Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कहाँ हराए भँगेरा र चिबे ?

\"\"सिन्धुपाल्चोक, २५ माघ । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ । वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा क्रमशः विस्थापित हुँदै जान थालेको हुन् । कतिपय चरा मानिसकै आसपास बस्न रुचाउने स्वभावका हुने गरेका छन् । चराले मानिसका शत्रु मात्र नभई मित्रको भूमिका समेत निर्वाह गर्दै आएका छन् । उनीहरुले अन्नलाई नोक्सान पु¥याउने किराफट्याङ्ग्रा खाएर अन्नबालीको नोक्सानीलाई रोकथाम समेत गर्दै आएका छन् । “रातको प्रथम प्रहारमा भालेबास्नुअगावै चिबे चराको स्वर सुनिन्थ्यो”, सिन्धुपाल्चोक, चौतारा नगरपालिका–९ का एकेन्द्रबहादुर श्रेष्ठ बताउछन – “अब त चिबेचरा देख्न नपाएको पनि लामो समय बितिसक्यो ।” “गाउँघरमा कुखुराको चल्ला लाने चिललाई सानै भए पनि चिबेले लखेटेर हायलकायल पार्ने गरेको दृश्य अब त स्मृतिमा मात्र सीमित रहेको अर्का स्थानीयवासी जगतबहादुर श्रेष्ठ बताउछन ।” भँगेरा बस्ने पुराना घरको बदला आधुनिक घर बन्न थालेपछि वासस्थानको अभाव हुन थालेको छ । खेतीपातीमा पनि बढी मात्रामा विषादी प्रयोग हुन थालेपछि किराफट्याङ्ग्रा नासिएर आहाराको अभावले पनि ती चरा विस्थापित हुन थालेको चराविद् डा हेमसागर बरालले बताए । पुराना घरमा सारौँ र भँगेराले गँुड बनाउने कठप्वाल हुन्थ्यो । अब त सहर बजारमा मात्र नभई गाउँघरमा पनि पुराना घर प्रायः समाप्त भइसकेका छन् । सोही कारण भँगेरा र सारौँ मात्र नभई परेवा र मलेवा समेत गाउँघरबाट क्रमशः विस्थापित हुन थालेका छन् । “पहाडमा पनि परम्परा घरको बदला सिमेन्टेड आधुनिक घर निर्माण हुन थालेका छन् । किसानले धानकोदो लगाउनै छाडेपछि बिस्कुन सुकाएको पनि देखिनै छाडेको छ । बास र आहारा नपाएपछि ती चरा आफ्नो ठाउँबाट क्रमशः विस्थापित भएर अन्यत्र जान थालेका हुन् । युवा सहर र विदेश पलायन हुन थालेपछि कामदारको अभावमा कतिपय जमिनमा धान कोदोको बदला फलफूल तथा तरकारीखेती हुन थालेका छन् । त्यस्ता बालीमा विषादी प्रयोग ह्ुन थालेपछि किराफट्याङ्ग्रा निर्मूल भई चराको आहाराको पनि अभाव भएको हो । “चिबे र भँगेरा लोप भएकै त भन्न मिल्दैन”, डा बराल भन्छन् –“यसबारेमा अध्ययन अनुसन्धान हुनुपर्ने हो, हुन बाँकी नै छ ।” नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का चराविद् ज्योतेन्द्र ठकुरी पनि आहारा र वासस्थानकै अभावमा भँगेरा र चिबेचरा लोप हुन थालेको बताउछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: