Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

चार दर्जन विद्यालय बन्द हुने अवस्थामा

इलाम,  विद्यार्थी सङ्ख्या कम भएका कारण इलामका चार दर्जन सामुदायिक विद्यालयको अस्तित्व गुम्ने खतरामा परेको छ । प्राथमिक तहमा विद्यार्थी कम भएका कारण अस्थित्व सङ्कटमा परेको हो ।

अधिकांश प्राविमा विद्यार्थी नभएकाले बन्द गर्ने अवस्थामा पुगेको जिशिकाले जनाएको छ । प्राविमा एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्ने शिक्षा नियमावलीमा उल्लेख भए पनि त्योअनुसार कुनै पनि विद्यालयमा नभएको जिशिकाले जनाएको छ ।

नयाँ शैक्षिकसत्रको विद्यार्थी भर्नादर हेरेर विद्यालय गाभ्ने तयारी गरिएको जिशिअ टङ्कप्रसाद गौतमले बताए । \'विद्यार्थी अनुपातमा शिक्षक बढी देखिएका छन्, विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएका विद्यालयबाट शिक्षकलाई अन्य विद्यालयमा पठाउँछौँ\'–जिशिअ गौतमले भने–\'शिक्षक विद्यार्थी अनुपात अत्यन्तै कम भएको देखिएकाले दरबन्दी मिलान गर्न लागिएको छ ।\' सूर्याेदय नगरपालिकाको पञ्चकन्यास्थित भवानी प्रावि माघेमा पाँच विद्यार्थीका लागि तीन शिक्षक कार्यरत छन् । यस्तैगरी सोही नगरपालिकाको फिक्कल आहालेमा रहेको कृष्ण प्राविमा सात विद्यार्थीका लागि चार शिक्षक छन् ।

जिल्लामा १० भन्दा कम विद्यार्थी भएका विद्यालय नै सात वटा छन् । सिद्धार्थ प्रावि साँखेजुङ, पुवामाई प्रावि साँखेजुङ, शान्ति प्रावि समालबुङ, अरनिको प्रावि रक्से, लालीगुराँस प्रावि माईमझुवामा १० भन्दा कम्ती विद्यार्थी अध्ययनरत रहेको जिशिकाको तथ्याङ्कमा उल्लेख छ ।

शिक्षा नियमावलीमा ४५ विद्यार्थीबराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने उल्लेख छ । शिक्षा कार्यालयले भने २३ न्यूनतम विद्यार्थी भएकामा पनि अनुमतिका लागि सिफारिस दिने गरेको छ । तर पाँच विद्यार्थी भएका ठाउँमा पनि तीन शिक्षक अझै कार्यरत देखिएको छ ।

शिक्षामा यस्तो तथ्याङ्क देखिनु अत्यन्तै अव्यावहारिक र निराशाजनक भएको जिशिअ गौतम बताउछन् । न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने र बढी विद्यार्थी भएका ठाउँमा दरबन्दी समेत थप गरिने उनले बताए ।

निम्नमाध्यमिक तह र माध्यमिक तहमा शिक्षक दरबन्दी नपुगेर निजी तथा अन्य स्रोतबाट शिक्षक राख्नुपर्ने अवस्था रहेको छ । तर अर्कातिर प्राथमिक तहमा शिक्षक विद्यार्थीबिना नै बसिरहेका छन् । प्रावि तहमा विद्यार्थी अनुपातमा शिक्षक राख्ने हो भने सबै विद्यालयमा शिक्षक अभाव नहुने जिशिअ गौतम बताउँछन् । सूर्याेदय प्रावि श्रीअन्तु, राष्ट्रिय प्रावि जौवारी जमुना, सूर्याेदय प्रावि मावुमा ११/११, सिंहदेवी प्रावि जितपुर, अमरज्योति प्रावि जितपुर र महमाई प्रावि बरबोटेमा १२/१२, भानुभक्त प्रावि समालबुङ, लालीगुराँस प्रावि जोगमाई र जनज्योति प्रावि फाकफोकमा १३/१३ विद्यार्थी अध्ययनरत छन् ।

नामसालिङ–८ स्थित हात्तीटार प्राविमा १९ विद्यार्थी र चार स्थायी शिक्षक छन् । १४ विद्यार्थी भएका तीन, १५ विद्यार्थी भएका चार, १६ विद्यार्थी भएका तीन, १७ विद्यार्थी भएका चार, १८ विद्यार्थी भएका दुई, १९ विद्यार्थी भएका सात र २० विद्यार्थी भएका सातवटा प्रावि गरी ४८ वटा रहेका छन् ।

यी विद्यालयमा छात्रा ३२९ र छात्र ३७४ रहेका छन् । विद्यार्थी सङ्ख्या कम भएका कारण विगत तीन वर्षको अवधिमा १८ प्रावि समायोजन भएका छन् ।

विद्याज्योति प्रावि श्रीअन्तु, सरस्वती प्रावि सुलुबुङ, दुर्गा प्रावि साङरूम्वा, विजुवाडाँडा प्रावि साङरूम्वा, भानुभक्त प्रावि गजुरमुखी र नेत्रज्योति प्रावि मङ्गलवारे बन्द भएका हुन् । यसैगरी सरस्वती निवास प्रावि गोर्खे, सिंहदेवी प्रावि गोर्खे, चन्द्रोदय प्रावि सोयाङ, बिक्री प्रावि सुम्वेक र कृष्णज्योति प्रावि बाँझो विद्यार्थी अभावमा समायोजन भएका हुन् ।

विद्यालयबाट प्राप्त तथ्याङ्कमा विद्यार्थी सङ्ख्या न्यून देखिए पनि केही विद्यालयमा फर्जी विद्यार्थी सङ्ख्या पेस गरेको हुनसक्ने जिशिकाले जनाएको छ ।

विद्यालय स्वीकृत गराएर दरबन्दी र भौतिक संरचनाको व्यवस्था हुँदा पनि विद्यार्थी सङ्ख्या दिनदिनै घट्दै गएपछि त्यसको व्यवस्थापनमा चुनौती पनि सँगसँगै थपिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies