Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेपाल टेलिकमद्धारा तेह्रौ वर्षिकोत्सवको अवसरमा प्रभातफेरी

\"\"काठमाडौं, २१ माघ । नेपाल टेलिकमले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा आज (२०७३ माघ २१ गते) प्रभातफेरी कार्यक्रम गरेको छ । काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट प्रारम्भ भएको थियो । प्रभातफेरी कार्यक्रम न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै कम्पनीको केन्द्रीय कार्यालय प्रांगणमा पुगेर सम्पन्न भएको थियो । सो अवसरमा टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, सेवामा विविधता महसुलमा पारदर्शिता जस्ता कम्पनीका सेवाहरुसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गर्नुका साथै सेवासँग सम्बन्धित सामग्रीहरु प्रसारण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि वृद्धि गर्ने कार्यमा एकतावद्ध भई लाग्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरेकी छन् । यस्तै गरी कम्पनीले आजै आयोजित एक कार्यक्रममा गत आ. व. २०७२/७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने विक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ । कम्पनीको तर्फबाट उनीहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गरेका थिए । सो अवसरमा कम्पनीका रिचार्ज कार्ड , MPoS, ERC / SIM/RUIM कार्डको सबैभन्दा बढी कारोबार गर्ने ६ जना बिक्रेतालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा भी कार्ड कन्सर्न,  कन्टिनेन्टल मार्केटिङ प्रा.लि., सक्सेस युनाइटेड प्रा.लि., सनलाइट मल्टिपर्पोज प्रा.लि., त्रियोग स्टेशनरी सप्लायर्स र टकटाइम ट्रेडिङ प्रा.लि. रहेका छन् । ब्यक्तिगत तर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा साजनमान जोशी, सीडीएमए पोष्टपेडमा अशोकनाथ योगी, ल्यान्डलाइनमा रमेश सापकोटा, एडीएसएलमा राजेन्द्र सिंह भण्डारी र वाइम्याक्समा योजेन्द्र पुन सम्मानित भएका छन् । त्यसैगरी संस्थागततर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा सूर्य नेपाल प्रालि, सीडीएमए पोष्टपेडमा कारागार कार्यालय चितवन, ल्यान्डलाइनमा ग्रान्डी इन्टरनेसनल हस्पिटल धापासी, एडीएसएलमा नापी कार्यालय डिल्लीबजार र वाइम्याक्समा सीई कन्स्ट्रक्सन प्रालि त्रिपुरेश्वर सम्मानित भएका थिए । सो अवसरमा काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारीले कम्पनीका लागि बिक्रेताहरुले धेरै सहयोग गरेको बताउदै बिक्रेताहरुको सुझावका आधारमा आवश्यक योजना बनाएको र कार्यान्वयनको चरणमा रहेको बताए । सम्मानित हुनेहरुका तर्फबाट भक्तराज भट्टराई र अशोकनाथ योगीले वर्तमान प्रतिस्पर्धात्मक अवस्थामा सेवाग्राहीलाई समेत मोडलको रुपमा स्थापित गर्न सकिने बताउदै अर्बौको कारोबार गर्ने बिक्रेताहरुसँग समेत सहकार्य गर्न र अलि फरक दृष्टिकोणका साथ अगाडि बढ्न सुझाव दिए । यस्तैगरी वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पनि आजै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । उक्त अवसरमा अतिरिक्त क्रियाकलाप समितिका अध्यक्ष तथा प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झाले आगामी दिनमा अझ व्यवस्थित रुपमा अतिरिक्त क्रियाकलापको आयोजना गर्ने बताउँदै विजेताहरुलाई बधाइ तथा कार्यक्रम संयोजकहरुलाई धन्यवाद ज्ञापन गर्नु गरेका थिए । सो अवसरमा कम्पनीका नायव प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, वरिष्ठ अधिकृतहरुलगायत कम्पनीका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष यस किसिमका कार्यक्रमको आयोजना गर्दै आएको छ । नेपाल टेलिकमले भोलि शनिबार (२०७३ माघ २२ गते) तेह्रौँ वार्षिकोत्सव मनाउँदै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: