Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

आन्दोलित कर्मचारीको माग पूरा नभए फागुन १ गते काम ठप्प पार्ने चेतावनी

\"\"काभ्रे, २५ माघ । स्थानीय निकाय ट्रेड युनियन जिल्ला समन्वय समितिले आफ्नो मागहरु पूरा नगरेको भन्दै सोमवारबाट आन्दोलन गरिरहेका छन् । केन्द्रीय आन्दोलन समितिले जारी गरेको घोषित कार्यक्रम अनुरुप जिल्लामा पनि आन्दोलन थालनी गरेको जिल्ला आन्दोलन परिचालन समितिका संयोजक तारानाथ बञ्जाराले बताए । उनका अनुसार केन्द्रीय समितिको निर्देशन अनुरुप दवावस्वरुप सोमवार जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । जसअनुरुप कर्मचारीहरु आज कालो पट्टि बाँधेर काम गरिरहेका छन् । भोलि पनि सो क्रम जारी रहने उनले बताए । जिल्ला आन्दोलन परिचालन समितिका संयोजक बञ्जाराले भने, ‘अझैपनि हाम्रो मागको सुनुवाई हुँदैन भने २७ गते १ घण्टा पेन डाउन गर्ने, २८ गते ३ घण्टा पेन डाउन गर्ने र फागुन १ गते काम नै ठप्प पर्ने कार्यक्रम रहेको छ ।’ कर्मचारीहरुले जिल्ला विकास समितिको कार्यालयमा नै मागपत्रको ब्यानर झुण्ड्याएर आन्दोलन गरिरहेका छन् । समितिले स्थानीय निकायको चुनावको मिति छिटो घोषणा गर्नुपर्ने, स्थानीय निकायमा आर्यरत अस्थायी कर्मचारीहरुलाई ब्यवस्थापन गरी उनीहरुको पेशाको ग्यारेण्टी गर्नुपर्ने, नयाँ संविधानको मर्म र भावना अनुरुप स्थानीय तहहरुबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको ब्यवस्था गर्नुपर्ने लगायतका ५ बुँदे माग पेश गर्दै आन्दोलनमा उत्रिएका हुन् । स्थानीय निकाय कर्मचारी संघ नेपालका केन्द्रीय सचिव विदुर गौतमले स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई निजामित कर्मचारीलाई भन्दा आफुहरुलाई गर्ने ब्यवहारमा फरक देखाएको भन्दै त्यसको विरुद्धमा सम्बन्धीत निकायलाई दवाव दिनको लागि अहिले जारी आन्दोलन भएको बताए । ‘अहिले स्थानीय निकायमा करिब १७ हजार कर्मचारी कार्यरत छन्, जसलाई हेप्ने काम ग¥यो । कसरी ब्यवस्थापन गर्ने भन्ने कुरा नै भएन ।’ उनले भने, ‘त्यसको लागि ब्यवस्था गर्न छिट्टै ध्यान जावस् भन्ने उद्धेश्यले पनि ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रेका हौं ।’ उनले स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई जेष्ठताको आधारमा सम्मानजनक ब्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘धेरैजसो कर्मचारी साथिहरुले २०/२५ बर्षसम्म काम गरिसकेका छन्, उनहरुलाई अब के गर्ने भन्ने कुरामा सम्बन्धीत निकाय गम्भिर देखिएको छैन ।’ त्यस्ता कर्मचारीहरुलाई कमसेकम आन्तरिक प्रतिष्पर्धाबाटै भएपनि ब्यवस्थापन गर्नुप¥यो । ‘त्यो ब्यवस्था अहिलेसम्म भएन, बनाउनु प¥यो भन्ने पनि हाम्रो माग हो ।’ गौतमले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: