Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

उद्योग व्यवसायीसँग कुलमानको अाग्रह-विद्युत् माग कुन कुन क्षेत्रमा कति छ?जानकारी दिनुस्

\"\" काठमाडौँ, २४ माघ । नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र मुलुकको आन्तरिक उत्पादन नै उल्लेख्य मात्रामा वृद्धि हुने भएकाले उद्योगी तथा व्यवसायीलाई विद्युत्को माग उपलब्ध गराउन आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना २०७५ असारसम्म सम्पन्न हुने भएकाले विद्युत् माग कुन कुन क्षेत्रका के कति हो सोको जानकारी गराउन उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन् । प्राधिकरणले आफ्नो कार्ययोजनानुसार नै काम गर्न पनि विद्युत् माग जरुरी रहेको बताउँदै उनले पत्र लेखेर नै महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत उद्योग व्यवसायीका सङ्घ तथा संस्थालाई आग्रह गरिएको र केही उद्योगी तथा व्यवासायीले विवरण उपलब्ध गराउन पनि थालेको जानकारी दिए । प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएका तीन हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनामध्ये हाल एक हजार आठ सय मेगावाट क्षमताका विद्युत् आयोजना निर्माणका क्रममा रहेको र अरु आयोजना पनि छिट्टै निर्माणमा जाने जानकारी आफूलाई आएको घिसिङले उल्लेख गरे । विगतमा आवश्यक परेका बेलामा मात्रै विद्युत् लिने प्राधिकरणको नीति रहे पनि वर्तमान सरकारले विद्युत् लिने र व्यवसायीलाई उचित मूल्य पनि दिने रणनीति अख्तियारी गरेकाले निजी उद्योगी तथा व्यवसायीलाई राहत हुने धारणा राखे । दश मेगावाटसम्मका जलविद्युत् आयोजनालाई लाग्दै आएको ‘हाइड्रोलोजी पेनाल्टी’ हटाइएको र सकेसम्म राहत दिने प्रयासमा प्राधिकरण रहेको जानकारी घिसिङले दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: