Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

टुडिखेलबाट प्रचण्डले भने-कुलमानजीले सरकारको विश्वासलाई व्यवहारमा उतार्नुभएको छ

\"\" काठमाडाैँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई वर्षयता आफू कुलमान घिसिङलाई उचित जिम्मेवारी दिने मौकाको खोजीमा रहेको बताएका छन् । शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नेपाल जलविद्युत र पर्यटनमा अथाह सम्भावना बोकेको मुलूक हो । लोडसेडिङको अन्त्य र विद्युतीकरण गरेर मात्र देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने मेरो सोंच हो । कुलमान घिसिङजीको क्षमता र इमान्दारितालाई मैले विगत एक–दुई वर्षयता नजिकबाट हेरिरहेको थिएँ । कति बेला मौका मिल्ला र उहाँलाई उचित जिम्मेवारी दिन सकिएला भन्ने मौकाको खोजीमा थिएँ, प्रधानमन्त्री भएपछि त्यो मौका मिल्यो, सरकारले उहाँलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनायो । आज उहाँले हाम्रो विश्वासलाई व्यवहारमा उतार्नुभएको छ । म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । जिम्मेवारी पायो भने जुनसुकै जाति र समुदायको व्यक्तिले पनि गरेर देखाउन सक्छ भन्ने कुरा तामाङको छोरो कुलमानजीले प्रमाणित गरेर देखाउनुभएको छ । ’ कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित गणतन्त्रले महत्वपूर्ण परिवर्तन ल्याएको बताए ।  ‘अहिले राष्ट्रपति महिला हुनुहुन्छ, उपराष्ट्रपति जनजाति समुदायको हुनुहुन्छ, प्रधानन्यायाधीश महिला हुनुहुन्छ, सभामूख जनजाति समुदायको महिला हुनुहुन्छ, उपसभामूख मधेशी हुनुहुन्छ । यो सबै जनयुद्धकै राजनीतिक र परिवर्तनकारी सोंचको देन हो । अझ संयोग भनौं, उहाँहरु सबैलाई प्रस्ताव गर्ने संयोग पनि मलाई नै जुट्यो’ उनले भने । उनले अहिलेको राजनीतिक परिस्थति निकै जटिल रहेको समेत अाैल्याए । ‘दायाँ बायाँ दुवैतिर खुकुरीको धार छ । बीचबाट जोगिएर हिड्नुपर्ने परिस्थिति हाम्रोसामू छ । अतिवादी सोचका विरुद्ध दृढतापूर्वक उभिएर मात्रै हामीले चुनौतिलाई अवसरमा बदल्न सक्छौं । हामी संघर्ष गरेर नै यो ठाउँमा आइपुगेका छौं । फेरि पनि चुनौतिलाई अवसरमा बदलेर देशलाई राजनीतिक स्थिरता दिन र आर्थिक समृद्धिको दिशामा लैजान हामी गम्भीर छौं ।’ उनले भने ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: