Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

प्रधानमन्त्री प्रचण्ड युएइ प्रस्थान, नेपाली कामदारको समस्या समाधानका विषयमा कुराकानी हुने

\"\" काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन् । युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रतिनिधि, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीलाई बिदाई गरे । प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उहाँको स्वकीय सचिवालयका सदस्य रहनुभएको छ । यस्तै, टोलीमा ऊर्जा मन्त्री जनार्दन शर्मासहित ऊर्जा मन्त्रालयका सहसचिवलगायतका उच्च अधिकारी पनि सहभागी छन् । प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले युएइका राष्ट्रप्रमुख, सरकार प्रमुख एवम् उच्च अधिकारीसँग आपसी हित, द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवम् भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमा समेत समकक्षी एवम् उच्च सरकारी अधिकारीसँग कुराकानी गर्ने कार्यतालिका छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: