Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

देश टुक्र्याउने मधेसी नेताहरूको यस्तो ग्राण्ड डिजाइन !

\"\" काठमाडौं, १ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेसवादी दलका नेताहरुले देश टुक्र्याउने योजना भारतमा बसेर बनाइरहेको सूचना आफूसँग रहेको सरकारलाई जानकारी गराएका छन् । पुस १९ गते भारतको पटनास्थित गान्धी मैदानस्थित एक होटलमा भारतीय नेता र मधेसवादी दलका नेताहरुसहित बैठक बसेर स्वतन्त्र मधेस आन्दोलन चर्काएर नेपाल टुक्र्याउने योजना बनाएको सूचना आफूले पाएको रावलले दाबी गरे । उक्त बैठकमा भारतको तर्फबाट सीतराम यचुरी, केबी राजन, रघुबंशप्रसाद सिंह, एमपी देबेन्द्र यादव तथा नेपालको तर्फबाट सीके राउतसहित मधेसवादी दलका दोस्रो तहका १९ जना नेता सहभागी भएको रावलले बताए । भारतीय नेता यचुरीसहितको उपस्थितिमा स्वतन्त्र मधेस अभियान चलाइरहेका सीकेसहित सशस्त्र संगठन चलाइरहेका नेताहरुको उपस्थितिमा देश टुक्र्याउनेबारे छलफल भएको भनी एमाले नेता रावलले त्यसको पर्सीपल्ट नै प्रधानमन्त्रीलाई जनकारी गराएका थिए । देश टुक्र्याउने योजनामा स्वतन्त्र मधेस अभियान चलाएर मधेसमा आन्दोलन चर्काउने, नेपाल र भारतका गरी ५ सय गुरिल्ला परिचालन गर्ने उनी निर्णय गरेको सूचना आफूसँग रहेको रावलले प्रधानमन्त्री प्रचण्डलाई सुटुक्क भनेका थिएनन्, त्यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका अन्य शीर्ष नेताहरु पनि सँगै थिए । रावलको कुराले नेताहरुबीच खैलाबैला नै भयो । तर रावलको कुरामा नेताहरुले गलत सूचना भनेर प्रतिवाद नै गरेका थिए । प्रमाणसहित ल्याउन प्रधानमन्त्रीले भनेपछि भोलिपल्ट नेता रावलले तीन पेजको ‘डकुमेन्ट’ बालुवाटारमै गएर प्रधानमन्त्रीलाई बुझाए । उक्त डकुमेन्टमा पटना बैठकमा सहभागीहरुको उपस्थितिदेखि वैठकका निर्णयहरुसमेत छन् । विषय गम्भीर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले छानबिन गर्ने बताए । त्यसपछि सुरक्षा अधिकारीहरुसँग नेता रावलले दिएको सूचनाबारे प्रचण्डले बुझ्ने प्रयास गरे । सुरक्षा अधिकारीहरु भने सूचना गलत भएको दाबी गरेका छन् । रावलले दिएको सूचनापछि प्रचण्ड गम्भीर छन् । उनले सुरक्षा अधिकारीहरुले उक्त सूचन गलत भएको बताए पनि प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग शुक्रबार बालुवाटारमा भएको बैठकमा पनि रावलले दिएको सूचना मोर्चाका नेताहरुलाई सुनाएका थिए । स्रोतकाअनुसार विपक्षी नौ दलले काठमाडौंमा पुस २२ मा गरेको शक्ति प्रदर्शनअघि एमाले उपाध्यक्ष बामदेव गौतमको निवासमा भएको पार्टीको स्थायी समिति बैठकमा पनि मधेसी नेताहरुको पटना बैठकबारेमा छलफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: