Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विज्ञापनमा पनि यस्तो राजनीति

\"\"काठमाडौं, १५ माघ । केही दिनअघि ठूला दैनिक पत्रिकाहरुमा एउटा विज्ञापन प्रकाशित भयो, त्यो पनि उपभोक्ता हितमा जारी भन्दै । ठूलो दैनिक पत्रिकादेखि अधिकांश पत्रपत्रिकामा उक्त विज्ञापनले ज्याकेट लगाइदियो । उपभोक्ता हितमा भन्दै उक्त विज्ञापन रेडियो तथा टेलिभिजनहरुमा घन्किए । विज्ञापन थियो बजारमा पाइने नाङ्गो साबुनको विरुद्धमा । विज्ञापन उपभोक्ताको हितमा थियो कि अहितमा पत्रपत्रिकालाई मतलब पनि भएन । एकै दिन लाखौंको विज्ञापन छाप्न पाएपछि मिडिया मालिकहरु मक्ख भए । सबै नाङ्गो साबुनमा बोसो मिसाइएको हुन्छ, जुन उपभोक्ताको हितमा छैन भन्ने विज्ञापनको सन्देश थियो । त्यसको अर्थ हुन्थ्यो, नाङ्गो साबुन प्रयोग नगरौं, कभर भएको साबुन मात्रै प्रयोग गरौं । नाङ्गो साबुनको तस्विरसहितको उपभोक्ताको हितमा भन्दै प्रकाशित गरिएको उक्त विज्ञापनमा नाङ्गो साबुनमा जनावरको बोसो प्रयोग गरिएको भन्दै उपभोक्तालाई आतंकित पारिएको छ । जानकारीयुक्त लेबल भएको मात्रै साबुन प्रयोग गरौं भन्ने कथित लोककल्याणकारी विज्ञापन कसले दिएको भन्दै विज्ञापनमा खुलाएको छैन । करोडौं रुपैयाँ खर्च गरेर उपभोक्ताको हितमा कथित लोक कल्याणकारी विज्ञापन छपाउने को हो भन्ने भेउ सरकारले अहिलेसम्म पाएको छैन । मानौं त्यो विज्ञापन पत्रिकामा अज्ञात समूहले ल्याएर छपायो । त्यसैको निरिहता प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै सम्बन्धित संस्थाको नामबिना अब उक्त विज्ञापन प्रकाशित नगर्न निर्देशन दिएको छ । ‘केही सञ्चार माध्यामहरुमा ‘कतै तपाईँको नाङ्गो साबुनमा बोसो त छैन’ भन्ने शीर्षकको साबुनको रंगिन विज्ञापन प्रकाशित भएकोमा सो विज्ञापन कसले दिएको हो भन्ने उल्लेख नभएको भन्दै काउन्सिलले निरिहता प्रस्तुत गरेको छ । ‘विज्ञापनको विश्वासनीयताको लागि विज्ञापन दिने ब्यक्ति वा संस्थाको नाम अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेमा सोको बिपरीत संम्प्रेषित उक्त विज्ञापनबाट पत्रकार आचारसंहित, २०७३ को दफा ४ (७) र ५ (८) उलंघन भएको हुँदा विज्ञापन दिने ब्यक्ति र संस्थाको नाम उल्लेख नगरी विज्ञापन सम्प्रेषित नगर्न नगराउन हुन सम्पूर्ण सञ्चार माध्यामहरुलाई प्रेस काउन्सिल नेपाल सचेत गराउँदछ ।’ काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञापन सम्बन्धि कुनै मापदण्ड नभएकाले गर्दा यस्तो समस्या भएको विज्ञापन एजेन्सीहरु बताउँछन् । खासगरी नाङ्गो साबुनहरु सस्तो र लुगा धुने प्रयोजनमा बजारमा ल्याइएका छन् । अधिकांश नाङ्गो साबुन घरेलु तथा साना उद्योगहरुले उत्पादन गर्ने गरेका छन् भने केही नाङ्गो साबुन भारतबाट आयात हुने गरेको छ । उपभोक्ताको अहितमा कुनै लेबल नभएको त्यस्ता साबुन विक्री गर्न सरकारले किन छुट दियो अथवा यस्तो विज्ञापनले पत्रिका ढाकिँदा पनि नाङ्गो साबुन उत्पादन गर्ने उद्योगीहरु किन मौन छन् भन्ने प्रश्न अहिलेसम्म अनुत्तरित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: