Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सरकार संविधान कार्यान्वयनमा नलागी आत्महत्याको बाटोमा :पूर्व मन्त्री पण्डित

\"\"भक्तपुर, २६ माघ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागी आत्महत्याको बाटोमा अग्रसर भइरहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको बताएका हुन । सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामीरहेको बताउँदै उनले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताए । उनले भने –‘निर्वाचनको हल्ला गरेर निर्वाचन नगर्नको निम्ति हल्ला चलाएको हो भने त्यो गलत हुनेछ । ’ सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न सकेन भने सरकारको औचित्य समाप्त हुने उनको दावी थियो । निर्वाचन गर्न नसके सत्ताधारी राजनीतिक पार्टीहरुको सत्तामात्रै ढल्ने नभई ती राजनीतिक पार्टी पनि जनताको बीचबाट समाप्तिको बाटोतर्फ लाग्ने बताए । उनले चुनाव गर्न र संविधान कार्यान्वयन गर्न खुट्टा नकमाउन सरकारलाई आग्रह गरे । नेपालका मूख्य राजनीति शत्तिहरु एक भएर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले विपक्षी राजनीतिक दलहरु सबैभन्दा छिटो संविधान कार्यान्वयनको मुल कडी निर्वाचनमा प्रवेश गर्न चाहँदा पनि सरकार भने निर्वाचन गर्न आलटाल गरिरहेको आरोप लगाए । सरकारमा गएपछि सरकारको तागतले चुनाव जित्छु भनेर सरकारमा लालहीत हुने गरेको विगतको अवस्था ठिक उल्टो भएको छ, उनले भने, सत्ताधारी चुनावबाट भाग्ने र विपक्षी चुनावमा जान तयार हुने अवस्था आएको छ । संविधान कार्यान्वयन भएनन् भने देशले संवेधानीक, राजनीतिक संकटपूर्ण अवस्था सामाना गर्नुपर्ने बताउँदै उनले यदी त्यस्तो अवस्था आए त्यसको मुख्य जिम्मेवार सत्ताधारी राजनीतिक दल नै बन्नुपर्ने बताए । त्यो अवस्थामा ती दलहरु यही अवस्थामा रहन्छ रहँदैन त्यो फैसला जनताले गर्नेछन्, उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: