Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कांग्रेस नेताहरु नै संविधान संशोधन विफल पार्ने अभियानमा

\"\" काठमाडौं, १ माघ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक जसरी पनि सफल पार्ने बताए पनि कांग्रेसकै नेताहरु संशोधन विफल पार्ने अभियानमा लागेका छन् । विपक्षी दलहरुको विरोधका बाबजुद ब्यवस्थापिका संसदमा विधेयक टेबुल गरिएपछि कांग्रेस नेताहरु विधेयक असफल पार्ने अभियान थालेका छन् । संशोधनको विरोध गरिरहेका राप्रपा अध्यक्ष कमल थापा, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदार लगायतका नेतालाई समेत मन्त्री बनाउने सरकारले तयारी गरिरहँदा कांग्रेसकै नेताहरु संशोधनविरोधी अभियान चलाइरहेका छन् । उनीहरुले पार्टीले ह्वीप जारी गरे पनि ह्वीप नमान्नेसमेत बताएका छन् । कांग्रेसका नेता चन्द्र भण्डारी खुलेरै संशोधन विरोधमा अभियान चलाएका छन् भने उनलाई कांग्रेसकै मन्त्रीहरुले समेत साथ दिएका छन् । रक्षामन्त्री रहेका बालकृष्ण खाँड लगायतले पनि ५ नम्बर प्रदेश टुक्र्याउने गरी भएको संशोधनमा सहमत हुन नसक्ने बताएका छन् । शनिवार प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटछमा कांग्रेस नेता भण्डारीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए । देशको हित र नागरिकको चाहनाविपरीत संशोधन प्रस्ताव आएकाले यसलाई विफल पार्ने उनले बताए । पार्टीले ह्वीप जारी गरे पनि आफूसहितका कांग्रेसका नेताहरुले ह्वीप नमान्ने उनले दाबी गरे । संशोधन प्रस्तावमा कांग्रेस नेतृत्वको समर्थन रहे पनि कांग्रेसको नीति वा निर्णय नभएको भण्डारीको भनाइ छ । संशोधन प्रस्ताव छलफलमै जान नदिने पनि उनले बताए । ९१ प्रतिशत प्रतिनिधिले पास गरेको संविधानलाई कसैले भनेको, कसैलाई गुण लाउने र कसैको ठेक्का लिने आधारमा संशोधन गर्न खोजिएको समेत उनले आरोप लगाए । उनले प्रदेश टुक्र्याउने कुरा मात्र नभइ नागरिकता सम्बन्धी संशोधन पनि स्वीकार्य नभएको बताए । कांग्रेस सांसद अमर पुनले पनि संशोधन स्वीकार्य नभएकोले विफल पार्ने बताए । कांग्रेस नेताहरु मात्र होइन, नेकपा माओवादी केन्द्रका केही नेताहरु पनि संशोधनको विपक्षमा उभिएका छन् । माओवादी हेडक्वाटर सदस्य तथा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पनि संशोधनको विपक्षमा भोट हाल्ने बताउँदै आएका छन् । कांग्रेस, माओवादी शीर्ष नेताहरु भने ह्वीप नाघेर कोही पनि जान नसक्नेमा ढुक्क छन् । ह्वीप नमान्नु भनेको पार्टी छाड्नु भएकाले त्यस्तो कदम चाल्न सक्ने कोही नभएको उनीहरुको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: