Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पक्ष राष्ट्र भएको ४२ वर्षपछि साइटिस कानुन बन्दै

काठमाडौँ, १३ माघ । सरकारले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि’ (साइटिस० को पक्ष राष्ट्र भएको ४२ वर्षपछि त्यससम्बन्धी कानुन बनाउने तयारी गरेको छ । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको विधेयक, २०७२’ को प्राप्त संशोधनमाथि व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । छलफलमा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले कानुनको अभावमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको नियमन र व्यवस्थापनमा कठिनाइ देखिएकाले विधेयक ल्याउनुपरेको बताए । सरकारले अन्तर्राष्ट्रियरुपमा प्रतिबद्धता गरेअनुरुप विधेयक अघि बढाइएको जानकारी गराउँदै मन्त्री भण्डारीले भने, “यो कानुन बनेसँगै सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको चोरी निकासी नियन्त्रण गर्न सहज हुनेछ ।” नेपालले उक्त महासन्धिमा सन् १९७३ मा हस्ताक्षर गरी १९७५ देखि पक्ष राष्ट्र बनेको थियो । विधेयकको परिच्छेद २ को दफा ३ को उपदफा १ मा ‘कसैले पनि दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना खरिद बिक्री गर्न, आफूसँग राख्न, प्रयोग गर्न, रोप्न, हुर्काउन, नियन्त्रित प्रजनन गर्न ओसारपसार गर्न वा निकासी वा पैठारी गर्न वा गराउन हुँदैन’ भन्ने प्रावधान छ । त्यस्तै उक्त दफाको उपदफा २ मा ‘उपदफा ९१० मा जुनसुकै कुरा लेखिएको भए पनि अनुमतिपत्र लिई तोकिएबमोजिम शर्तको अधिनमा रही दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमुना राख्न, प्रयोग गर्न, नियन्त्रित प्रजनन गर्न, ओसारपसार, निकासी वा पैठारी गर्न सकिने’ व्यवस्था छ । मन्त्रालयका निमित्त सचिव पेमनारायण कँडेलले उपरोक्त कानुनको अभावमा केही दुलर्भ वन्यजन्तु तथा वनस्पतिको व्यवस्थापन गर्न कठिनाइ भएको जनाउँदै यो कानुन राष्ट्रकै लागि गौरव हुने बताए । विधेयकमाथि संशोधन दर्ता गराएका सांसद प्रेम सुवालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको संरक्षण र उपयोगको जिम्मेवारी व्यक्तिलाई दिन नहुने भन्दै त्यसको सट्टा सरकारी वा सार्वजनिक निकायलाई दिनुपर्ने धारणा राखे । सांसद राजाराम स्याङ्तानले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सूची तयार गरी उत्पादन बढाउने प्रावधान पनि थप्नुपर्ने सुझाव दिए । समिति सभापति जनकराज चौधरीको अध्यक्षमा भएको छलफलमा पार्वत गुरुङ, सूर्यप्रकाश वाला राई, टुकराज सिग्देल, लिला मगर, कमला विक, वीरबहादुर बलायरलगायतले विधेयकमाथि परेका संशोधनका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । विधेयकमा दुर्लभ वन्यजन्तु वा सो नमुनासम्बन्धी कसुर गर्नेलाई कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै र दुर्लभ वनस्पति वा सोको नमुनासम्बन्धी कसुर गर्नेलाई कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: