Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कस्तो अवस्थामा लाग्छ स्तन क्यान्सर , कसरी थाहा पाउने ?

\"\"काठमाडौं, २७ माघ । पछिल्लो समय स्तन क्यान्सरको समस्या जटिल बन्दै गएको छ । यो विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । नेपालमा स्तन क्यान्सरका बिरामीमध्ये छ जना पुरुषमा पनि स्तन क्यान्सर पाइएको छ । तथ्याङ्क अनुसार नेपालमा सबभन्दा कम उमेर २२ र बढी उमेर ९१ वर्षका महिलामा स्तन क्यान्सर पाइएको छ । स्तन क्यान्सर विश्वव्यापी समस्या भएकाले यसमाथि सबैभन्दा बढी अनुसन्धान भएको छ । जोखिम अवस्था –ढिलो महिनावारी सुरु भएको तथा चाँडै महिनावारी सुकेका महिलालाई । –बच्चा नजन्माएका महिलालाई । –स्तनपान नगराउनेलाई । –बच्चा ढिलो जन्माएका महिलालाई, विशेषगरी ३५ वर्ष नाघेकालाई । –धेरै वर्षसम्म परिवार नियोजनका औषधी र विभिन्न हार्मोन प्रयोग गर्नेलाई । लक्षण तथा चिह्न –स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु । –दुबै स्तन समान नभई आकार वा बनौटमा फरक देखापर्नु । –स्तन सुन्निएर कडा भई दुख्न थाल्नु । –स्तनको मुन्टाबाट रगत अथवा पिप आउनु । –स्तनको मुन्टा सिधा बाहिर नफर्की दायाबायाँ वा घुमेर भित्र फर्कनु । –स्तनमा गिर्खा नदेखिएपनि काखीमा गिर्खा देखापर्नु । शङ्का लागे के गर्ने ? बीस वर्षभन्दा माथिका प्रत्येक महिलाले स्तन क्यान्सर भए नभएको जाँच गर्नु जरुरी छ । महिनावारी नियमित भइराखेका महिलाले महिनावारी रोकिएको पाँच दिनपछि मात्र यो जाँच गर्नुपर्छ । किनकि महिनावारी भएको बेलामा स्तन अलिक सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । सोका कारण स्तनमा भएको केही परिवर्तन थाहा पाउन मुश्किल हुन्छ । अरु क्यान्सरसरह स्तन क्यान्सर पनि सुरुमै उपचार गरे निको हुनसक्छ । सुरुमा उपचार गर्नका लागि स्तन क्यान्सरलाई सुरुको अवस्थामै पत्ता लगाउन सक्नुपर्छ । स्तनमा भएका गिर्खालाई सुरुमै थाहा पाउनसक्नुपर्छ । गिर्खा जति सानो भयो उपचारको परिणाम त्यति नै राम्रो हुने सम्भावना हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies