Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मधेशविना पहाड र पहाडविना मधेशको कल्पना पनि गर्न सकिन्न : प्रचण्ड

\"\" काठमाडौं, ८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशविना पहाड र पहाडविना मधेशको कल्पना पनि गर्न नसकिने बताएका छन् । उनले परिवर्तन विरोधीहरु अहिले मधेश, पहाड र हिमाल तथा विभिन्न जात, जाति र धार्मिक समुदायलाई फुटाउन लागिपरेको बताउँदै आफूले सिंगो नेपाल र नेपालमा रहेका नेपाली जनतालाई एकतावद्ध बनाउन पहल गरिरहेको स्पष्ट पारे । शनिवार दिउँसो सुन्धाराको काठामाडौं मलस्थित ग्यालेक्सी पार्टी प्यालेसमा मुस्लिम मुक्ति मोर्चाद्वारा आयोजित ‘धर्म निरपेक्षता र मुस्लिम मुद्धा’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताए । प्रधानमन्त्रीले मुस्लिमको स्वतन्त्रता र मुक्तिका निम्ति धर्म निरपेक्षताको विषय धेरै महत्वपूर्ण रहेको बताउँदै संविधान संशोधन मार्फत् मुस्लिमलगायतका उत्पीडित समुदायलाई थप अधिकार प्रदान गर्न खोजिएको प्रष्ट पारे । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुस्लिमलगायत उत्पीडित जाति र बर्गका मुद्धावाट माओवादी पार्टी र आफू विचलित नहुने बताउँदै यसका लागि अन्तिमसम्म संघर्ष गर्ने उल्लेख गरे । उनले संविधानमा उत्पीडितहरुका पक्षमा भएका राम्रा कुराको रक्षा तथा कार्यान्वयन र अपुग कुराहरु पूरा गर्न एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै माओवादी पार्टी र आन्दोलन कमजोर हुँदा उत्पीडितका मुद्धा कमजोर हुनेतर्फ स्पष्ट पारे । परिवर्तनका एजेण्डा बाध्यताले स्विकार्नेहरु अहिले संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका एजेण्डा उल्ट्याउन लागिपरेको बताउँदै प्रधानमन्त्रीले परिवर्तनकामी र यथास्थितिवादीबीच पेचिलो संघर्षको अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षित गराउँदै परिवर्तनकारीहरुलाई समयमै गोलबन्द हुन आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: