Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बिप्लव महाधिवेशनको हाउगुजी

\"\"काठमाडौं, २५ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको महाधिवेशन आगामी फागुन १ गतेदेखि शुरु हुँदैछ । माओवादी जनयुद्धको २१ औं वार्षिक उत्सवका दिन पारेर विप्लव माओवादीको महाधिवेशनको उद्घाटन गरिँदैछ । फागुन १ को लगन छोपेर महाधिवेशनको उद्घाटन गरिने भए पनि बन्दसत्र भने त्यसको झण्डै एक सातापछि गरिँदैछ । तत्कालिन एकीकृत नेकपा माओवादीबाट मोहन वैद्य किरणसँगै छुट्टिएर ड्यास माओवादी बनाएको दुई वर्ष नपुग्दै विप्लवले वैद्यबाट पनि अलग भई आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट क्रान्ति नहुने भन्दै अलग पार्टी बनाए पनि वैद्यबाट पनि तत्काल क्रान्ति हुने नदेखेको भन्दै विप्लवले छुट्टै पार्टी बनाए । तर विप्लवले छुट्टै पार्टी बनाए पनि क्रान्तिको उद्घोष भने गरिसकेका छैनन् । बरु क्रान्तिको तयारी गरेको भन्दै त्रासदी फैलाएर आर्थिक अभियानमा जुटेको आरोप विप्लवमाथि लाग्ने गरेको छ । पछिल्लो समेत माओवादी एकतामा जोड दिँदै केही पक्षबीच एकता नेकपा (माओवादी केन्द्र) बनेपछि विप्लव आफूलाई निकै क्रान्तिकारी भएको दाबी गर्ने गरेका छन् । त्यसैले उनले माओवादी ध्रुवीकरण भन्दै प्रचण्डले कारबाही गरेपछि छुट्टै पार्टी बनाएका हेमन्तप्रकाश ओलीलाई पनि आफ्नो पार्टीमा प्रवेश गराएका छन् । प्रचण्ड माओवादीबाट अलग भएका वैद्य र विप्लवले एक अर्कामाथि चर्को आरोप प्रत्यारोप भने गरेका छैनन् । तर एकले अर्कालाई कमजोर आँकलन गर्दै घोँचपेच भने गरि नै रहन्छन् । माओवादी एकतापछि वैद्य–विप्लव दुवैले प्रचण्ड माओवादीलाई ‘दक्षिणपन्थी हावाहुरी’ भन्दै संयुक्त वक्तब्य नै निकालेर आरोप लगाएका थिए । पछिल्लो समय राष्ट्रियताको आन्दोलन चर्काउन भन्दै वैद्य, विप्लव र मोहनविक्रम सिंहले कार्यगत एकताको घोषणा पनि गरे । तर उनीहरुले अप्पर कर्णाली लगायतका राष्ट्रियताको मुद्दाबाहेक अन्य मुद्दामा कार्यगत एकता नहुने उनीहरुले नै प्रष्ट पारिसकेका छन् । राष्ट्रियतामा एक भएको भन्दै कार्यगत एकताको घोषणा गरेका वैद्यले एकीकृत क्रान्ति भनेर अस्पष्ट कायदिशा ल्याएको र विप्लवको राजावादीसँग साँठगाँठ रहेको संगीन आरोप नै लगाएका छन् । विप्लवले भने वैद्यलाई मोहनविक्रम पथ भनी ब्यङग्य गर्ने गरेका छन् । यहिबीचमा महाधिवेशनको गर्ने तरखरमा रहेका विप्लव काठमाडौंको खुलामञ्चबाट महाधिवेशनको उद्घाटन गरेर बन्दसत्र गर्न रोल्पाको थवाङ पुग्ने भएका छन् । फेरि जनयुद्ध गर्ने हुँकार दिँदै आएका विप्लवले काठमाडौंको रत्नपार्कबाट आफ्नो छुट्टै जनसरकार घोषणा गरेका थिए । जनपरिषद् नाम दिएर सन्तोष बुढामगरको नेतृत्वमा जनसरकार घोषणा गर्नुका साथै राजधानीमै निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीदेखि केही सरकारी अधिकारीमाथि आक्रमण र कालोमोसो दल्नुका साथै केही ब्यक्तिको जग्गामा झण्डा गाडेर विप्लव माओवादीले विभिन्न उट्पट्याङहरु पनि गर्दै आएको छ । विप्लव माओवादीले आगामी महाधिवेशनबाट पनि शान्तिपूर्ण कार्यक्रमलाई नै पहिलो प्राथमिकताका साथ अघि बढाउने स्पष्ट गरेका छन् । तर काठमाडौंमा उद्घाटन गरेर माओवादी जनयुद्धको उद्गम थलो मानिने रोल्पाको थवाङमा बन्दसत्र गरेर एक किसिमको ‘हाउगुजी’ सिर्जना गर्ने नीति अख्तियार गरेको छ । उनीहरूले अाफूहरू जनयुद्धमा जान लागेको र त्यसको तयारीमा रहेको भनी अाम जनतामा पनि दिग्भ्रमित पार्ने र अन्य राजनीतिक दल र सरकारलार्इ अातंकित बनाउने रणनीति अघि सारेका छन् । तत्काल जययुद्धमा जाने कुरा नभए पनि विप्लवले वैद्यसँगै हुँदा दोस्रो संविधानसभाको चुनावमा जस्तै महाधिवेशनले अागामी निर्वाचन पनि बहिष्कारको नीति नीति तय गर्ने विप्लव निकट स्रोतको भनाइ छ । वैद्यसँगै हुँदा पनि सशस्त्र बहिष्कार गर्ने निर्णय वैद्यले कार्यान्वयन नगरी आफूहरुलाई समेत सशस्त्र प्रतिरोध गर्नबाट रोकेको विप्लव माओवादीको आरोप छ । थवाङमा बन्दसत्र गरिएपछि पार्टीको गोप्य दस्तावेजहरु पनि ‘लिक’ नहुने र मिडियाबाट जोगिन सकिने उनीहरुको बुझाइ छ । यो पनि पढ्नुस् यस्तो बनायो विप्लब माओवादीले थवाङमा १ करोडको हल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: