Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

चीनबाट लिलामणि पौडेलले लेखे मूख्यसचिवलार्इ यस्तो पत्र

काठमाडौं, ८ माघ । बागमती सरसफाईका अभियन्ता तथा चीनका लागि नेपाली नेपाली राजदुत लिलामणी पौडेलले बागमतीमा रोपेका बोट विरुवा उखेलेकोप्रति असन्तुष्ट जनाउँदै पत्र लेखेका छन् । मूख्यसचिव सोमलाल सुवेदी संबोधन गरेर लेखिएको उक्त पत्रमा भनिएको छ ‘आफ्नो रगतपसिना बगाएर रोपेको र सन्तान जसरी माया गरेर हुर्काएको बिरुवा बागमती संरक्षणको नाममा राति उखलेको खबर मर्माहित भएको छु ।’ पौडेलले फेसबुक मार्फत मुख्यसचिव सुवेदीलाई लेखेको पत्र यस्तो छ । मुख्यसचिव श्रीसोमलाल सुवेदीलार्इ हार्दिक अनुरोध विगत तीन बर्षदेखि निरन्तर सरसफाइमा सम्लग्न स्थानीय समुदायले आफ्नो रगतपसिना बगाएर रोपेका र आफ्ना सन्तान जसरी मायागरी हुर्काएका विरूवा बागमती संरक्षणका नाममा रातीमा उँखेलेको समाचारले मलार्इ मर्माहत बनाएकोछ । समाचारबाट यस्तो काम परियोजनाको नाममा भएको छ भन्ने आँकलन गर्न सकिन्छ। पुडासैनी मैत्री समाजको नेतृत्वमा गुह्येश्वरी माथि बागमतीमा भएको सरसफार्इको काम समाज सेवाको सर्वोत्कृष्ट नमुना हो। उनीहरूको निस्वर्थ सेवालार्इ कुनै मुल्यमा नाप्न सकिदैन । स्वयमसेवाको त्यस्तो उत्कृष्ट काम नष्ट गरेर यो कस्तो संरक्षण गर्न खोजिएको हो मैले बुझिन ? शहरी विकास मन्त्रालय र अन्यत्रका बैठक तथा समारोहमा परियोजनाको कुरा उठ्नासाथ स्थानीय प्रयासलार्इ स्थानीय कै सम्लग्नतामा स्थानीय श्रोतको प्रयोग गरेर नदी संरक्षण गर्न र स्थानीयले गर्ने काम ठेक्का नलगाउन पदमै छंदा र त्यसपछि पनि मैले जोडदार आवाज उठाइरहेको स्मरण गराउदै उपर्युक्त काम तत्काल रोक्न आदेश दिनुहोस भन्ने आग्रह गर्दछु । काम कसरी हुंदैछ भन्ने बारेमा परियोजना कहिलै पारदर्शी भएन। शंका कै भरमा सरकारी अधिकारीलार्इ पटकपटक स्थानीयले गर्नेकाममा महंगा कन्सल्ट्यान्ट नलगाउन मैले सार्वजनिक आग्रह गरेको र पछिल्लो मलार्इ विदार्इ गर्ने कार्यक्रममा प्रमुख अतिथि माननीय शहरी विकास मन्त्रीज्यूलार्इ समुदायको कामको संरक्षण गरिदिन सार्वजनिक आग्रह गरेको पनि जानकारी गराउंछु । बागमती सफार्इ अभियानको नेतृत्व औपचारिक रूपमा लिएर महाँअभियानलार्इ निरन्तर गति दिनु भएकोमा एउटा अभियन्ताको नाताले म तपार्इको प्रशंसा गर्दछु। साथै समुदायको अपनत्व र सकृयतामा मात्र महाँअभियानको सफलता र दीगो ब्यवस्थापन हुन्छ भन्ने विश्वास गर्ने थोरै निजामती कर्मचारीमा तापार्इ पनि पर्नुहुन्छ भन्नेमा मलार्इ दुविधा छैन। तपार्इलार्इ मैले टेलीफोनमा यो कुरा भन्नसक्थें अथवा छुट्टै पत्र लेख्न सक्थें। तर स्वयमसेवी सबैको उत्प्रेरणा नमरोस भनेर समुदायको आत्मबल बढाउन मैले यो बाटो रोजेकोमा तपार्इले अन्यथा लिनुहुने छैन भन्ने ठान्छु। परियोजनाले समुदायको कामको कदर गर्नै पर्छ। विरूवा आफुखुसी रोपिएका पनि होइनन्। बागमती सभ्यता एकिकृत विकास समितिकै स्वीकृतिमा वन मन्त्रालयको प्राविधिक सहयोगमा विरूवा रोपिएका हुन् । अहिले हुर्किसकेका विरूवा उंखेलेर फेरी नयाँ विरूवा हुर्काउन तीनचार वर्ष लाग्छ र खर्च पनि । समुदायको सहयोग जुटेन भने रोपेका विरूवा कस्ले संरक्षण गरिदिन्छरु समुदायको स्वस्फुर्त अभुतपुर्व सहभागिताको यतिठाडो अवमुल्यन भएपछि अव कहाँको कुन समुदायलार्इ बागमती सभ्यतमको संरक्षणमा लगाउनेरु तपार्इको सार्थक हस्तक्षेपको प्रतिक्षामा छु। तपार्इको मुख्यसचिवको कार्यकालको सफलताको शुभकामना ! लीलामणि पौड्याल बागमती सरसफार्इ अभियन्ता बेइजिङ                                                                                                                                                                                                                                                                                                                                  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending