Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन हुनुपर्ने पक्षमा काँग्रेस

काठमाडौँ, २६ माघ । स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएको छ । नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ‘प्रथम पुण्य स्मृति दिवस’का अवसरमा आज आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले स्थानीय तहको व्यवस्थापन गर्न समय लाग्ने भएकाले पुरानै निकायको भएपनि निर्वाचन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले पुरानै स्थानीय निकायको निर्वाचन गर्न अन्य दलको पनि सहमति आवश्यक पर्ने भन्दै त्यसमा सहमति नभए इलाकालाई आधार मानेर निर्वाचनमा जान सकिने विकल्प प्रस्तुत गरे। स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा पुरानै निकायको निर्वाचन गर्ने पक्षमा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एमाले० लगायत दलहरु भने देखिएका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति, उपराष्ट्रपति र सरकारको निर्वाचन भएको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार स्थानीय निकायको निर्वाचन किन गर्न नसकिने भनी प्रश्न गरे । “स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदनमा समस्या देखिएकाले परिमार्जन गर्नु आवश्यक छ” – उनले भने । स्थानीय तहसम्बन्धी ऐन बनाउन र गठन गर्न समय लाग्नेतर्फ इङ्गित गर्दै वरिष्ठ नेता पौडेलले सङ्क्रमणकालीन धाराको प्रयोग गरेर पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए । आयोगको प्रतिवेदनमा जिल्लाबाट सहमतिमा पठाइएअनुसार तहको व्यवस्था नभएको भन्दै विभिन्न जिल्लामा आन्दोलन र विवाद हुनाका साथै मधेस केन्द्रित दलहरुले प्रतिवेदनलाई यथावस्थामा स्वीकार्न नसकिने बताउँदै आएका छन् । कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंहले संविधान संशोधनको नाममा निर्वाचन नहुने अवस्था आयो भने संविधान नै ‘कोल्याप्स’ हुने खतरा रहेको औँल्याउनुभयो । स्थानीय तहको निर्वाचन गर्न समय लाग्ने भए पुरानै निकायको भए पनि निर्वाचन गर्नुपर्ने उनको सुझाव थियो । सरकारले आयोगको प्रतिवेदन बुझे पनि विभिन्न जिल्लामा देखिएका विवादपछि प्रतिवेदन अध्ययन गरी सुझाव दिन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ । कार्यक्रममा अर्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनका लागि तत्काल पुरानै निकायको भए पनि निर्वाचन गर्नुपर्ने बताउँदै त्यसपछिमात्र प्रदेश र सङ्घको निर्वाचनमा जान सकिने धारणा व्यक्त गरे । मुलुकमा यतिखेर सरकार संविधान संशोधनको प्रस्तावलाई छलफलको प्रक्रियामा लगेर निर्वाचनमा जाने पक्षमा देखिएको छ । मधेस केन्द्रित दलहरु संशोधन पारित नभई निर्वाचनमा जान नसकिने अडान लिएर बसेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending