आजको सडक आन्दोलनमा प्रचण्ड–वैद्य र विप्लवको एउटै मोर्चा
चैत्र २३ गते, २०७१ सोमवार 6th April, 2015 Mon०७:२२:३७ मा प्रकाशित
काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (माओवादी) का संयोजक मात्रिकाप्रसाद यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नेकपा (एकीकृत) का महासचिव परि थापालगायत एउटै ब्यानर समातेर सडकमा उत्रने भएका छन् ।
आज सोमबार दिउँसो साढे १ बजे बबरमहलबाट ६ माओवादी घटकहरुको संयुक्त विरोध प्रदर्शन हुने भएको हो । बाह्रबुँदे, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान तथा हालै गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग समेतलाई लत्याएर कांग्रेस–एमालेले जनयुद्धकालीन झुट्ठा मुद्धाको बहानामा देशैभर माओवादीमाथि राज्यआतंक मच्चाउन थाले भन्दै उनीहरु सडकमा उत्रन लागेका हुन् ।
ड्यास माओवादी विभाजित भएर विप्लव नेतृत्वको माओवादी बन्नुअघि अस्तित्वमा रहेका पाँच माओवादी घटकहरुको संयुक्त संयन्त्र बनेको थियो । कांग्रेस–एमाले र उनीहरुको सरकारले जनयुद्धकालीन मुद्धा ब्युँताउने, विधि–परम्परा र नियम–कानुनका नाममा माओवादीका नेता–कार्यकर्ता एवम् समर्थक–शुभचिन्तकहरुमाथि दमन–धरपकड गर्ने, जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु अस्वीकार गरेर पुरानै व्यवस्था फर्काउने गरी संविधान बनाउन प्रयास गर्नुका साथै शासन–प्रशासनका काम समेत एकलौटी ढंगले अघि बढाएको आरोप लगाउँदै त्यसका विरुद्ध संयुक्त संघर्ष गर्ने ५ माओवादी संयन्त्रको उद्देश्य बताइएको थियो । उक्त संयन्त्रको मूल उद्देश्य चाहिँ सहकार्य र संयुक्त कार्यक्रम अघि बढाउँदै लगेर निकट भविष्यमै सबै माओवादी घटकबीच पार्टी एकता गराउनु रहेको जनाइएको थियो ।
अध्यक्ष मोहन वैद्य किरण तथा महासचिव रामबहादुर थापा ‘बादल’ पनि बिस्तारै छद्म संशोधनवादको शिकार भएको आरोप लगाउँदै पार्टीभित्रको ठूलो शक्ति अलग्याएर नेकपा–माओवादीका तत्कालीन सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नयाँ पार्टी बनाएपछि पाँचदलीय संयन्त्रबाहिर थप माओवादी घटक अस्तित्वमा आयो । केही चरणका औपचारिक–अनौपचारिक छलफलपछि विप्लव नेतृत्वको माओवादी पनि जनयुद्धकालीन मुद्धा ब्युँताउने र ‘प्रतिगमन थोपर्ने’ कांग्रेस–एमालेविरुद्ध उक्त संयन्त्रसँगै सहकार्य गर्न तत्पर भयो । र, सुरु भयो ६ माओवादी घटकबीच संयुक्त छलफल, अन्तर्क्रिया र विरोध प्रदर्शनको शृंखला ।
यही छलफलको क्रममा मातृका यादव नेतृत्वको माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी एमाओवादीसँग एकता गर्ने क्रमको लगभग अन्तिम चरणमा पुगिसकेको बताइन्छ । त्यस्तै परि थापा नेतृत्वको नेकपा (एकीकृत) वैद्य नेतृत्वको माओवादीसँग एकताको अन्तिम चरणमा पुगेको छ ।
उसो त एमाओवादी र वैद्य माओवादीबीच एकताको प्रयास पनि तीव्र भएको छ । र, अलिक लामै बहस–छलफल र क्रिया–प्रतिक्रियाको चरणबाट गुज्रेर अन्ततः विप्लव नेतृत्वको माओवादी बाहेक सबै माओवादी घटकहरु एमाओवादीसँग एकीकृत हुने निश्चित भइसकेको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: