Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

दबाब र प्रभावमा परेर कुनै निर्णय नगर्नुस्-मन्त्री पाण्डे

\"\" काठमाडौँ, ६ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दबाब र प्रभावमा परेर कुनै पनि निर्णय नगर्न उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरलाई निर्देशन दिएका छन् । भवन निर्माण मापदण्ड कडाइका साथ लागू गर्नेबारे मन्त्रालयले  आयोजना गरेको उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरसँगको छलफलमा उनले भवन निर्माण मापदण्डलाई वैज्ञानिक र व्यवस्थित गरिनुपर्ने बताउँदै मापदण्ड लागू गर्ने सन्दर्भमा कुनै सम्झौता नगर्न निर्देशन दिए । जनदबाब मात्र मुख्य विषयवस्तु भएको बताउँदै उनले भने, “नियममा लेखिएको, कानुनमा भएको विषयमात्र दबाब हो, राजनीतिक दबाब थेग्न सक्नुभएन भने देश बन्दैन” “नियम पालना गराउने सरकारी निकायले नै आफ्नो भवन नक्सापास नगरी बनाइरहेका त छैनन् ?”– प्रश्न गर्दै उनले भने, “हामी अरुलाई नियम पालना गर्नुपर्छ भन्ने तर आफैँ नियम पालना नगर्ने ? नगर क्षेत्रभित्र मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने कार्यालयलाई आजै पत्र लेख्नुस्” मन्त्री पाण्डेले नगरपालिकाहरुले आफ्ना नगर क्षेत्रभित्रका सम्पूर्ण विषयको तथ्याङ्क चुस्तदुरुस्त राख्नुपर्ने बताए । कागजको संरचना र कार्यक्षेत्रमा निर्माण भएको संरचना फरक÷फरक परेको पाइएको उल्लेख गर्दै उहाँले निरीक्षण, अनुगमन र अवलोकनलाई तीव्रता दिइनुपर्ने बताए । नगरपालिकाका प्रमुखले कार्ययोजना बनाएर आफ्नो नगर क्षेत्रको निरीक्षण भ्रमण गर्नुपर्ने उनको भनाइ थियो । प्रविधिको प्रयोग गरेर छिटोभन्दा छिटो जनताको काम सम्पन्न गर्न निर्देशन दिँदै उनले आफ्नो नगरपालिका क्षेत्रभित्र प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताए । नगरपालिकाका कार्यालयबाट जनताले सेवा पाउन झन्झट व्यहोर्दै आएको पाइएको भन्दै उनले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो नगरपालिका कार्यालयमा ‘चुस्तता, पारदर्शीता र विनम्रता’ लाई लागू गर्न निर्देशन दिए । सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धनमा पनि ध्यान दिन उनले आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: