Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

घूस लिने नापी सर्वेक्षकविरुद्ध आरोपपत्र दायर

\"\" काठमाडौँ, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको हाल साबिक गर्ने प्रयोजनका लागि घूस लिने नापी सर्वेक्षक गणेशप्रसाद मिश्रविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले नापी कार्यालय, टोखामा कार्यरत नापी सर्वेक्षक मिश्रले जग्गाको हाल साबिक गर्ने प्रयोजनका लागि लेखापढी व्यवसायी प्रमोद पाण्डेमार्फत रु एक लाख घूस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । मिश्रले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको रु एक लाख बिगो कायम गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै आयोगले घूस लेनदेन कार्यमा मतियार र सहयोगीको भूमिका निर्वाह गर्ने लेखापढी व्यवसायी पाण्डेविरुद्ध पनि मिश्रलाई हुने सजायको आधा सजाय माग दाबी गरी आरोपपत्र दायर गरेको छ । आजै आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, सुर्खेतबाट सञ्चालित गुटु स्वास्थ्य चौकीको भवन निर्माण कार्यमा मापदण्डविपरीत निर्माण कार्य गरी अनियमितता गर्ने कर्मचारी तथा ठेकेदारविरुद्ध पनि आरोपपत्र दायर गरेको छ । मापदण्डविपरीत निर्माण गरेको र झुट्टा बिल भरपाई बनाई भुक्तानी लिने दिने अभियोगमा आयोगले सुर्खेतका डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद शर्मा, इन्जिनियर शशिचन्द्र घिमिरे, सबइन्जिनियर मनोजकुमार यादव, लेखा अधिकृत तुलाराम तिवारी र निर्माण व्यवसायी राजविन्द्र प्रताप सापकोटाविरुद्ध जनही रु २६ लाख ९६ हजार ७०३ बिगो जरिवाना गरी आरोपपत्र दायर गरेको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: