । ब्राजिललाई उपनिवेश बनाएर ब्राजिली भाषाको हत्या गरेर आज सबै ब्राजिलीले पोर्चुगीज भाषा बोल्न बाध्य पार्नुलाई ठीक मान्नुपर्ने हुन्छ । समग्रमा उपनिवेशवादसमेत ठीक थियो भन्ने स्वीकार्नुपर्ने हुन्छ । सबै कुरामा बल प्रयोग ठीक भनेर संसारमा कुनै पनि सिद्धान्तले भन्दैन । सबै अवस्थामा देश निर्माण गर्न गरिएको बल प्रयोग कसरी ठिक हुन्छ ? अनि त्योबाहेक अर्को विकल्प थिएन भन्ने कसरी निष्कर्ष निस्कन्छ ? अर्को कुरा, सामन्ती युगमा बल प्रयोग नै मुख्य काइदा थियोस हुन सक्छ । तर गौतम बुद्ध, महावीरका शिष्य पनि जन्मिसकेका थिए र राजा अशोकले हिंसाको बाटो त्यागेका दृष्टान्त पनि यही दक्षिण एसियामा स्थिापित भइसकेको थियो । त्यसैगरी बल प्रयोग गरेर जितेको हुनाले त्यो विजेताले गरेको ठीक मान्ने दृष्टिकोण स्थापित गर्ने हो भने इतिहासमा हार्नेहरु सबै बेठीक थिए भन्ने मान्नुपर्ने हुन्छ । हार्नु र जित्नु नै ठीक र बेठीकको सिद्धान्त हुन सक्तैन । गोरखालीलाई ६ पटक रोकेसम्म कीर्तिपुरबासी ठीक अनि सातौं पटक हारेपछि कीर्तिपुरबासी बेठीक भन्नुपर्ने हुन्छ । यस्तो विधि र मान्यता ठीक हो त ? हुनै सक्तैन । कतिपयले राज्य विस्तारमा बल प्रयोगलाई अपरेसन गरेर बच्चा जन्माएको उदाहरणसँग जोड्नसमेत पछि परेका छैनन् । तर, यो उदाहरण दिनेले यति त हेक्का राख्नैपर्दछ कि अपरेसन विरामी वा विरामीको अभिभावकको स्वीकृतिमा मात्र गरिन्छ, जबर्जस्ती गर्न पाइँदैन । यसर्थ, सामन्तवादी युग वा त्योभन्दा पनि पहिले सबै एकीकरणमा बल प्रयोग भएका थिए भन्ने कुरा सही होइन । त्यसरी नै बल प्रयोग हुने बितिक्कै सही भएका थिए भन्ने पनि होइन र युरोप–अमेरिकाले जे कुरालाई ठीक भन्छन्, ती सबै ठीक हुन् र हुन्छन् भन्ने पनि होइन । इतिहासको मूल्याङ्कन गर्दा आजसम्ममा विकसित भएको समाज विज्ञानमा अधारित भएर गर्ने हो, उपनिवेशवादीहरुले बनाएको अवधारणामा उभिएर होइन । २. देश ठूलो र हामी नेपाली भयौं : त्यसैले एकीकरण ! ‘पृथ्वीनारायण शाहले राज्य विस्तार नगरेको भए देशहरु सानासाना हुन्थे अनि हामीले आज आफूलाई नेपाली भनेर गर्व गर्न पाउँदैनथ्यौं । त्यसकारण शाहको कदम ठीक र एकीकरण नै थियो’ भन्ने तर्क पनि छ । देशको आकार ठूलो र सानो अनि जनसङ्ख्या धेरै र थोरैसँग मानिसको प्रगति र समृद्धि मूल रुपमा जोडिएको छैन । बरु वैचारिक तथा अर्थ–राजनीतिक दिशा र संरचनाले नै निर्णायक भूमिका खेलेका छन् । र, के कुरा बुझ्नैपर्दछ भने पृथ्वीनारायण शाहकालीन नेपालका ‘भुरे–टाकुरे’ प्रकारका राज्यहरु संसारमा खास कालमा सबैतिर कुनै न कुनै रुपमा थिए । त्यति बेलाका ती साना राज्यहरु आज कतै पनि बाँकी छैनन् । तर, त्यसको कारणचाहिँ पृथ्वीनारायणले नेपालबाहिरका ती साना राज्यलाई ध्वस्त पारेकाले त हैन । नेपालमा पृथ्वीनारायणले जसरी साना राज्य घटाए, त्यही प्रक्रियाबाट दुनियाँको सबै साना राज्य घट्न पुगेका पनि हुँदै होइनन् । त्यसैले पृथ्वीनारायण शाहले नाक–कान काट्नेसम्मको काम नगरेका भए पनि यो संसारमा आज कीर्तिपुर भन्ने देश हुने थिएन । किनभने कीर्तिपुरबासी स्वयंले अलि ठूलो भूभागको चलखेलको महत्व बुझिसकेका हुने थिए । हामी आजका नेपाली हुन पायौं भन्ने जहाँसम्मको कुरा छ, यो एउटा अवधारणा मात्रै हो । के नेपाली हुनमा गर्व गर्नु भनेको भारतीय वा मंगोलियाबासीभन्दा उच्चकोटिको हुनु हो र ? कदापि होइन । जङ्गबहादुर राणाले लखनउ विद्रोह दमन नगरेका भए आजको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर आजको भारतमै रहन्थ्यो होला । अनि त्यहाँ बासोबास गर्नेले भारतीय हुनुमा गर्व गर्थे होलान्, जसरी आज नेपाली हुनुमा गर्व गर्छन् । यो राष्ट्रिय गर्व त त्यस भूमिसँगको निरन्तरको उठबस र त्यसमाथि आफ्नो स्वामित्वबाट पैदा हुने कुरा हो । त्यो एक सापेक्षित अवधारणा हो । त्यो कुनै सर्वकालिक कुरा होइन । ठूलो देश नै ठीक हो भने के विस्तारवाद ठीक हुन्छ त ? लखनउको विद्रोह दमनबाट सुगौली सन्धिपछिको नेपाल ठूलो हुन पुग्यो । त्यसो भए लखनउ विद्रोह दमन गर्न जानु ठीक थियो त ? कदापि ठीक थिएन । बलात्कारबाट पनि गर्भाधान हुन्छ । त्यसरी जन्मिएको बच्चा पनि मानिस नै हो र उसले अरु मानिससरह नै जीवनयापन गर्न पाउनुपर्छ । त्यसो भए के बलात्कार ठीक हो त ? त्यो बलात्कारबाट जन्मेको बच्चाले आफ्नी आमामाथि बलात्कार गर्नेलाई महान् बाबु नै मान्छ त ? कदापि मान्ने छैन । त्यसैले आज नेपाल जत्रो छ, त्यत्रो नेपालको नागरिक भएकाले वा नेपाली हुनुमा गर्व गर्न पाउने भएकाले पृथ्वीनारायणको राज्य विस्तार ठीक र त्यो एकीकरण नै थियो भन्ने निष्कर्ष कदापि निस्कन सक्दैन । ३. अङ्ग्रेजले नेपाललाई खान्थ्यो : त्यसैले एकीकरण ! पृथ्वीनारायणले राज्य विस्तार नगरेका भए अङ्ग्रेजले सिंगै नेपाल खान्थ्यो भन्ने जुन तर्क छ स् त्यसो हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । किनभने, पृथ्वीनारायणको उदयभन्दा पहिले नेपालका अन्य राजा र जनताले विदेशीका सामु सधैं आत्मसमर्पण मात्रै गरेका हुँदा हुन् त एउटा कुरा, इतिहास त्यस्तो छैन । अङ्ग्रेजले त्यति बेलाका राज्यहरु लिन खोज्दा त्यति बेलाका सानासाना राज्यका राजा र जनता लड्दैनथे भन्ने कुरा तब मात्र भन्न सकिन्छ जब उनीहरु सबै मूर्ख थिए भन्ने मान्नुपर्ने हुन्छ । एक–डेढ सय किलोमिटर परका गोरखालीसँग त लड्ने कीर्तिपुरबासीले समुद्रपारिका अङग्रेजसँग लड्ने जुक्ति खोज्दैनथे होलान् भनेर अहिले ठोकुवा कसैले गर्न सक्ने कुरा पनि होइन । अर्को कुरा, नेपालीले प्रतिरोध गर्दा पनि विदेशीको प्रतिरोध नगर्ने भारतीय जनताले त अन्ततः उपनिवेशवादलाई धपाए भने नेपाली जनताचाहिँ लड्दै लड्दैनथे त कुनै हालतमा भन्न सकिने कुरा हुनै सक्दैन । यस सन्दर्भमा अर्को दुःखदायी रोचक यथार्थतिर पनि ध्यान खिचौं । पृथ्वीनारायण शाहको आँखाबाट नहेरी नेपालका जनजाति, मधेशी, दलित र कर्णालीपारिका जनताको आँखाबाट हेरियो भने पृथ्वीनारायणको तत्कालीन राज्य र अग्रेजमा के कति फरक देखिन्छ ? यदि पृथ्वीनारायणले आफ्नो राज्यको अधीनस्थ राख्नुभन्दा अङग्रेजले आफ्नो राज्यको अधीनस्थ बनाएको भए कर्णालीपारि, दलित, मधेशी र जनजातिलाई के फरक पथ्र्यो होला ? कर्णालीपारि आजभन्दा थोरै भए पनि बढी भौतिक विकास हुन्थ्यो होला । जसरी भारतका दलितको आवाज सुन्नसम्म भए पनि सुनेजस्तै नेपाली दलितका आवाज त्यतिबेलै सुन्न सुरु हुन्थ्यो होला । जनजाति र मधेशीले आजभन्दा पक्कै पनि बढी भौतिक विकास र सुविधा पाउँथे होलान् । बदलामा दलित, मधेशी, जनजाति र कर्णालीपारिले अङ्ग्रेजको रैती हुनुपर्थ्यो, कुरा त्यति हो । अनि मधेशी र जनजातिले अझै थप आफ्नो धर्ममाथिको समेत दमन भोग्नुपर्थ्यो । यति न हो । पृथ्वीनारायण शाहको काठमाडौंकेन्द्रित हिन्दू राज्यको अधीनस्थ भएपछि नेपालका दलित, जनजाति, मधेशी र कर्णालीपारिले अङ्ग्रेजी उपनिवेशवादले गर्ने अत्याचारभन्दा कम के भोगे त ? पृथ्वीनारायणको राज्य दूरीका हिसाबले अलि नजिकबाट आएको, छालाको रङ्ग अलि बढी मिल्ने तर अङ्ग्रेज धेरै टाढाबाट आएको, छालाको रङ्ग धेरै नमिल्ने । यहाँभन्दा बढी फरक के भयो त यथार्थमा ? छातीमा हात राखेर सोच्ने हो भने गुणात्मक रुपमा केही पनि फरक भएन । झन् भौतिक विकास समेत युगौं पछाडि परेर दमित हुनु र्पयो । यसको अर्थ साम्राज्यवाद ठीक हो भन्ने निष्कर्ष कदापि निकाल्न खोजिएको होइन बरु जनजाति, मधेशी र कर्णालीपारिको निम्ति पृथ्वीनारायणको राज्य ‘चिनेको चोरले काट्छ’ भन्ने उखानलाई चरितार्थ गर्ने सानो उपनिवेशवादी राज्य नै थियो जसलाई आज आन्तरिक उपनिवेशवाद भनेर बुझ्ने गरिन्छ । दलितका सन्दर्भमा त झन् जनजातिलाई समेत दलितमाथि उत्पीडन गर्न अनिवार्य गराएर त्यो राज्यले युगीन अत्याचारको जग थप गरेको प्रस्टै छ । त्यसकारण नेपाल भनेको दलित, जनजाति, मधेशी र कर्णालीपारिका जनताको पनि हो भनेर बुझ्ने बितिक्कै त्यो एकीकरण थियो या राज्य विस्तार भन्ने कुराको एउटा बन्द झ्याल खुलिहाल्छ । ४. हिन्दू धर्म सिद्धिन्थ्यो : त्यसैले एकीकरण ! विश्वको इतिहासलाई सर्सरी हेर्दा यो निकै नै हास्यात्मक तर्क हो । किनभने कुनै पनि विचार वा धर्म मूलतः आफूभित्रको वैचारिक कमजोरी वा त्यस विचार या धर्म अनुसरण गर्ने समुदायको कमजोरीका कारण कमजोर हुन्छ, सिद्धिन्छ पनि । संसारमा इसा मसिह जुन देशमा जन्मिए र जहाँ पहिलो चर्च छः त्यहाँ इसाईहरु कम छन् । जहाँ ११ सय वर्षअगाडि बनेको मस्जिद छ त्यहाँ मुस्लिम कम छन् । त्यो देश हो यहूदीहरुले निर्माण गरेको इजरायल । यहूदीहरुले जति दुःख आधुनिक विश्वमा अरु कुनै पनि धार्मिक सम्प्रदायले भोग्न परेन होला । तर जति दुःख पाए पनि, संसारमा जहाँ पुगे पनि यहूदी मूलतः आफ्नै धर्म र पनमा छन् । यो उदाहरण एउटा दृष्टान्त मात्रै हो । अर्को कुरा, भारतमा दुई सय वर्ष शासन गरे पनि के सबै भारतीय इसाई भए त ? अनि २०६३ सालसम्म पनि ‘हिन्दू अधिराज्य नेपाल’ घोषणा गर्दैमा इसाई धर्म नेपालमा छिर्नबाट रोकियो त ? भारत र नेपाल दुवैमा हिन्दू र प्राकृत धर्म सम्प्रदायबाट नै बढी इसाई भएका छन् । इस्लाम र बुद्धधर्मी समुदायबाट कम इसाई हुन पुगेका छन् । किन होला ? हो साम्राज्यवादले, अझ त्यति मात्रै किन, हरेक जनविरोधी शासन र सत्ताले धर्मलाई आफ्नो हतियारका रुपमा प्रयोग गरिरहेछन् । तर यसको मतलब जनता त्यत्तिकै अर्को धर्ममा जान्छन् भन्ने होइन, त्यसमा आन्तरिक कारण पनि गम्भीर रुपमा जिम्मेवार हुन्छन् । ‘नत्र हिन्दू धर्म मासिन्थ्यो, त्यसैले पृथ्वीनारायणको राज्य विस्तार एकीकरण नै थियो’ भन्ने हो भने हिन्दूबाहेकका नेपालभित्रका बौद्ध, इस्लाम, किरात र अन्य धर्ममाथि दमन गर्नु ठीक हो भन्नुपर्ने हुन्छ । एउटा किरातीका लागि हिन्दू वा इस्लाम वा इसाई जुन धर्मले दमन गरे पनि के फरक पर्छ ? अझ तर्कै गर्ने हो भने इस्लाम र इसाईले त गाई काटेर खान एवं गाईको छालाले छत्तीस ताल निस्कने च्याब्रुङ बाजा बनाउन स्वीकृति दिन्छ, हिन्दूले चाहिँ गाई मार्दा जेल हाल्छ । त्यसैले ‘असिल् हिन्दुस्थाना’ बनाउने राज्य विस्तारको यात्रा कसरी गैरहिन्दूका लागि एकीकरण हुन्छ ? एउटा मानिसले अर्कोलाई घोषणा गरेरै हत्या गर्छ र इतिहास लेख्दा भने ‘मैले दोस्ती गरेको थिएँ’ भनेर कसरी लेख्न मिल्छ ? कतिपय मानिसलाई के पनि भ्रम छ भने धर्मका आधारमा पनि राष्ट्र बन्छ तर आधारभूत राष्ट्र निर्माणको मूल पक्ष धर्मको जगमा कहिल्यै उभिएको छैन । धर्मका आधारमा राज्य अथवा सत्ता उभिएका छन् तर राष्ट्र अथवा समग्र संस्कृतिसहितको एकताबद्ध मानवसमूहले राजनीतिक निर्णय गर्न अथवा राष्ट्र बन्न धर्मलाई मूल आधार कहिले बनाएको छैन । युरोपमा अधिकांश राष्ट्रका जनता इसाईधर्मी छन् तर भाषा, संस्कृति एवं जातीय पहिचानका कारणले राष्ट्र अलगअलग बन्न पुगेको छ । सिङ्गो अरब क्षेत्र इस्लामधर्मी हो तर त्यहाँ देश फरकफरक छन् । किनकि भाषा, संस्कृति एवं मनोविज्ञान फरक भएकाले अलगअलग राष्ट्रियता बन्न पुगेका छन् । धर्मले राष्ट्र बनाउन ठूलो भूमिका खेल्छ भन्ने होइन, त्यसैले एकीकरण हो भन्ने तर्कसँग हिन्दू धर्म जोगाउने विषयको कुनै समाजशास्त्रीय सम्बन्ध नै छैन । ५. अरु राजालाई प्रगतिको वास्ता थिएन : त्यसैले एकीकरण ! त्यतिखेरका सानासाना राज्यका राजालाई प्रगतिको वास्ता थिएन तर पृथ्वीनारायणलाई चिन्ता थियो, त्यसैले एकीकरण नै भन्नुपर्छ भन्ने तर्क पनि छ । यो तर्क पनि खासै तथ्यमा आधारित देखिएको छैन किनभने तत्कालीन गोरखा राज्यमा एउटा गतिलो दरबारसम्म थिएन । तर वागमती उपत्यकामा भव्य सभ्यता भइसकेको थियो । त्यति बेलाका कर्णालीपारि र भेरी आसपासका राज्यहरु अनि पूरै लिम्बुवानसम्म शासन चलाउने सेन राज्य गोरखा राज्यभन्दा विकासमा पछि थिए भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । तब विकास र प्रगतिको चिन्ता अरुलाई थिएन भन्ने तर्कको पुष्टि कसरी हुन्छ ? आफ्नो प्रगतिको वास्तै थिएन भने आफू मर्न तयार भएर पृथ्वीनारायणको सेनासँग किन लडेका त विजित राज्यका जनताले ? आत्मसमर्पण गरेकाहरु मर्नै पर्दैन भन्ने त थाहा नहुने कुरा भएन । प्रगतितिर वास्तै थिएन भने १८३१ सालमा लिम्बुवान स्वायत्तताको लिखित सम्झौता गरेर मात्र गोरखाली राज्यलाई मान्न तयार किन भयो लिम्बुवान ? आजका अङ्ग्रेजले नालापानीमा केटाकेटी बोकेर लड्ने नेपाली महिलालाई आफ्नो देशको प्रगतिको चिन्तै थिएन भनेर लेखे भने कोही आजको नेपाली त्यो भनाइ स्वीकार गर्न तयार होला ? कदापि हुने छैन किनभने त्यो सत्य कुरा होइन । यदि त्यति बेलाका फरक सभ्यताका राज्यका राजा र जनता प्रगति नै चाहँदैनथे भन्ने मान्ने हो भने पनि जबर्जस्ती मान्छे मार्दै प्रगति गराइदिन जाने अधिकार पृथ्वीनारायणलाई कहाँबाट प्राप्त हुन्छ ? आजका राउटेलाई जबर्जस्ती गाउँ बनाएर राख्ने, नमान्नेलाई नाक–कान काटिदिन मिल्छ ? कतिपयले कस्ता नकच्चरो तर्क पनि गर्छन् भने ‘त्यति बेला त्यस्तै चलन थियो ।’ त्यस्तै चलन थियो भनेको ठीक थियो भनेको हो ? सती पठाउने दिन थिए भन्नुको मतलब सती प्रथा ठीक थियो भन्नु हो ? कदापि हुन सक्दैन । अर्काथरी केहीले भन्ने गर्छन्– ‘त्यो त्यति बेलाको आवश्यकता थियो ।’ ठीक कुरा हो, आवश्यकताबिना मानवीय कर्म जन्मिन सम्भव छैन तर कसको आवश्यकता ? आवश्यकताहरु सबै ठीक, न्यायपूर्ण र प्रगतिशील हुँदैनन् । तत्कालीन फाइदाको मात्र कुरा गर्दा पनि सबै वर्ग र सबै समुदायको निम्ति एउटै आवश्यकता फाइदाजनक हुनै सक्दैन । जात प्रथा त्यति बेलाको आवश्यकता हो तर श्रमिक वर्गको होइन, शोषक वर्गको आवश्यकता हो । बहुपत्नी प्रथा पनि आवश्यकता हो तर महिलाको होइन, मनमौजी पुरुषको आवश्यकता हो । त्यसैले गोरखा राज्यको विस्तार पृथ्वीनारायण शाह र उनको खलकको आवश्यकता हो, अरुको आवश्यकता त एकता एवं सहकार्यको हो । भक्तपुरमा मीत लाउन आउँदा सहस्र स्वीकार्ने भक्तपुरेहरुको आवश्यकता भनेको गोरखासँग मीतको साइनो गाँस्ने होला तर पृथ्वीनारायणको आवश्यकता हमला गरेर अधीनस्थ बनाउने भयो । त्यसैले आवश्यकताको सिद्धान्तलाई कसको आवश्यकता भन्ने कसीले जाँच्नैपर्छ । ६. एकीकरण नभए नेपाल अब टुक्र्याउनु त : त्यसैले एकीकरण ! एउटा गजबको प्रश्न उब्जाउने गरिन्छ– एकीकरण थिएन भने अब के नेपाललाई पुरानै टुक्राटुक्रामा फर्काउने त ? बाइसे चौबीसे राज्य पुनर्स्थापना गर्ने त ? यस्तो प्रश्नले त बलात्कारबाट बच्चा जन्मियो भने बलात्कार भन्न हुँदैन भन्ने ठाउँसम्म पुर्‍याउँछ । बालविवाह ठीक थिएन भन्नुको मतलब बालविवाहपछि दाम्पत्य जीवन जेनतेन चलाइरहेको जोडीलाई सम्बन्धविच्छेद नै गराउनुपर्छ भनेको हो ? चरम गरिबीमा पनि गीत गाइन्छ, नाचिन्छ तर त्यो चरम गरिबी ठीक हो ? यस्तो तर्कले त जेजे भए, ती सबै ठीक थिए भन्ने ठाउँमा पुर्‍याउँछ, जुन गलत अवधारणा हो । करिब अढाइ सय वर्षको एकात्मक केन्द्रीकृत हिन्दू पहाडिया खस अहंकारवादमा आधारित शासनले नेपालका विभिन्न भाषा, संस्कृति, क्षेत्र र जातीय मनोविज्ञानका मानिसहरुलाई उनीहरुका मौलिक भाषिक, सांस्कृतिक, मनोवैज्ञानिक समग्रमा अलग सभ्यताकृत सम्पदालाई छियाछिया पार्दै प्रताडना दिँदै एकै राज्यमुनि बस्न बाध्य पार्योक । त्यस बाध्यताले स्वाभाविक रुपमा जनताहरुका बीचमा आपसी न्यानो, एकअर्काको आवश्यकता अनि सँगै मिलेर प्रगति गर्न सकिने सम्भावना पनि जन्माउँदै लग्यो । अब छुट्टिएर भन्दा पनि मिलेरै प्रगति गर्न सकिने अनि साझा परिचय नेपाली भन्नुमा बेग्लै आनन्दको अनुभूति थपिँदै गयो । यसरी बहुराष्ट्रिय राष्ट्रियता निर्माणको सम्भावना प्रकट हुन पुग्यो । तर यहाँसम्म आइपुग्दा यो कुरो जन्मियो तर नेपालमा जनजाति, मधेशी, मुस्लिम, दलित, कर्णालीपारिका जनताका हजारौंहजार सांस्कृतिक, बौद्धिकलगायतका सम्पदा जो हजारौं वर्ष लगाएर बनेका थिए, ती सम्पदा सदाका निम्ति ध्वस्त हुन पुगे । ती सम्पदासहित अगाडि बढ्न पाइएको भए आजको यहाँको मानवको सभ्यता निश्चय नै अहिलेको भन्दा कता हो कता माथि हुन पुग्थ्यो । तर, पृथ्वीनारायण शाहको गलत तरिकाको अर्थात् फरक सभ्यतालाई नष्ट गर्ने राज्य विस्तारको अभियान र अढाइ सय वर्षको गलत शासन प्रक्रियाले हामी धेरै नै मौलिक सामर्थ्य गुमाइसकेको सभ्यता बन्न आइपुगेका छौं । गंगा र ह्वाङहो अनि ककेसिया र सिन्धु सभ्यतादेखि आइपुगेका सांस्कृतिक सामर्थ्यसहितको भव्यताको यो हिमालदेखि मैदानसम्म फैलिएको मानव बस्ती आज कंकालजस्तो हुन पुगेको छ । त्यो वास्तवमा बलात् राज्य विस्तार, अर्को सभ्यतामाथि हस्तक्षेपको विस्तारको प्रक्रियाको कारण नै हुन पुगेको स्पष्ट छ । त्यसैले फरक सभ्यताहरु ध्वस्त पार्दै जाने प्रक्रियाको सुरुवात कसरी एकीकरण हुन सक्छ ? त्यो वास्तवमा फरक सभ्यताहरुको ध्वस्तीकरणको एउटा प्रक्रियाको सुरुआत थियो । पृथ्वीनारायण शाहको राज्य विस्तारबारे तर्क–वितर्क हुँदा सामान्यतया मजबुत आर्थिक एकाइ निर्माणको कोणबाट मात्र हेर्ने गरेर पनि गलत निष्कर्ष निस्कन पुगेको छ । तत्कालीन आर्थिक उन्नतिलाई मात्र सही वा गलतको आधार बनाउने हो भने त उपनिवेशहरु पहिलेभन्दा स्वतः विकास हुन पुगे । त्यसो भए उपनिवेशवाद ठीक हो त ? होइन । नेपालमा एकीकरणको विषयलाई फरकफरक सभ्यताको एकीकरण कसरी भन्ने प्रश्नबाट हेर्नुपर्दछ । त्यसरी हेरियो भने मात्र दीर्घकालीन रुपमा समृद्ध मानव बन्ने यात्रालाई पृथ्वीनारायणको राज्य विस्तार र त्यसपछिको गलत शासनले अवरुद्ध बनाउन पुग्यो भन्ने लुकेको सत्यलाई बाहिर ल्याउन सकिन्छ । कहिलेकाहीं भूगोलको एकीकरण त पृथ्वीनारायणले गरेकै हुन् भन्ने कुरा पनि सुनिन्छ । ‘भूगोलको एकीकरण’ भन्ने वाक्यांश आफैमा अडबाङ्गे छ । किनभने के त्योभन्दा अघि गोरखा र काठमाडौंको बीचमा भूगोल टुक्रिएको थियो र ? संसारका सबै भूगोल एकअर्कोसँग जोडिएका छन् तब भूगोलको एकीकरण भनेर के अर्थ दिने ? जसरी हुन्छ त्यो एकीकरणै हो र पृथ्वीनारायण राष्ट्रनिर्मातै हुन् भन्ने पुष्टि गर्न गरिएको तर्कबाहेक यो अरु केही होइन । ७. पृथ्वीनारायण शाह र उनको कदम : निष्कर्ष पृथ्वीनारायण शाह त्यति बेलाका एक सक्षम हिन्दू पहाडिया खस–आर्य अहंकारवादी राजा थिए । हरेक सामन्तवादी राजालाई जस्तै धेरै भूभाग र जनतामाथि शासन गर्ने, आफूभन्दा विकसित राज्य पनि हात पार्ने सपना उनमा थियो । त्यति मात्रै होइन‚ त्यो सपनालाई व्यवस्थित ढंगले अघि बढाउने योजना र चातुर्यता पनि उनमा देखिन्छ । आफ्नो नेतृत्वमा विजय हासिल गरिएको राज्यका प्रत्येक राजा आफ्नो सामन्ती राष्ट्रवादलाई बढावा दिन्थे । उनको ‘दिव्यउपदेश’ भनी चर्चा गरिने गरिएको देशभक्तिका बखानहरु वास्तवमा सामन्तवादकालीन सामन्ती राष्ट्रवादभन्दा माथिल्लो स्तरका भने होइनन् भन्ने कुरा इतिहासका विद्यार्थीहरु सबैले भन्न सक्दछन् । पृथ्वीनारायण शाह कुनै युद्धसरदार अथवा लुटाहा योद्धाचाहिँ होइनन् । उनी प्रस्ट रुपमा राजा हुन् । आफ्नो राज्य अथवा शासनको अधीनमा आजको नेपाली भूभागलाई ल्याउन नेतृत्व गर्ने अथवा आजको नेपाल देशलाई संगठित गर्ने राजा हुन् पृथ्वीनारायण शाह । तर जे जसरी उनले नेपाल संगठित गरे, त्यो कदम एकता र एकीकरण होइन बरु हिन्दू पहाडिया आर्य–खस अहंकारवादी राज्यको विस्तार र सुदृढीकरण मात्र थियो । यसको सीधा अर्थ के हो भने देश बन्नु, बनाउनु र एकीकरण एउटै कुरा होइन । निःसन्देह नेपाल देशको जग राख्ने राजा पृथ्वीनारायण नै हुन् । त्यस अर्थमा उनलाई देश निर्माता भन्न सकिन्छ तर राष्ट्र निर्माता होइनन् । किनभने, नेपालका फरकफरक राष्ट्रियतालाई दमन गरेर वास्तविक बहुराष्ट्रिय राज्य बन्नै सक्दैनथ्यो र बनेन । उनले त झन् बहुराष्ट्रियतामाथि दमनको योजनाबद्ध अभियान सुरु गरे‚ जसको कारण नेपालको आन्तरिक राष्ट्रियताको मुद्दा दिन प्रतिदिन कचल्टिन गयो र आजसम्म समाधान भएको छैन । नेपालमा देश र राष्ट्रको अन्तरलाई हेरिएन भने नेपाल एउटै सभ्यताको देशका रुपमा मात्रै बुझिन्छ‚ जुन कुरा सत्य होइन । तसर्थ, पृथ्वीनारायण शाह देश निर्माता हुन्, राष्ट्र निर्माता होइनन् । देश हुनको निम्ति राज्यसत्ता, जनता र भूभाग भए पुग्दछ तर राष्ट्र हुनका निम्ति त्यहाँका मानिसहरुबीचको सांस्कृतिक सम्बन्ध मुख्य भएर आउँछ । उनले देश निर्माण गरे तर नेपालमा बहुसभ्यताबीचबाट वास्तविक नेपाली राष्ट्रियता निर्माणको प्रवेशद्वारमै ताला मारिदिए । त्यसकारण उनको बहुसभ्यताविरोधी अभियान एकता र एकीकरण थिएन बरु बहुसभ्यता ध्वंसीकरण अभियान थियो । पृथ्वीनारायण शाह नेपालको इतिहासमा विभूति मान्न योग्य मानिस होइनन् बरु आफ्नो उद्देश्यमा सफल सामन्ती राजाका रुपमा उनलाई बुझ्नु अनि नयाँ पुस्तालाई बुझाउनु ठीक हुन्छ । यदि उनको कार्य एकीकरण हुन्थ्यो भने आज अढाइ सय वर्षपछि आएर हामी वास्तविक राष्ट्रिय एकीकरण जरुरी छ भन्न बाध्य हुने थिएनौं बरु आजको अत्याधुनिक युगमा अर्कै अत्याधुनिक विषयमा कुरा गरिरहेका हुने थियौं । समाप्त   (आहुति एनेकपा माआवादी नेता तथा लेखक हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy