Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सिराहा पुगेर प्रचण्डले भने-अस्थिरता चाहनेले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेका छन्

\"\" लहान, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनले मात्र मधेसी, आदिवासी, जनजाति सबैको समस्या समाधान हुने भएकाले ससंद्मा प्रस्तुत भएको संशोधन प्रस्तावलाई सबै मिलेर पारित गराउनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का कार्यालय सदस्य विश्वनाथ साहका आमा सागरदेवी साहको १३ औँ पूण्यतिथिको अवसरमा गोलबजारमा  आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनले दलित, मधेसी, थारु, आदिवासी जनजातिसहित मधेस, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकाले शान्ति नचाहनेले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए । “देशलाई विभाजित गरेर होइन, एकीकृत पारेर मात्र हामीले विकास र पहिचानका मुद्दालाई दरिलो ढङ्गले उठाउन सक्नेछौँ, मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिँदैन”–उनले भने, “नेपालको संस्कृति, भूगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँसिएको छ कि मधेस, पहाड र हिमाललाई छुट्ट्याएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।” कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेस केन्द्रित दलको मुद्दालाई जतिसक्दो चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्नुपर्ने बताए । त्यसअघि प्रधानमन्त्री दाहालले  कर्जन्हाको वस्तीपुरमा जनयुद्धका क्रममा सहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ता रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गरेका थिए । यसैगरी आजै प्रधानमन्त्री दाहालले गोलबजार–३ जम्दहस्थित तेतरियाको पर्यटकीयस्थल कुम्भीखाँडी दह क्षेत्रको मर्मत तथा संरक्षणको शिलान्यास समेत गरे । श्रद्धाञ्जलिसभामा कानुनमन्त्री अजयशङ्कर नायक, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत माओवादी नेताको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: