सगरमाथामा अवार्ड बाड्ने आरकेले गिनिजबुकमा नाम लेखाए
माघ ३ गते, २०७३ सोमवार 16th January, 2017 Mon१६:५५:१८ मा प्रकाशित
काठमाडौं । बक्स अफिस क्लवका अध्यक्ष आरके (रामबहादुर) सुवेदीले सगरमाथाको आधार शिविरमा अवार्ड वितरण गरेको भन्दै गिनिज बुकमा नाम लेखाएका छन् ।
गिनिज बुकले ४ हजार ६ सय २७ मिटर उचाईमा फिल्म अवार्ड गरेको भन्दै सुवेदीको नाम दर्ता गरेको हो । गिनिज वल्र्ड रेकर्डस्ले सन २०१६ नोभेम्बर २८ मा हाइएस्ट अल्टिच्यूट एवार्ड सेरोमनी अन ल्याण्ड भनेर आफ्नो रेकर्डमा उल्लेख गरेको छ ।
२०६६ देखि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड आयोजना गर्दै आएका सुवेदीले गत मंसिरमा सगरमाथाको आधार शिविरमा सातौं संस्करणको अवार्ड आयोजना गरेका थिए ।
उक्त अवार्ड कार्यक्रममा राजधानीबाट चलचित्र निर्माता, निर्देशक, हल व्यवसायी, वितरक, कलाकार र पत्रकारको जम्बो टोली लुक्ला विमानस्थल हुँदै बेस क्याम्प पुगेको थियो । दैनिक १२ घण्टाको दरले हिडेर ९ दिनका दिन उक्त अवार्ड आयोजना भएको हो । अवार्ड समारोहमा नायकबाट चलचित्र गाजलुका नायक सलोन बस्नेतले उपाधि हात पारेका थिए भने चलचित्र रेलीमाईबाट नायिका पूर्णिमा लामालाई अवार्ड दिइएको थियो ।
यसैगरी सर्वोत्कृष्ट निर्देशकमा चलचित्र लुटेराबाट निर्देशक दयाराम दाहालले अवार्ड प्राप्त गरेका थिए । बक्स अफिस फिल्मी क्लबको आयोजनामा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको नामसहित गिनिज वल्र्ड रेकर्डले दर्ता गरेको सुबेदीले बताए ।
सुबेदीले पहिलो पटक २०६७ सालमा नेपाली फिल्मको अवार्ड विदेशी भूमी दुबईमा गरेका थिए । दुबई भन्दा अगाडि नेपालको एक मात्र राष्ट्रिय स्टेडियम रंगशालामा २०६६ सालमा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड समारोह सम्पन्न भएको थियो ।
पाँचौ बक्स अफिस फिल्म फेयर अवार्ड थाइल्याण्डको पतैया ब्रिजको समुद्रमाथि गरिएको थियो भने छैटौं संस्करणको अवार्ड उडिरहेको इन्टरनेशनल प्लेनमा झण्डै ८० जना चलचित्रकर्मीलाई सम्मानसँगै अवार्ड वितरण सम्पन्न गरेको सुवेदीले बताए ।
यो अभियानपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको माटो, गौतम बुद्ध जन्मस्थल लुम्बिनीको माटो बोकेर हाम्रो मनभित्र नेपाली चलचित्र, विश्वभर नेपाली चलचित्रको बजार विस्तार भन्ने मूल उद्देश्यका साथ सूर्योदय देश जापानबाट पृथ्वीको परिक्रमा गर्ने बताएका छन् ।
उनले पहिलोपटक सूर्य उदाउने जापानबाट सुरुवात गरी दक्षिण कोरियाहुँदै हङकङ, चाइनालाई पहिलो रुट बनाएका छन् भने त्यसपछि क्यानडा, अमेरिकापछि युरोपका २७ वटा देशमा यसैबर्ष पुग्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: