Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षमा डा. प्रकाशचन्द्र लोहनी

\"\" काठमाडौँ, १२ माघ । आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा. प्रकाशचन्द्र लोहनीले सम्हालेका छन् । निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा लोहनीलाई बुधबार सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो । उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष डा लोहनीले पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजाने र मुलुकमा विद्यमान समस्या समाधानमा सशक्त ढङ्गले क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विधिका आधारमा पार्टी सञ्चालन गरी आसन्न महाधिवेशनलाई सफल बनाउने दृढता पनि व्यक्त गरे । केन्द्रीय अध्यक्ष कमल थापाले  लोहनीको कार्यकालको सफलताको कामना गर्दै अहिले देशमा बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याए । निवर्तमान अध्यक्ष राणाले पार्टीलाई बलियो र गतिशील बनाउन नेता तथा कार्यकर्ता सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय अखण्ड पार्टीसँग एकीकरणका लागि पार्टीका उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा राजीव पराजुली र हेमजङ गुरुङ सदस्य रहेको एक समिति गठन गरेको छ । मुलुकको राष्ट्रिय एकता तथा अखण्डता कमजोर बन्दै गइरहेको अहिलेको अवस्थामा आपसी मतभेद बिर्सेर साझा धारणा बनाउन सबै राजनीतिक दललाई बैठकले आग्रह गरेको छ । मधेस केन्द्रित दलका जायज माग पूरा गरी निर्वाचनको वातावरण बनाउन तथा यही माघ १५ गतेभित्र निर्वाचनको मिति तोक्नसमेत बैठकले माग गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: