Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

एमाले नेता नेपाल र चिनियाँ राजदूतको भेटवार्ता

\"\"काठमाडौँ, २८ पुस । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको भेटमा राजदूत हङलाई स्वागत गर्नुका साथै उनको पूर्ण कार्यकालको सफलताको कामना गरे । नेपाल–चीन तथा आफ्नो पार्टी ९एमाले० र चिनियाँ कम्युनिस्ट पार्टीबीच सुमधुर एवम् ऐतिहासिक सम्बन्ध रहेको पनि पूर्व प्रधानमन्त्री नेपालले चर्चा गरे । नेपाल एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा नेपाल उनले उल्लेख गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । चीनका वर्तमान राष्ट्रपति सी जिन पिङले अगाडि सारेको ‘वन बेल्ट वन रोड’को अवधारणाको स्वागत गर्दै नेता नेपालले सोही अवधारणाका आधारमा ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारलगायत आर्थिक समृद्धिका विविध क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा गरे । उनले राजदूतको कार्यकालमा नेपाल र चीनबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पारस्परिक लाभ एवम् सम्मानका आधारमा द्विपक्षीय सहयोग थप अभिवृद्धि हुने विश्वाससमेत व्यक्त गरे । भेटमा चिनियाँ राजदूतले नेपालजस्तो सुन्दर एवम् चीनसँग ऐतिहासिक सम्बन्ध भएको असल छिमेकी राष्ट्रको राजदूतका रुपमा जिम्मेवारी पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उल्लेख गर्दै आफ्नो कार्यकाललाई दुवै देशको हितको पक्षमा अधिकतम उपयोग गर्न प्रयास गर्ने धारणा राखेकी थिइन । नेपाल र चीनबीच विविध क्षेत्रमा भएको साझेदारी तथा सहयोगलाई आफ्नो कार्यकालमा अभिवृद्धि गर्ने सम्बन्धमा आफू प्रयासरत रहने उल्लेख गर्दै राजदूत हङले सार्वभौमसत्ता सम्पन्न नेपालले आन्तरिक विषयलाई आफ्नै विशिष्टताका आधारमा हल गर्न र संविधानको सफल कार्यान्वयनमा चीन सरकारको शुभेच्छा रहेको जानकारी गराएकी थिइन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: