Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

यी सात मुश्लिम देश किन ट्रम्पको निशानामा पर्दैनन् ?

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुश्लिम बहुद देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाउने आदेशबाट भ्रमको स्थिति बनेको छ । यद्यपी ती मुश्लिम बहुल देशमध्ये सबैभन्दा बढी आर्थिक कारोबारको सम्बन्ध हुने देश भने उक्त सूचिमा रहेको छैन । प्रभावित देशमा अमेरिका भीसाका लागि संघर्ष गर्नुपरिरहेको छ । अमेरिका पुग्नका लागि उनीहरुसँग सीमित विकल्प रहेका छन् । हुनत ट्रम्पको आदेशमाथि एक संघीय अदालतले रोक लगाइदिएको छ । गुगल, एपल तथा फेसबुक जस्ता कम्पनीले पनि उक्त आदेशको अदालतलाई चुनौती दिएको छ । इराक, सीरिया, लीबिया, सोमालिया, सूडान तथा यमनबाट कोही पनि ब्यक्ति ९० दिनसम्म अमेरिका आउन नसक्ने ट्रम्प प्रशासनको कार्यकारी आदेशमा भनिएको थियो । यो आदेशका साथै अमेरिकाको शरणार्थी प्रवेश कार्यक्रमको १२० दिनका लागि निलम्बित गरिएको थियो । साथै सीरियाली शरणार्थीको अमेरिका प्रवेशमा अनिश्चितकालका लागि रोक लगाइएको थियो । रोचक तथ्य यो छ कि, ट्रम्पको यो सूचिमा एउटा नाम मात्रै काफी छ, जसका कारण अमेरिकाको आर्थिक अवस्थामा ठूलो असर पर्न सक्छ । त्यो देश हो इराक । इराकको अमेरिकासँग बलियो ब्यापारिक सम्बन्ध छ । अमेरिकाले तेल आयात गर्ने देश मध्ये इराक प्रमुख देश हो । अमेरिकी विभाग यूएस सेसन्स ब्युरोकाअनुसार विश्वमा ४७ मुश्लिम देशहरुसँग अमेरिकाको कारोबारी सम्बन्ध रहेको छ । ब्युरोकाअनुसार सन् २०१५ मा मात्रै यी देशहरुबाट २ सय २० अर्ब डलर कारोबार भएको थियो । फैसला उल्टाउने निर्देशको विरुद्ध ट्रम्पको अपिल ब्यूरोकाअनुसार नोभेम्बर २०१६ सम्म ती देशहरुका साथ कारोबार करिब १ सय ९५ डलरसम्म पुगेको थियो । ब्यूरोको रेकर्डअनुसार ट्रम्पले मुश्लिम देशको यात्रामाथि प्रतिबन्धको सूचिमा राखे, तीनमा इराकलाई छाडेर अरु कुनै दोस्रो देशको अमेरिकी ब्यापारको सम्बन्ध नाम मात्रैको हो । जुन मुश्लिम बाहुल्य देश अमेरिकाको साथमा सम्बन्ध बलियो रहेको छ, त्यो देश प्रतिबन्धको सूचीमा रहेको छैन । १) साउदी अरब अमेरिकासँग बलियो आर्थिक कारोबार हुने देशमध्ये मुश्लिम बाहुल्य देश साउदी अरब सबैभन्दा माथि रहेको छ । साउदी अरबले अमेरिकामा बनेको कार, औद्योगिक मेशिन, निर्माण उपकरण, हवाई विमान, रक्षा उपकरण, इलोक्ट्रोनिक्स तथा औषधिहरु बढी खरिद गर्ने गरेको छ । अमेरिकी सेसन्स ब्यूरोको रेकर्डअनुसार सन् २०१६ को ११ महिनामा साउदी अरबमा अमेरिकाबाट निर्यात ३१ अर्ब डलर सम्म पुगेको थियो । अमेरिकाको थुप्रै कम्पनीले आफ्नो उपकम्पनीमार्फत साउदी अरबमा अरबौं लडरको लगानी गरेको छ । जसमध्ये जनरल इलेक्ट्रिक कम्पनीले एक्लै एक सय करोड डलर लगानी गरेको छ । अझ रोचक कुरा छ यो छ कि अमेरिकामाथि सेप्टेम्बर ११ को हमलाको अभियुक्तमा अधिकांश तार साउदी अरबसँग जोडिएको थियो । २) मलेसिया मलेसियाले अमेरिकासँग हरेक वर्ष करिब २३ अर्ब डलरको कारोबार गर्ने गरेको छ । डाओ केमिकल, मर्फि तेल, कोनिका फिलिप्स तथा एक्सन मोबिल जस्ता कम्पनीले मलेसियामा करोडौं डलरको लगानी गरेको छ । ३) संयुक्त अरब इमिरेट्स (यूएई) यूएन सेसन्स ब्यूरोको तथ्यांकअनुसार सन् २०१६ को नोभेम्बरसम्म अमेरिकाको यूएईको ब्यापार २३ अर्ब डलरसम्म पुगेको थियो । सयौं संख्याका अमेरिकी कम्पनीले यूएईमा काम गरिरहेको छ । बोइङजस्ता थुप्रै कम्पनीको मध्यपूर्व मुख्यालय दुबईमा रहेको छ । ४) इण्डोनेशिया इण्डोनेशिया विश्वकै सबैभन्दा बढी मुश्लिम बसोबास रहेको देश हो । यूएन सेसन्सको आंकडाअनुसार सन् २०१६ नोभेम्बरसम्म अमेरिका–इण्डोेनेशिया ब्यापार २३ अर्ब डलरसम्म पुगेको थियो । इण्डोनेशियाको सरकारी तथ्यांकअनुसार अमेरिकाबाट आयातभन्दा निर्यात अझै बढी छ । सन् २०१३ मा इण्डोनेशियाबाट १५ अर्ब डलर भन्दा बढीको सामान निर्यात भएको थियो भने आयात करीब ९ अर्ब डलर रहेको थियो । ५) टर्की टर्कीको ब्यापार इकाई टस्कानकाअनुसार टर्कीमा १२ सय भन्दा बढी कम्पनीको कार्यालय रहेको छ । अमेरिकासँग द्विपक्षीय ब्यापार सम्बन्ध पनि लगातार बढिरहेको छ । टस्कारकाअनुसार टर्कीमा सन् २०१२ मा ब्यापार २१ अर्ब डलर थियो । यूएस सेसन्सन्काअनुसार सन् २०१६ को नोभेम्बर महिनामा द्विपक्षीय ब्यापार उक्त आंकडाभन्दा धेरै उच्च रहेको छ । ६) इजिप्ट मुश्लिम बाहुल्य अर्को देश इजिप्टको साथ पनि अमेरिकाको ब्यापारिक सम्बन्ध राम्रो रहेको छ । मार्च २०१६ मा इजिप्टको राजधानी कायरोमा भएको सम्मेलनमा ५३ अमेरिकी कम्पनीले इजिप्टमा लगानी गर्ने इच्छा ब्यक्त गरेको थियो । ७) कुवेत कुवेतमा अमेरिकी टेक्नोलोजी, सेवा तथा उत्पादनको माग निकै बढी छ । यहाँ महत्वपूर्ण कुरा ९० को दशकमा कुवेतमा सद्दाम हुसेनको हमलापछि अमेरिकाले नै कुवेतको मद्दत गरेको थियो । यसका साथै कुवेतमा बढी संख्यामा अमेरीकी कम्पनीले नै काम गरिरहेको छ । (बीबीसीबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies