Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रधानमन्त्री प्रचण्डद्धारा नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाईनको उद्घाटन

\"\"दोलखा (खिम्ती), २० माघ । नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाईनको उद्घाटन भएको छ । विहीवार दोलखाको खिम्तिमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाईनको उद्घाटन गरेका हुन । प्रसारण लाईनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित हुने बताए । विद्युतीकरण नै नेपालको विकासको प्रमुख आधारशीला भएको उनको धारणा रहेको छ । “विद्युतीकरण नै नेपालको आर्थिक–सामाजिक विकास र राजनीतक स्थीरताको आधार हो ।” प्रधानमन्त्रीले भने “भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छेहरु लागेका छन, त्यस्ता भ्रमको पछि नलाग्नुहोला ।” विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले क्लीन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले अबदेखि जलविद्युत आयोजनाको संगसँगै प्रसारण लाईन निर्माणको कामलाई पनि तीब्रता दिने योजना सरकारले बनाएको उल्लेख गरे । नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफुले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे। सरकार कडा रुपमा प्रस्तुत हुन्छ ः समसायिक राजनीतिक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रवादको नाममा देश विखण्डन गर्नेहरुप्रति अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । तराई मधेश र पहाडको भावनालाई अलग थलग पार्ने हर्कतहरुलाई सरकारले अबदेखि छुट नदिने बताए । उनलेसंविधान संशोधन प्रस्तावमार्फत सरकारले नेपालका सवै भावनाहरुलाई एकीकृत गरी राष्ट्रियतालाई थप मजबुत पार्ने कोशिस गरेको बताए । कायैक्रममा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको अलग थलग प्रसारण प्रणालीलाई एकीकृत प्रसारण लाईनको रुपमा अघि बढाएको बताए । खिम्ती–ढल्केबर प्रसारण लाईनले अन्तरदेशीय बिद्युत आयात–निर्यातको सेतुको रुपमा काम गरेको उनको भनाई रहेको छ । तीन वर्षमा निर्माण हुने परियोजनामा १७ वर्ष किन लाग्यो भन्ने प्रश्न गर्दै मन्त्री शर्माले अबदेखि जलविद्युत आयोजना तथा प्रसारण लाईन आयोजनाहरुको सर्वे डिजाईनको काम एक वर्षभित्रै सम्पन्न गर्ने गरी नीति बनाउन लागिएको जानकारी दिए । उज्यालो अभियान कार्यक्रम देशमा लोडसेडिङ अन्त्य गर्ने अभियान मात्र नभई राष्ट्रलाई औद्योगीकरणको दिशामा अघि बढाएर समृद्ध नेपाल निर्माण गर्ने अभियान भएको मन्त्री शर्माले उल्लेख गरे । नेपालको पानी जनताको लगानी कार्यक्रमले लगानीको प्राथमिकता नेपाली जनताकै हुनुपर्ने उद्देश्य राखेको भन्दै उनले लगानीको दोस्रो प्राथमिकता आन्तरिक ऋण र तेश्रो प्राथमिकतामा मात्र बैदेशिक लगानी भित्र्याउनुपर्ने धारणा राखे । मन्त्री शर्माले लालपूर्जा बिना नै सुकुम्वासी र स्याउले झुपडीमा बस्ने नागरिकले पनि बत्ती बाल्न पाउने नीति ऊर्जा मन्त्रालयले बनाएको जानकारी दिए । जनकपुरको ढल्केबरदेखि दोलखाको खिम्तिसम्म ७४ किलोमिटर प्रसारण लाईनको सिङगल सर्किटको निर्माण सम्पन्न भएपछि यसको उद्घाटन गरिएको हो । २०६३ सालमा थालनी भएको खिम्ति–ढल्केबर प्रसारण लाईनको सिङगल सर्किट २०७३ माघमा सम्पन्न भएको हो । सर्वेक्षणदेखि हालसम्म १७ वर्ष लागेको छ । जग्गा अधिग्रहणमा स्थानीयको अवरोध र रुख कटानमा देखिएका विविध समस्याका कारण प्रसारण लाईन निर्माणमा ढिलाई भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तिन वटा ठेकेदार कम्पनीले जिम्मा लिएको यस प्रसारण लाईन निर्माणमा १ अर्ब ९५ करोड खर्च भएको छ । खिम्ति–ढल्केबर प्रसारण लाईनको कुल क्षमता ७०० मेगावाट रहेको छ । एक सर्किटमा ३५० केभी पावर प्रसारण गर्न मिल्छ । खिम्ति–ढल्केवर प्रसारण लाईन सम्पन्न भएपछि काठमाडौं र पोखरामा लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण सहयोग पुग्नेछ । यस्तै बिरगञ्ज क्षेत्रमा देखिएको अस्थीर भोल्टेजको समस्या समाधान हुनेछ । यस प्रसारण आयोजनाले बिद्युतको माध्यमबाट तराई र पहाड जोड्ने काम गरेकोछ । साथै यसले नेपाल र भारतबीच विद्युतको आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यस प्रसारण लाईनले तामाकोशशी करिडोरमा पिपिए भएका १८०० मेगावाट बराबरका जलविद्युत आयोजनाहरुको पावर फ्लो गर्न सहयोग पुग्नेछ । यस्तै यसले रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र ओखलढुंगामा बन्ने जलविद्युत आयोजनाहरुको पावर प्रसारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । यस प्रसारण लाईन आयोजनाबाट १० मेगावाटसम्म विद्युत चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणले जनाएको छ । प्रसारण लाईन निर्माणको क्रममा २५ हजार रुख कटान गरिएको थियो भने ६ लाख २५ हजार बिरुवा रोपिएका छन् । यस्तै १०२ रोपनी जग्गा अधिग्रहरण गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: