Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सूचना प्रविधि मेला आजदेखि शुरु, सूचना प्रविधिमा आकर्षण झनै बढ्दै

\"\" काठमाडौं, १३ माघ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा बिहीबार सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक–२०१७’ शुरु हुने भएको छ । कम्प्युटर एशोसिएसन महासंघको आयोजनामा हुन लागेको मेलामा दुई सय २२ स्टल रहेको आयोजकले जनाएको छ । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायत स्टल रहनेछन् । मेला अवलोकनका लागिएक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थी परिचय पत्र हुनेलाई टिकटमा ५० प्रतिशत सहुलियत दिइएको छ । यस्तै, अनलाइन टिकट खरिदको अग्रिम रुपमा व्यवस्था मिलाइने र अनलाइन टिकट लिनेलाई २० प्रतिशत छुट दिइएको छ । आगामी आइतबारलाई मेलाको ‘बिजनेस डे’ तोकिएको छ । उक्त दिन भने सबैका लागि सय रुपैयाँ शुल्क तोकिएको छ । आयोजकका अनुसार मेलामा कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले छुट दिने छन् । क्यान इन्फोटेक मेलाको अघिल्लो संस्करणमा ३ लाख ६३ हजार ४ सय ५६ जनाले अवलोकन गरेका थिए । सूचना प्रविधिको विस्तार हुँदै गइरहेका कारण यो वर्ष ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको विश्वास छ । नेपालको सबैभन्दा ठूलो सूचना प्रविधिसम्बन्धी मेला मानिने क्यानको यो संस्करणमा गत वर्ष (सन् २०१६) र यस वर्षको सुरुवात (सन् २०१७) मा विश्व बजारमा विकास भएका सूचना प्रविधिसम्बन्धी पछिल्ला सामग्री र सेवा अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । विश्वस्तरीय ब्रान्डका नेपाली अधिकृत बिक्रेतादेखि स्वदेशमै सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा विकास गर्नेहरूले पनि मेलामा आफ्ना स्टल राखेका छन् । मेला ६ दिनसम्म चल्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE