Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

तीन विद्यार्थी संगठनका नेताले एउटै मञ्चमा उभिएर भने –‘अब स्ववियू निर्वाचन कसैले रोक्न सक्दैन’

\"\"भक्तपुर, २० माघ । स्ववियू निर्वाचन कुनै पनि हालतमा कसैले रोकेर रोक्न नसक्ने विद्यार्थी तीन संगठनले बताएका छन् । त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनीक गर्दै आचार संहिता लागू गरिसकेकाले यो पटकको निर्वाचन कसैले कुनै पनि बहानामा रोक्न नसक्ने र रोक्न खोजिए ठूला तीन विद्यार्थी संगठन एक भएर त्यसको विरुद्ध सघर्ष गर्न तयार रहेको बताएका हुन् । रफत सञ्चार क्लवको साक्षात्कार कार्यक्रममा बिहीबार बोल्दै विद्यार्थी संगठनका नेताहरुले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियू निर्वाचनको मिति कुनै पनि हालतमा पर सार्न नसकिने बताए । उनीहरुले विद्यार्थी संगठनले निर्वाचनको समयमा एक अर्कामा कुनै पनि किसिमको अवरोध सृर्जना नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले स्ववियू निर्वाचन कुनै पनि हालतमा फागुन १४ मा हुने बताउँदै आजबाट लागू गरिएको आचारसंहिता लागू गर्न सबै विद्यार्थी संगठन तयार रहेको बताए । आचारसंहिता जुन विद्यार्थी संगठनले लागू गर्दैन भने त्यस्ता विद्यार्थी संगठनलाई क्याम्पस प्रशासन हाताबाट निकाल्न तयार रहेको भनेर हस्ताक्षर गरेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले लामो समयसम्म हुन नसकेको निर्वाचन मिश्रित प्रणली र उमेरहद् लागू हुनु खुसीको कुरा भएको बताउँदै सबै विद्यार्थी संगठन निर्वाचनको पक्षमा लागीपरेको बताए । अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष सुनिता बरालले स्ववियू निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्ने सवालमा अखिल प्रतिबद्ध रहे पनि केहि विद्यार्थी संगठनहरु आफनो पक्षमा माहोल नआउने डरले आत्तिरहेको बताइन ।उनले तोकिएको समय आगामी १४ फागुनमा निर्वाचन जसरी पनि हुने र अखिलले दुई तिहाई बहुमत ल्याउने दावी गरिन । नेविसंघका केन्द्रीय उपाध्यक्ष डिल्लीराज सुवेदीले स्ववियू निर्वाचन विगत लामो समयदेखि हुन नसकिरहेको अवस्थामा विद्यार्थी संगठन लोकतान्त्रिक माध्यमबाट निर्वाचन गर्न तयार रहेको बताए । निर्वाचन स्वतन्त्र र निस्पक्ष वातावरणमा गर्न गराउन तयार आफनो संगठन तयार रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: