Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मोटो रकम लिएर गैरकानुनी रुपमा विद्युत चुहावट गर्ने प्राधिकरणका १६ कर्मचारी पक्राउ (नामसहित)

\"\" काठमाडौँ, ९ माघ ।  विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि दर्जनाैँ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विशेषका घरमा जडित बिजुलीका मिटर बक्स मिलेमतो गरी मिटरको अङ्क घटाउने कार्यमा संलग्न १० जना बहालवाला कर्मचारी र दुई जना पूर्वकर्मचारी तथा चारजना व्यवसायीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौँ उपत्यका र हेटौँडाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । सो कार्य गरेबापत ती कर्मचारीले विभिन्न उद्योग कलकारखाना तथा घरधनीबाट दैनिक तथा मासिकरुपमा मोटो रकम लिँदै आएको आयोजित पत्रकार सम्मेलनमा महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । पक्राउ पर्ने बहालवाला कर्मचारीमा नेपाल विद्युत् प्राधिकरण, बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, बानेश्वर शाखाका इलेक्ट्रिसियन अच्यूत खड्का, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्कका वरिष्ठ सहायक दिलबहादुर साउद, सोही निर्देशनालयका मिटर रिडर ओम ढुङ्गाना, श्याम बस्नेत, प्रदिप शर्मा, ठाकुर महर्जन, मनिज श्रेष्ठ, लगनखेल शाखाका मिटर रिडर सूर्यबहादुर थापा र हेटौँडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान रहेका छन् । पक्राउ पर्ने पूर्वकर्मचारीमा नेपाल विद्युत् प्राधिकरण, भक्तपुरका पूर्व सुपरभाइजर भगवान् पाण्डे, प्राधिकरणका पूर्वमेन्टिनेन्स कर्मचारी टहलबहादुर कार्की रहेका छन् । यसैगरी, मञ्जुश्री खानेपानीका सञ्चालक गोकर्णेश्वर नगरपालिकाका कुमार लामा, हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत घर भई गौशालामा मिठाइ पसल सञ्चालन गर्दै आएका तपन घोस, मोतिहारी जिल्ला, पूर्वी चम्पारण भारत घर भई नक्सालमा कपास फ््याक्ट्री सञ्चालन गर्दै आएका परवेज आलम र मोरङ, कोशीहरैचा घर भई रामेश्वर मिठाइ पसल सञ्चालक रमेश चूँडाललाई प्रहरीले पक्राउ गरेको हो । प्रमुख खनालले यस्तो कार्यमा ठूलै गिरोह संलग्न रहेको खुलेको बताउँदै अन्य व्यक्तिसमेत पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिए । ती कर्मचारीले नेपाल विद्युत् प्राधिकरणका बिल रिडरले उद्योग कलकारखाना तथा व्यक्ति विशेषका घरमा गई मिटरमा उठेको रकमभन्दा कम अङ्कको बिल बनाई मिटर रिडर र ग्राहक मिल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्राधिकरणको बहालवाला र पूर्वटेक्निसियन तथा सुपरभाइजरले मिटर बक्सको सिल काटी मिटरमा उठेको अङ्कलाई बिल बराबरको अङ्क उल्टोबाट घुमाई मिलाउने गरेको, अङ्क मिलाएपश्चात् सिल वायर, सिल गोटीको प्रयोग गरी मिटरमा आफैँले सिल लगाउँदै आएका थिए । मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरण सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप तथा टर्चलाइट टेक्निसियन स्वयम्ले साथमै गैरकानुनीरुपमा राख्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रत्येक दिन २० देखि २५ स्थानमा उक्त कार्य गर्दै आएको, विगत १२ वर्षदेखि विद्युत् चुहावट गरी ठगी गर्ने कार्यमा संलग्न हुँदै आएको, मिटर रिडरले मिटर रिड गरेपछि मिटरमा उल्लेखित युनिटभन्दा कम युनिटको बिल बनाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । चार÷पाँच महिनासम्म कम युनिटको बिल बनाएपछि ग्राहकले टेक्निसियन कर्मचारी बोलाएर मिटरको युनिट अङ्क घटाउन लगाउने गरेको, टेक्निसियनका कर्मचारीले मिटर बक्सलाई उनीहरुकै घरमा समेत लगेर मिलाइ पुनःजडान गर्ने गरेका थिए । मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर, टेक्निसियन कर्मचारी तथा पुरानो मिटर रिडरलेसमेत बाँडफाँड गरी लिने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले बढी विद्युत् खपत हुने उद्योग, कलकारखाना तथा व्यक्ति विशेषका घरमा यस्तो कार्य गर्दै आएको खुलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: