Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

हावाहुरीले गोरखामा लाखौँको क्षति

गोरखाबजार, शनिबार साँझ आएको हावाहुरीले गोरखाको विभिन्न ठाउँमा रहेका विद्यालय, सामुदायिक भवन, महिला समूहको भवनको छानो उडाएर क्षति पुर्याएको छ ।

आरुआर्वाङ गाविस–४ स्थित इन्द्रकन्या माविको आठकोठे भवनको गाह्रोसहित छानो उडाएको छ । जस्ताले छाएको छानो हावाहुरीले उडाउँदा करिब रु पाँच लाखको क्षति भएको विद्यालयले जनाएको छ । साथै आरुआर्वाङ गाविस–२ मा रहेको अलैँची माविको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको सहायक प्रधानाध्यापक टेकराज भट्टले जानकारी दिए । “विद्यालयको छानो उडाएर ध्वस्त बनायो”, उनले भने, “दुईकोठे भवनको गाह्रो पनि भत्किएको छ ।” विद्यालयको छानो उडाउँदा करिब रु दुई लाखको क्षति पुगेको उनले जानकारी दिएका छन् ।

मुच्चोक गाविसस्थित चर्तुमाला उमाविको बन्दै गरेको भवन भत्कँदा विद्यालयमा अध्ययनरत दुई विद्यार्थी घाइते भएका छन् । साथै हावाहुरीले भवन भत्काएको प्राचार्य बुद्धि नेपालीले जानकारी दिए । जानुका नेपाली र कमला नेपाली घाइते भएको भन्दै उनले विद्यालय भत्कँदा रु एक लाखको क्षति भएको बताए । बर्सेनि चैत महिनामा आउने हावाहुरीले दर्जनौँ विद्यालयको छानो उडाउने गरेको छ । विद्यालय प्रायःगरी पहाडको टुप्पोमा हुने भएकाले बेगले आएको हावाहुरीले छानो उडाउने गरेको छ । जिल्ला शिक्षा कार्यालयमा आवश्यक बजेट नहुँदा विद्यालयको छानो मर्मतका लागि समस्या हुने गरेको छ । जिल्लास्थित दैवीप्रकोप उद्धार समितिमार्फत दिइने थोरै रकमले विद्यालय मर्मत हुन सकेका छैनन् । गत वर्षको हावाहुरीले भत्काएका विद्यालयका छानो अझै मर्मत गर्न नसकिएको विद्यालयले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE