Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गण्डक क्षेत्रमा उखुको अवैध काँटा बढदो, स्थानीय प्रशासन मुकदर्शक

\"\"नवलपरासी, ८ माघ । नवलपरासीमा अवैध उखु काँटाको विगविगी बढेको छ । किसानहरुलाई आर्थिक प्रलोभनमा पारी बिचौलियाहरुले अवैध काँटा संचालन गरि उखु स्टक गर्ने गरेका छन् । उखु क्रसिङ्ग उद्योग भन्दा बढि पैसा तिरेर बिचौलियाहरुले उखु खरिद गरि स्टक गर्दै आएका छन् । किसानहरुको उखु भ्याएपछि मिलहरुलाई चर्को मुल्यमा बेच्ने उद्देश्यले बिचौलियाहरु अवैध काँटा संचालन गरि उखु स्टक गर्दै आएको स्थानियले आरोप लगाए । जिल्लामा उखु उत्पादन घटदै यसवर्ष करिब १८ लाख क्विन्टल उखु मात्र उत्पादन भएको छ । जिल्लामा ४ वटा ठुला क्रसिङ्ग उद्योग मध्ये ३ वटा मिल संचालनमा छन् । यस्तै सय भन्दा बढि साना क्रसिङ्ग उद्योगहरु भेली उद्योग पनि छन् । सिजनमा एक मिलले १२ देखि १५ लाख क्विन्टल उखु क्रसिङ्ग गर्न पाउन पर्ने हुन्छ । तर संचालित ३ वटै उखु क्रसिङ्ग मिलले यसवर्ष ४ लाख क्विन्टल उखु भन्दा बढि उखु क्रसिङ्ग गर्न नपाउने ईन्दिरा सुगर मिलका जिएम रबिन्द्र नाथ शुक्लाले चिन्ता व्यक्त गरे ।एउटा मिलले दिनहुँ ६ हजार देखि ७ हजार क्विन्टलसम्म उखु क्रसिङ्ग गर्ने क्षमता राखेपछि उखुको अभावले २ हजार २५ सय उखु क्रसिङ्ग गर्दै आएका छन् उने बताए । यसरी जिल्लामा उखुको उत्पादन घटदै गयो भने उखु मिलहरु नै विस्थापन हुने अवस्था देखिने शुक्लाले दुख व्यक्त गरे । यता उखु अभावको फाईदा उठाउदै बिचौलियाहरु मिलभन्दा बढि मुल्यमा उखु खरिद गरि स्टक गर्दै आएका छन् जुन पछि उखु मिललाई चर्को मुल्यमा बेची बढि मुनाफा कमाउने उद्देश्य राखेको स्थानियले बताए । यसरी किसान र मिललाई भ्रमित पार्दै बिचौलियाहरु दर्जनभन्दा बढि अवैध काँटा संचालन गरेका छन् जसलाई नियन्त्रण गर्न प्रशासन कार्यालय मौन छ । एक महिना अगाडी जिल्ला प्रशासन कार्यालयले अवैध काँटा मध्ये ३ वटा काँटा सिज गरेको थियो तर पछि राजनितिक दबाबमा जिल्ला प्रशासन कार्यालयका एक उच्च ओहदाका कर्मचारीले नेता संग कर्सि मेन्टेन गर्न काँटाहरु संग पैसा खाई काँटा खुलाएको उखु कृषक उत्पादक समितिका अध्यक्ष उमेशचन्द यादवले आरोप लगाए । अध्यक्ष यादवका अनुसार यसरी बिचौलियाहरु प्रशासन कार्यालय र गुणस्तर नापतौल विभागका प्रतिनिधिहरुलाई पैसा खुवाउदै अवैध काँटा संचालन गर्दै उखुको कृतिम अभाव समेत सृजना गर्दै आएको बताए । विगतका सालदेखि जिल्लामा ७ हजार ५ सय हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ तर अहिले भुक्तानीको समस्या र केरा खेतीको आकर्षणले क्रमशः उखु उत्पादन घटदै गएको छ । यस गण्डक कमाण्ड क्षेत्रका करिब १४ हजार घरपरिवार उखु खेतीमा आवद्ध रहेको कृषि विकास कार्यालयले तथ्याङ्ग दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending