Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

ठूल्ठूला द्वन्द्वलाई युगान्तकारी परिवर्तनमा बदल्नेलाई अहिलेको समस्या समाधान गर्न गाह्रो छैन-प्रचण्ड

\"\" काठमाडौँ, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलाठूला सशस्त्र द्धन्द्धलाई युगान्तकारी परिवर्तनमा बल्दन सक्ने राजनीतिक शक्ति र नेतृत्वलाई अहिले देखिएको समस्या समाधान गर्न कुनै गाह्रो नभएको बताएका छन् । शुक्रबारबाट राजधानीमा शुरु भएको सरकारी वकिल र प्रहरीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक दलले चाहेमा वर्तमान समस्या समाधान गर्न असम्भव नभएको बताएका हुन् । ‘हामीले धेरै ठूलाठूला सशस्त्र द्धन्द्धको स्थितीलाई संवाद र सहमतिबाट युगान्तकारी परिवर्तनमा लैजान सक्यौ भने अहिले देखिएको समस्या सजिलैसँग समाधान गर्न सकिन्छ’ प्रचण्डले भने । देश संविधान कार्यान्वयनको असाध्यै महत्वपूर्ण र संवेदनशिल चरणमा रहेको बताउँदै उनले आगामी ७ माघभित्र निर्वाचन नसके संविधानको औचित्य र परिवर्तनका एजेण्डामाथी नै प्रश्न उठ्न सक्ने र देश अप्ठ्यारो स्थितीमा जान सक्ने खतरा रहेको औल्याए । देशमा राष्टिय समझदारी बनाउने, हिमाल पहाड र तराइ लगायत सबैलाई मिलाएर देशलाई निर्वाचनतिर लैजान सरकारको तर्फबाट निरन्तर प्रयास भइरहेको बताउँदै उनले सरकारको प्रयासले सकारात्मक रुप लिएको समेत दावी गरे । शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनका प्रक्रियाको नेतृत्व गरेको राजनीतिक शक्ति र नेतृत्वले अहिलेका समस्या समाधान गर्न सक्नुपर्ने उनको भनाई थियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: