Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अखिल क्रान्तिकारीले तोक्यो कमाण्डर, कुन कलेजका को कमाण्डर बने? हेर्नुहोस् नामवली

\"\" काठमाडाैँ, २९ पुस । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले हालै मिति घोषणा भएको स्ववियु निर्वाचनका तयारीलार्इ तीव्र बनाएको छ । स्ववियु निर्वाचनको तयारीलार्इ तीव्र बनाएको उसले निर्वाचनलार्इ लक्षित गर्दै विभिन्न क्याम्पसमा कमाण्डर तोकेको छ । बुधबार र बिहीबार दुई दिनसम्म बसेको केन्द्रीय पदाधिकारी बैठकले स्ववियु निर्वाचनमा जाने निर्णय गर्दै बिभिन्न कलेजका लागि ९५ नेताहरुलाई प्रत्यक्ष जिम्मेवारीसहित कमाण्डर ताेकेको हो । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीका आधारमा आगामी फागुन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ । क्रान्तिकारीले ५ हजार ३ सय ५३ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गर्दै अध्यक्ष न्यौपानेको संयोजकत्वमा उम्मेदवार छनौट समिति समेत गठन गरेको छ ।   यस्तो छ, प्रेस विज्ञप्ति १) अखिल (क्रान्तिकारी)द्वारा गत मंसिर १० गते देशभर एकैदिन सबै जिल्लाबाट उद्घाटन भएको डेढ महिने क्रान्तिकारी विद्यार्थी जागरण अभियान भव्य रुपमा सम्पन्न भएको ठहर गरियो । सो अभियानको क्रममा १९१० वटा कमिटी बनेका छन् भने हजारौं कार्यकर्ता परिचालित भएका थिए । साथै १ लाख ९३ हजार साधारण सदस्यता वितरण भएको छ । २) त्रिभुवन विश्वविद्यालयको ४२ औं सिनेट बैठकले विगतदेखि अखिल (क्रान्तिकारी)ले उठाउँदै आएको २८ वर्षे उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीका आधारमा आगामी फागुन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ । यस निर्णयको स्वागत गर्दै स्ववियू निर्वाचनमा सम्पूर्ण रुपमा होमिने निर्णय गरिएको छ । ३) स्ववियू निर्वाचनलाई देशव्यापी रुपमा सशक्त ढङ्गले परिचालन गर्न संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा ५३५३ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको छ । उक्त समितिमा केन्द्रीय समितिका सबै सदस्यहरु, प्रदेश समितिका सबै सदस्यहरु, जिल्ला समितिका सबै सदस्यहरु र इकाइ समितिका सबै अध्यक्षहरु सदस्य रहनेछन् । ४) स्ववियू निर्वाचनको तयारीलाई व्यवस्थित रुपमा अगाडि बढाउन निम्न उपसमितिहरु गठन गरिएको छ । उम्मेद्वार छनोट उपसमिति : संयोजक-नरेन्द्र न्यौपाने आर्थिक उपसमिति : संयोजक-अनिल शर्मा स्वयंसेवक परिचालन उपसमिति           : संयोजन-रामचन्द्र अधिकारी, प्रमुख-दिपेश पुन घोषणापत्र तयारी उपसमिति : संयोजक-मदन अर्याल वार्ता तथा तालमेल उपसमिति : संयोजक-रन्जीत तामाङ सम्पर्क तथा समन्वय उपसमिति : संयोजक-जितेश योञ्जन अनुगमन उपसमिति : संयोजक-रुद्र विष्ट मतदाता अभिलेख संकलन उपसमिति : संयोजक-गंगाराम तिमिल्सेना आदिवासी जनजाति विद्यार्थी परिचालन उपसमिति : संयोजक-खुसिराम चौधरी, प्रचार-प्रसार उपसमिति : संयोजक-सुरेन्द्र बस्नेत (प्रवक्ता) प्रकाशन उपसमिति : संयोजक-मिलन एम.सी. सदस्यता नविकरण तथा वितरण उपसमिति : संयोजक-तिलक भण्डारी छात्रा परिचालन उपसमिति                       : संयोजन-पञ्चा सिंह, प्रमुख-राजेश्वरी सुवेदी अतिरिक्त क्रियाकलाप उपसमिति : संयोजक-उत्तम अधिकारी निर्वाचन आचारसंहिता अनुगमन उपसमिति : संयोजक-गोपाल न्यौपाने रिपोर्ट संकलन उपसमिति : संयोजक-यज्ञ खरेल कानुनी परामर्श तथा निर्वाचन कार्यविधि उपसमिति : संयोजक-दिपक देवकोटा साँस्कृतिक टिम परिचालन उपसमिति : संयोजक-रविकिरण यादव पार्टी समन्वय उपसमिति : संयोजक-पुरन के.सी. जवस समन्वय उपसमिति : संयोजक-दिनेश रेग्मी प्रदेश समन्वय उपसमिति : संयोजक-रामवावु बैठा लेखा परिक्षण उपसमिति : संयोजक-मदन चुडाल प्रविधि टिम परिचालन उपसमिति : संयोजक-दलवहादुर जि.सी. कार्यालय व्यवस्थापन उपसमिति                      : संयोजक-विजयदेव भट्टराई, सचिव-झविलाल श्रेष्ठ स्वास्थ्य उपसमिति : संयोजक-कमल न्यौपाने संगठन परिचालन उपसमिति : संयोजक-विरेन्द्र बस्नेत ५) स्ववियू निर्वाचनको प्रत्यक्ष कमाण्ड गर्न विभिन्न कलेजमा निम्न बमोजिम कमाण्डर तोकिएको छ । १. अनिल शर्मा – पुल्चोक क्याम्पस, ललितपुर इन्जिनियरिङ क्याम्पस २. रामचन्द्र अधिकारी – त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुर ३. मदन अर्याल – त्रि-चन्द्र ब. क्याम्पस, विश्वभाषा क्याम्पस ४. रञ्जित तामाङ – नेपाल कमर्स क्याम्पस, बानेश्वर ब. क्याम्पस ५. जितेश योञ्जन – पशुपति ब. क्याम्पस, कैलाशकुट ब. क्याम्पस ६. रुद्र विष्ट – कोटेश्वर ब. क्याम्पस, जनकपुर इन्जिनियरिङ क्याम्पस ७. उत्तम अधिकारी – आइओएम, जनप्रशासन क्याम्पस ८. खुसिराम चौधरी – वाल्मिकी क्याम्पस, काठमाडौं शिक्षा क्याम्पस ९. पञ्चा सिंह – महेन्द्ररत्न क्याम्पस, काठमाडौं इन्जिनियरिङ क्याम्पस १०. सुरेन्द्र बस्नेत – नेपाल ल क्याम्पस ११. गंगाराम तिमल्सेना – पाटन संयुक्त क्याम्पस, ललितपुर जिल्लाका क्याम्पसहरु १२. तिलक भण्डारी – थापाथलि क्याम्पस, एड्भान्स्ड इन्जिनियरिङ क्याम्पस १३. दिपक देवकोटा – अस्कल क्याम्पस, सरस्वति क्याम्पस १४. विजय हमाल – भक्तपुर ब. क्याम्पस १५. गोपाल न्यौपाने – क्याथफोर्ड, नेशनल, हिमालयन इन्जिनियरिङ क्याम्पस १६. चिरञ्जिवी लामिछाने – मोरङ जिल्लाका क्याम्पसहरु १७. मदन चुडाल – सुनसरी जिल्लाका क्याम्पसहरु १८. रामबाबु बैठा – पर्सा जिल्लाका क्याम्पसहरु १९. पुरन के सी – पब्लिक युथ क्याम्पस, पिपुल्स क्याम्पस २०. मिलन एमसी – रत्नराज्यलक्ष्मी क्याम्पस २१. दिनेश रेग्मी – एनआर कलेज, ग्रामिण आदर्श क्याम्पस २२. कमल न्यौपाने – आयुर्वेद क्याम्पस २३. राजु राई – मनोहरा क्याम्पस २४. पदम खत्री – बाग्लुङ जिल्लाका क्याम्पसहरु २५. दल ब. जि.सी. – पद्मकन्या ब. क्याम्पस, शंकरदेव क्याम्पस २६. यज्ञराज खरेल – सगरमाथा इन्जिनियरिङ, कान्तिपुर इन्जिनियरिङ कलेज २७. रविकिरण यादव – काभ्रे जिल्लाका क्याम्पसहरु २८. विजय भट्टराई – कार्यालय २९. विरेन्द्र बस्नेत – सानोठिमी क्याम्पस, भक्तपुर ब. क्याम्पस ३०. महेन्द्र भट्टराई – दमक ब. क्याम्पस ३१. खड्ग सम्वाहाम्फे – पाँचथर ब. क्याम्पस ३२. लक्ष्मी प्रधान – हात्तिसार ब. क्याम्पस, धरान ३३. गञ्जु प्रधान – महेन्द्र ब. क्याम्पस, इलाम ३४. सुनिता किँराति – महेन्द्र ब. क्याम्पस, विराटनगर ३५. मनोज कु राजवंशी – महेन्द्र ब. क्याम्पस, विराटनगर, उर्लाबारी क्याम्पस मोरङ ३६. तिलक बस्नेत – महेन्द्र ब. क्याम्पस, विराटनगर ३७. रामकिरण राई – सोलु ब. क्याम्पस ३८. कृष्ण सुतिहार – इनरुवा ब. क्याम्पस, सुनसरी ३९. महेन्द्र योङ्गा – थर्पु क्याम्पस, पाँचथर ४०. सुरेश जमरकट्टेल – हिमाल दर्शन क्याम्पस, सोलु ४१. मिलन बास्तोला – धनकुटा ब. क्याम्पस ४२. बसन्त कटुवाल – ओखलढुंगा क्याम्पस ४३. विजय गौतम – थापाथली क्याम्पस ४४. राजेश्वरी सुवेदी – पद्मकन्या ब. क्याम्पस ४५. मनोज के.सी. – कोटेश्वर बहुमुखी क्याम्पस ४६. गोविन्द घिमिरे – कैलाशकुट ब. क्याम्पस ४७. जि.पी. मैनाली – पुल्चोक क्याम्पस ४८. सपना प्रधान – काठमाडौं शिक्षा क्याम्पस ४९. रत्न बुढा – त्रिवि केन्द्रीय क्याम्पस ५०. रामपुजन यादव – जनकपुर इन्जिनियरिङ क्याम्पस ५१. वृषिका राई – सानोठिमी क्याम्पस ५२. राम राजचल – भक्तपुर बहुमुखी क्याम्पस ५३. सुनिता यादव – एड्भान्स इन्जिनियरिङ क्याम्पस ५४. इन्द्र भुषाल – पशुपति ब. क्याम्पस ५५. प्रकाश कँडेल – विरेन्द्र बहुमुखी क्याम्पस ५६. अमरदिप पराजुली – पिएन क्याम्पस ५७. आशा तमु – कृषि क्याम्पस लमजुङ ५८. कुशल पौडेल – धवलागिरी ५९. विशाल वि.क. – म्याग्दी ब. क्याम्पस ६०. ध्रुवविक्रम वली – महेन्द्र ब. क्याम्पस दाङ ६१. राजेन्द्र आचार्य – स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठान ६२. अशोक ज्ञवाली – सिद्धार्थ ब. क्याम्पस बुटवल ६३. युगराज पाण्डे – भैरहवा ब. क्याम्पस ६४. तुकमान महरा – बुटवल ब. क्याम्पस ६५. सुन्दर वली – संस्कृत विवि केन्द्रीय क्याम्पस ६६. छविलाल सिंह – महेन्द्र ब. क्याम्पस नेपालगञ्ज ६७. खेम ब. सिंह – शिक्षा क्याम्पस सुर्खेत ६८. दुर्गा ब. बुढाथोकी – सल्यान ब. क्याम्पस ६९. भूपाल सिंह – सिमता ब. क्याम्पस सुर्खेत ७०. पौरख वि.क. – तिला कर्णाली ब. क्याम्पस सुर्खेत ७१. कमल शाही – डोल्पा क्याम्पस डोल्पा ७२. केशव शाही – विद्यापुर ब. क्याम्पस, सुर्खेत ७३. उद्धव भट्टराई – दुर्गालक्ष्मि ब. क्याम्पस, कैलाली ७४. राधाकृष्ण जोशी – सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चनपुर ७५. दिपक भट्ट – जगन्नाथ ब. क्याम्पस गोठालापानी बैतडी ७६. शुसिल खनाल – पाटन संयुक्त क्याम्पस ७७. भगतसिंह ठेकरे बोहरा – सानोठिमी शिक्षा क्याम्पस ७८. कृष्ण भद्र अर्याल – नेपाल कमर्श क्याम्पस ७९. गोपाल कार्की – बानेश्वर क्याम्पस ८०. दिपेश पुन – अस्कल क्याम्पस ८१. प्रेम श्रेष्ठ – सरस्वती क्याम्पस ८२. भूपि धामी – महेन्द्ररत्न क्याम्पस, ताहाचल ८३. अच्युत भट्ट – पिपुल्स क्याम्पस ८४. अमिताभ बचन दास – ठाकुराम ब. क्याम्पस ८५. उमेश कुशवाह – ठाकुराम ब. क्याम्पस ८६. सन्तोष घिमिरे – विरगंज नर्सिङ क्याम्पस ८७. सरोज बछार   – जनज्योती ब. क्याम्पस ८८. मुकेश साह     – चर्तुभुजेश्वर, लालबन्दी र मलंगवा ब. क्याम्पस ८९. महेशलाल यादव – राम स्वरुप सागर ब. क्याम्पस ९०. संजिव साह – राम म वि ब क्याम्पस ९१. भोला यादव – सुमसोयादव ब. क्याम्पस ९२. रविराज दंगाल – रामप्रसाद रामप्रताप ब. क्याम्पस ९३. पुजन कुमार सिंह – जेएस मुरारका ब. क्याम्पस ९४. भगवती कुमार यादव – महेन्द्र विन्देश्वरी ब. क्याम्पस ९५. दिपक पाण्डे – बुटवल ब. क्याम्पस ६) प्रदेश समितिका बैठक तथा स्ववियु सम्बन्धी कार्यशाला निम्न मितिहरुमा सबै प्रदेशमा गरिनेछ । प्रदेश नं. १ – ८ गते, प्रदेश नं. २ – ७ गते प्रदेश नं. ३ – ७ गते प्रदेश नं. ४ – ८ गते प्रदेश नं. ५ – ८ गते प्रदेश नं. ६ – ७ गते प्रदेश नं. ७ – ७ गते ७) निम्न एजेण्डामा शैक्षिक संघर्ष उठान गर्ने निर्णय गरिएको छ । विश्वविद्यालयमा भएका प्राध्यापकको अनियमितता, आर्थिक अपारदर्शिताको भण्डाफोर गर्ने । विश्वविद्यालयको शैक्षिक क्यालेण्डर लागू गर्न दवाब दिने । पूर्वाधार विनाको सेमेष्टर प्रणाली विस्तारमा रोक लगाउने । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई पार्ट टाइम जबको व्यवस्था हुनुपर्छ भनि माग गर्ने । शैक्षिक लोन लागू गराउन दबाव दिने । विश्वविद्यालय शिक्षालाई अनुसन्धानमूलक र उत्पादनमूखी बनाउन दवाब दिने । आंगिक क्याम्पसहरुलाई स्वायत्ततामा लैजान नदिने । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्ति लागु गराउन शिक्षा मन्त्रालय मातहत छुट्टै छात्रवृत्ति  बैंकको व्यवस्था गराउन दवाब दिने । ८) स्ववियू निर्वाचन प्रचार प्रसारको क्रममा पद्मकन्या ब. क्याम्पसमा नेविसंघद्वारा अखिल (क्रान्तिकारी)का इकाइ अध्यक्ष बसन्ता भण्डारी, दर्शना नेपाली लगायतका नेता कार्यकर्तामाथि गरिएको कायरतापूर्ण आक्रमणको भत्र्सना गर्दै दोषीलाई कडा कारबाही गर्न सम्बन्धित पक्षलाई माग गर्दछौं । साथै आस्थाको आधारमा होस्टेलमा बस्ने विद्यार्थीहरुलाई दुव्र्यवहार गरी लखेट्ने अवान्छीत तत्वहरुलाई कारवाहीको माग गर्दछौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending