Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

ओबामा विदेश नीतिलाई उल्ट्याए ट्रम्पले, टिपीपीबाट बाहिर निस्कने आदेशमा हस्ताक्षर

\"\"वाशिङ्गटन डिसी। नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनका निर्णहरु धमाधम उल्ट्याउन शुरु गरेका छन् । ओबामा हेल्थकेयरलाई खारेज गरेपछि उनले “ट्रान्स प्यासिफिक पार्टनरशीप (टिपीपी)” बाट बाहिरिने कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । ओबामाको एशिया नीतिको केन्द्रका रुपमा मानिने यो सम्झौतामा १२ देशले हस्ताक्षर गरेका थिए । यो निर्णयसँगै ट्रम्पले बहुराष्ट्रिय व्यापार सम्झौताको युगको अन्त्य भएको घोषणा गरेका छन् । “पहिला अमेरिका” भन्ने नारा अन्तर्गत गरिएको यो सम्झौता रद्दको घोषणाले क्यानाडादेखि चिली र अष्ट्रेलियादेखि जापानसम्म अमेरिकी व्यापारको जालो प्रभावित हुने छ । यो निर्णयले अमेरिकी कम्पनीहरुले अमेरिका बाहिर कारखाना खोल्ने या व्यापार गर्ने सम्भावनामाथि प्रभाव पार्ने छ । ट्रम्पले भने अमेरिकामा उत्पादन गर्न छोडेर अरु देशमा जाने कम्पनीहरुलाई नियन्त्रण गर्न खोजिएको दावी गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले यो सम्झौतालाई “सम्भावित संकट” भन्दै यसले अमेरिकी उत्पादन क्षेत्रलाई नोक्सानी पुर्याएको दावी गरेका थिए । योसँगै ट्रम्पले “ठूलो मात्रामा” ट्याक्स घटाउने र विनियम कम गर्ने बताएका छन् । विदेशमा कारखाना हुने कम्पनीलाई भने निकै बढी कर लगाउने उनको घोषणा छ । यतिमात्रै होइन ट्रम्पले व्यापार जगतका ठूला १२ वटा कम्पनीहरुलाई आयातमाथि जरिवाना लगाउने समेत बताएका छन् । ट्रम्पले अमेरिकी कम्पनीले स्वदेशमा नै उत्पादन गर्नुपर्ने र विदेशबाट आयात हुने सामानमा कर लगाइने कुरा स्पष्ट गरेका छन् । कर्पोरेट करमा हाल लागु भइरहेको ३५ प्रतिशत करलाई १५ देखि २० प्रतिशतसम्म कमगर्ने र विनियममा ७५ प्रतिशत कटौत ीगर्ने उनले बताएका छन् । यसबाट अमेरिका र अन्य देशबीचको व्यापारमा गम्भीर संकट उत्पन्न हुनसक्ने र यसको असर विश्व अर्थतन्त्रमा नै पर्ने आँकलन गरिएको छ । के हो टिपीपी ? ५ अक्टुबर २०१५का दिन सम्झौता भएका १२ देशबीच व्यापार करमा छूट दिइने घोषणा गरिएको थियो । यो सम्झौतामा अमेरिका, जापान, मलेशिया, भियतनाम, सिंगापुर, ब्रुनई, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, मेक्सिको, चिली र पेरुले हस्ताक्षर गरेका छन् । यो सम्झौतको उद्देश्य यी देशहरुबीच आर्थिक सम्बन्ध बढाउने र विकासको गति बढाउने दावी गरिएको थियो । सन् २००५ मा बु्रनाई, चिली, न्यूजिल्याण्ड र सिंगापुरबीच भएको व्यापार सम्झौतालाई नै पछि १२ देशले हस्ताक्षर गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending