Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

'संविधानलाई जीवन्त राख्नका लागि संसदीय निर्वाचन गराउनु नै उपयुक्त'

\"\" विराटनगर, ९ माघ । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि संसद्को निर्वाचनतर्फ अग्रसर हुन दलहरुलाई आग्रह गरेका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचन गराउने विषयमा विवाद देखिएको र स्थानीय निर्वाचन नभएसम्म प्रदेशको निर्वाचन पनि गर्न नसक्ने अवस्थामा संविधानलाई जीवन्त राख्नका लागि संसदीय निर्वाचन गराउनु नै उपयुक्त देखिएको बताएका हुन् । जनताको अभिमतबाट चुनिएको सरकारले संविधानलगायत विषयमा कार्य गर्न सक्ने भएकाले त्यति चिन्तित हुनुपर्ने विषय नदेखिएको नेता गच्छदारको भनाइ थियो । स्थानीयस्तरमा पुरानै संरचनामा निर्वाचन गराउन सके निर्वाचनको सम्भावना रहेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसो नभए दस महिनाभित्र नयाँ संविधानको आधारमा संसदीय निर्वाचन गराउनुपर्नेमा जोड दिए । मुलुक जटिल अवस्थामा फस्दै गइरहेकाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी प्रमुख राजनीतिक दलबीच उच्च कोटीको समझदारीको आवश्यकता रहेको र दुवै पक्षलाई अतिवादी सोचलाई त्यागेर मिलनबिन्दु खोज्न समेत गच्छदारले सुझाव दिए । संविधान संशोधनको प्रस्ताव परिमार्जन गरेर पारित गर्नुपर्ने विषयमा जोड दिँदै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई समेटेर वा जिल्लाको विभाजन गरेर समस्याको समाधान गर्नुपर्ने धारणा राखे । परिमार्जनसहित संविधान संशोधन प्रस्ताव संसद्बाट पारित नभएसम्म सरकारमा नजाने अध्यक्ष गच्छदारले स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: