Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

पारस शाहको यस्तो हालतः जो देखे नि हाँस्छन् मात्रै, मान्छे मुश्किलले चिन्छन्

काठमाडौं, पूर्वयुवराज पारस शाह मानसिक स्वास्थ्य समस्याले पीडित हुन पुगेका छन् ।  उनी अहिले हृदयाघात भएका बिरामीमध्ये कसैकसैलाई सताउने ‘माइल्ड इन्फेक्सन’ नामक रोगको शिकार हुन पुगेको समाचार स्रोतले जनाएको छ । मष्तिष्कसँग सम्बन्धित केही नशा र तन्तुहरु ‘प्यारालाइज्ड’ हुँदा यस्तो समस्या देखापर्ने चिकित्सक बताउँछन् । लामो विदेश बसाइपछि गत बिहीबार मात्रै नेपाल आएका पारस शाह कुनै परिचित मान्छे भेट्दा खिसिक्क हाँस्छन् तर कसैसँग पनि दोहोरो सवालजवाफ गर्दैनन् । परिवारका सबै सदस्यलाई चिन्छन्, अनुहार हेरेर मुस्कुराउँछन् तर बोल्दैनन् । ‘उनी नेपाल आएलगत्तै सञ्चारमाध्यमहरुमा आएका समाचारजस्तो परिवारले उनलाई निर्मलनिवास छिर्न र बस्न नदिएको होइन’, समाचार स्रोतले खबरडबलीलाई बतायो– ‘यहाँ आइपुग्नुअघि नै उनको स्वास्थ्य समस्याबारे जानकारी पाएको परिवारले पारसलाई सुविधा हुनेगरी शान्त र सहज ठाउँमा अन्यत्रै बसोवासको बन्दोबस्त मिलाएको हो ।’ शाहलाई अहिले उनको नियमित एवम् दैनिक हेरचाह गर्ने सहयोगी बाहेक कसैको पनि सम्पर्कमा जान दिइएको छैन । परिवारजन र सहयोगीहरु अहिले  उनको उपचारार्थ स्तरीय सेवा, भरपर्दो सुरक्षा र गोपनीयताको राम्रो व्यवस्था भएको अस्पताल खोजिरहेका छन् । लागूऔषधको दुर्व्यसन रहेका पारसले गतवर्ष हृदयाघातबाट सिकिस्त भएपछि बैंककस्थित ‘समिति भेज’ अस्पतालमा लामो उपचारपछि मुश्कीलले स्वास्थ्यलाभ गरेका थिए । त्यसैको प्रभावस्वरुप उनलाई अहिलेसम्म पनि स्वास्थ्य समस्या कायम रहेको धेरैको अनुमान छ । विदेश जानुअघि नै दुर्व्यसनको शिकार बनेका साहले थाइल्यान्डमा पनि लागूऔषधको व्यसनका कारण पटकपटक पक्राउ परी मुद्धा खेपे । भर्खरै मात्र जेलमुक्त भई नेपाल आएका उनी ‘डिप्रेसन’ को समस्याले ग्रस्त रहेको उक्त स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies