Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

तीनै तहको निर्वाचनको तयारीमा जुट्न प्रचण्डको निर्देशन

\"\"पर्वत, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०७४ को माघ ७ गतेसम्म मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा जुट्न पर्वतका कार्यलय प्रमुखलाई निर्देशन दिएका छन् । बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित पर्वत महोत्सवको उद्घाटनका लागि पुगेका प्रधानमन्त्री दाहालले फर्किने बेला पर्वतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन । उनले वैशाख अन्तिम साता स्थानीय तह, कात्तिकमा प्रदेश र माघ पहिलो साता प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी सरकार अघि बढेको बताउँदै त्यसको तयारी गर्न निर्देशन दिएका हुन । उनले अब केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने जानकारी दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । स्थानीय तहको निर्वाचन वैशाख अन्तिम साता हुन्छ, तपाईंहरु ढुक्क हुनुहोस् र त्यसको तयारीमा लाग्नुहोस् प्रधानमन्त्रीले भनेका थिए । बाहिरी हल्ला सुनेर निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न पनि निर्देशन दिएको प्रजिअ मरासिनीले जानकारी दिए । उनले पर्वतका कार्यालय प्रमुखलाई जनताको काममा कुनै पनि कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् । सरकारी कर्मचारीको सेवाबाट मात्रै आम नागरिकले राज्य र लोकतन्त्रको अनुभूति गर्ने भएकाले सेवा प्रवाहलाई सुस्त, चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका हुन । उनले भ्रष्टाचार न्यूनीकरणमा सघाउ पु¥याउन र बढ्दो बेरुजु फछ्र्यौटमा ध्यान दिन पनि आग्रह गरेका छन् । उनले मुलुक संविधानको कार्यान्वयनसँगै आर्थिक समृद्धिको दिशामा अघि बढेको बताउँदै जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका योजना र अन्य भौतिक पूर्वाधार विकासका काममा कुनै अवरोध आउन नदिन पनि सम्बन्धित कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । काम हुन सकेन, बजेट खर्च हुन सकेन भने सरकारले अपेक्षित सफलता हासिल गर्न सक्दैन त्यसैले कार्यालयप्रमुख गम्भीर भएर लाग्न जरुरी छ उनले भनेको उद्धृत गर्दै प्रजिअ मरासिनीले जानकारी दिए। सो अवसरमा प्रजिअ मरासिनीले जिल्लाको समग्र वस्तुस्थिति जानकारी दिँदै प्रधानमन्त्रीको निर्देशन पालना गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पार्टी कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन यसैबीच, प्रधानमन्त्री प्रचण्डले नेकपा ९माओवादी केन्द्र० पर्वतका कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएका छन् । केही दिनमै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेकाले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न अभियानका रुपमा लाग्न निर्देशन दिएको माओवादी केन्द्र पर्वतका सेक्रेटरी ढाकाराम गौतमले जानकारी दिए । उनले गाउँगाउँमा जनपरिचालन अभियान सञ्चालन गर्न पनि पार्टी, नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले संविधानको कार्यान्वयनका लागि अबको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले जिल्लास्तरमा त्यसको वातावरण सिर्जना गर्नका लागि पहल गर्न पनि आग्रह गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: