Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

आज प्रधानमन्त्री र उर्जामन्त्री युएइ जाँदै : यस्तो छ उर्जासम्बन्धि कार्यक्रम

\"\"काठमाडौं, १  माघ । उर्जासँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तथा नेपाली श्रमिकहरुको समस्याबारे सम्बन्धित देशका प्रमुखहरुसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड आजदेखि ३ दिने भ्रमणमा खाडी मुलुकतर्फ प्रस्थान गर्दैन् । खाडी मुलुक भ्रमणमा प्रधानमन्त्री यसै साता “भविष्यमा उर्जा” विषयमा आयोजना हुने विश्व समिटमा भाग लिन प्रधानमन्त्री आज अपरान्ह खाडी मुलुकको आबुधाबी पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार, प्रधानमन्त्रीले भोली माघ २ गते संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रशिन अल माक्तौमसँग भेटघाट गर्ने छन् । साँझ ७ बजे दुबईमा हुने भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल तथा युएइबीच व्यापार र लगानीका क्षेत्रमा थप सम्बन्ध सुधार गर्न तथा नेपाली श्रमिकहरुका समस्याका बारेमा छलफल गर्ने छन् । प्रधानमन्त्री कार्यालयका अनुसार, उक्त औपचारिक वार्ता अपरान्ह ४ देखि साँझ ७ का बीचमा हुने भनिएको छ तर समय अझै निश्चित हुन बाँकी छ । औपचारिक वार्ता ४ बजे नै शुरू भए वार्ता पछि र वार्ता ढिलो शुरू हुने भए वार्ता अघि वुर्ज खलिफा टावर भ्रमणको कार्यक्रम मिलाइने छ । वार्ताको समय निश्चित भएपछि राजदूतावासले नेपाली समुदायका सदस्यहरूसँग समन्वय गरेर नेपालीहरूसँगको भेटघाटको कार्यक्रम तय हुनेछ । प्रधानमन्त्रीले सोही दिन नेपाली समुदायसँग छलफल गर्नेछन् । माघ ३ गते प्रधानमन्त्रीले वल्र्ड फ्युचर इनर्जी समिटमा मुख्य वक्ताका रुपमा आबुधाबीमा सम्बोधन गर्नेछन् । उर्जाका क्षेत्रमा विश्वमा देखिएको संकट, उर्जाको विकासमा गरीब तथा अल्पविकसित देशहरुले भोग्नुपरेका चुनौती र नेपालमा उर्जा क्षेत्रमा वैदेशिक लगानीका सम्भावनालगायतका विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रीत हुने छ । सोही दिन प्रधानमन्त्रीले संयुक्त अरब इमिरेट्सका सैन्य प्रमुख तथा राजकुमार शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग भेट गर्नेछन् । यसैगरी उनले राष्ट्रपति मामिलासम्बन्धी मन्त्री तथा उपप्रधानमन्त्री शेख मन्सुर बिन जायाद अल नाह्यानसँग समेत भेट गर्नेछन् । उर्जा सम्मेलनपछि प्रधानमन्त्रीले आबुधाबीमा रहेका नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । सोही साँझ आबुधाबीमा नेपाल राजदूतावासले आयोजना गर्ने डिनरमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड माघ ४ गते स्वदेश फर्किनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending