Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नेपालको सुरक्षा नीति कब्जा गर्दै भारतीय मार्सल : बिजुक्छें

\"\"भक्तपुर, १२ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतीय मार्सल सुरक्षा बिमान स्थलमा राखेर नेपालको सुरक्षा नीति कब्जाको रणनिति बनाएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले सादा पोशाकका मार्सलहरु बिमान सुरक्षाको बहानामा भारतले पठाउँदै भबिष्यमा आफ्ना सेनाको सुरक्षा अवस्था देखाएर नेपालको सुरक्षा अवस्था कब्जा गर्ने रणनीति भएको बताए । हाल नेपाली राजनीतिमा थ्रेस होल्डको बिषय निकै चर्चामा रहेको भन्दै उनले थ्रेस होल्ड ठूला राजनीतिक दलहरुलाई निर्वाचनको बखत गरिने खर्चमा लागू गर्नु पर्ने र साना दलहरु जसले मत कम ल्याएका छन् तिनलाई समेत सरकारमा लैजाने काम गलत भएको भन्दै ठूला दलहरुको खर्च र बिगतका अपराधिक चरित्र भएकाहरुलाई रोक लगाउन थ्रेस होल्ड आवश्यक रहेको बताए । स्थानीय तहको निर्वाचनका बारे सरकारले मुखले मात्र बोलेको तर ब्यवहारमा कुनै तयारी नगरेको भन्दै संबिधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको बिजुक्छेंको भनाई छ । उनले धर्मका नाममा जात जाति, भाषा भाषी र क्षेत्रका नाममा दलहरु खोल्न नपाउनु पर्ने भएता पनि देशलाई जुन जुन बिषयले घाटा पुग्छ त्यही काम अर्कैको इशारामा गर्ने गर्दा देश नै टुक्रिने अवस्थामा पुगेको बताए । सरकारको समिकरण जति बेला पनि परिवर्तन हुने सक्ने भन्दै बिजुक्छेंले भने, – भारतको ईशारा मिल्ना साथ थ्रेस होल्डको बिषय देखाएर तीन दल एमाले काँग्रस र माओवादीबीच सत्ता समिकरण देखा पर्नेछ । ’ संविधान संशोधनको बिषयलाई अल्झाउन समेत निर्वाचनको बिषयलाई मूखे बोलीमा ब्यापकता दिएको भन्दै बिजुक्छेंले निर्वाचन गराउने नै भए अन्य काम छाडी तिव्रताका साथ अघि बढ्नु पर्नेमा जोड दिए । उनले बालुवाटार, सिंहदरवार र शितलनिवास अपराधिहरुको संरक्षणको थलो बनेको भन्दै हाल पनि अपराधिक आरोप खेपाकाहरु समेत संसद भएको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: