Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

धुर्मुस-सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा

\"\"महोत्तरी, ८ माघ । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । बाह्र दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी जनकपुरका सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गरेको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन् । हालसम्ममा बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग खनिसकिएको छ । ३२ वटा घरको जग उठाउने कार्यसम्पन्न भइसकेको छ । पिलिन्थ लेवलसम्मको पाँचवटा घरको निर्माणकार्य सकिएको धर्मुस– सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले बताए । श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता, सङ्घ संस्थाका पदाधिकारी आउने क्रम जारी छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीलेसमेत श्रमदान र सुरक्षा दिने गरेका छन् । बर्सौंदेखि रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट वहिष्करणमा परेका मुसहरको आफ्नो घर बन्न लागेपछि उत्साहित देखिएका उनीहरु दिनहुँ झन्डै एक सय मुसहर श्रमदानमा खटिएका एकिकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले बताए । ‘दाउरा लिन जाने काम छाडेर हुलका हुल गाउँले बस्ती निर्माणमा श्रमदान गरिरहेका छन्,’ उनले भने, “कोही सिमेन्ट घोल्छ । कोही बालुवा, ढुङ्गा, गिट्टी ओसारछन् । कोही गाउँलाई काममा खटाउँछन् यी र यस्ता कार्य गरेर हामी बस्ती निर्माण श्रमदान गरिरहेका छौंँ ।” ‘मुसहरहरुले आफूहरुको जीवन फेरिन्छ भनेर सपना पनि देखेका थिएनन् । तर, धर्मुस र सुन्तली जस्ता मायालु मनको सहयोग पाएर मुसहर फुरुङ्ग छन्,’ सामाजिक अभियन्ता आरके महतोले भन्नुभयो,‘कोही बाढीपीडित, त कोही भूकम्पपीडित, त कोही आगलागीपीडित सबै पीडितैले राहत र सहयोग पाइरहेका छन् । तर, मुसहरको जन्मिने सन्तान जन्मिने वित्तिकै पीडित भएरै जन्मिन्छ । उनीहरुको पीडा कसैले सुन्दैनन् बरु हेला गर्छ । मुसहरको लागि धुर्मुस र सुन्तली भगवान भएर मुसहर बस्तीमा पसें । सहयोगी हात भेटिएर बर्दिवासका मुसहरको पुस्तौँंपछि उद्धार र राहत मिल्दैछ । ओत लाग्ने घर बन्दै छ । बच्चा स्कुल जाँदैछन् ।’ दैनिक मालिकको जी हजुरी गरेर शोषण, दमन, अन्याय, अत्याचार सहन बाध्य मुसहर त्यो जालबाट सहयोगी हातको सहारामा क्रमशः बाहिर निस्किएर आफ्नो भविष्य खोजिरहेका सामाजिक अभियन्ता महतोले बताए ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: