Ntc
Khabar Dabali २३ जेष्ठ २०८० मंगलवार | 6th June, 2023 Tue

प्रचण्ड, किरण अगाडि मातृकाले भने ‘गिरिजा माथि पुगे अब देउवाहरु कहाँ जाने ?

काठमाडौं, विभिन्न ६ चिरामा विभक्त भएका माओवादी शक्तिहरुले  जुलुससहित कोण सभा सम्पन्न गरे । आकर्षणको केन्द्रमा प्रचण्ड किरण हुँदा हुँदै पनि शान्तिवाटिकामा उनीहरुले सम्बोधन गरेनन् । दोस्रा पुस्ताका नेताहरु बोल्न अघि सरे । यस्तोमा सबैभन्दा आकर्षणको केन्द्रमा मतृका यादव बने । दोस्रो वक्ताको रुपमा सञ्चालक मणि थापाले मातृकाको नाम उच्चारण गर्दै गर्दा ताली र हुटिङ्गको हुरी चलेको थियो । उनले माओवादी शक्तिलाई कमजोर ठाने आफूहरुले फेरी सच्चा माओवादी बनेर देखाईदिने चेतावनी दिइरहँदा प्रचण्डले सहमतिको भावमा मन्टो हल्लाई रहेका थिए । ‘शान्ति सम्झौता उलंघन गर्दै जाने हो भने गिरिजा त माथी पुगी सके उनलाई त मुद्दा नलाग्ला तर देउवाहरु कहाँ जान्छन् ?’ उनको प्रश्न थियो । माओवादीलाई दमन गरे त्यसको प्रतिरोधमा आफूहरु एक ढिक्का भएर देखाईदिनेसमेत उनको उद्घोष थियो । सत्तारुढ दलले हाम्रो शक्तिलाई बुझेका छन्ः महरा एमाओवादी महासचिव कृष्ण बहादुर महराले माओवादी शक्तिलाई कमजोर ठान्नु गलत रहेको भन्दै सत्तारुढ दलले यसलाई राम्रैसँग बुझेको बताए । ‘सत्तारुढ दलले माओवादी शक्तिको विषयमा बुझेका छन् ।’ उनले भने, ‘उनीहरुका बीचमा पनि यसलाई कमजोर ठानियो भने ठूलो भुल हुने निष्कर्ष छ । हामीले एकतालाई अझै बलियोसँग लैजान जरुरी छ ।’ हेग लाने धम्की मान्दैनौँ : गुरुङ्ग वैद्य माओवादीका सचिव देव गुरुङ्गले अन्तर्राष्ट्रिय सन्धीको धम्कीमा माओवादी जेल हाल्ने अभियान चाल्न खोजीएको भन्दै तिब्र विरोध गरेका थिए । ‘हामीलाई अन्तर्राष्ट्रिय सन्धिको धम्कि दिने ?’ उनको प्रश्न थियो ‘अन्तराष्ट्रिय सन्धि राष्ट्रिय हित भन्दा माथि हुने छैन यो माओवादी तह लगाउने धम्की होइन ?’ विप्लव माओवादीका नेता सन्तोष बुढामगरले माओवादीहरुलाई हेप्न थालिएको भन्दै त्यसको सशक्त प्रतिरोध गर्ने अवस्था आएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page