Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

म्याग्दीको टिमुर अस्ट्रेलियामा

म्याग्दी, २७ माघ । यहाँ उत्पादन भएको टिमुर अस्ट्रेलिया निकासी को अन्तर्राष्ट्रिय बजार खोज्न थालिएको छ ।

बेनी नगरपालिका–१० तोरीपानीका कृषकले उत्पादन गरेको टिमुर यस वर्ष अस्टेलिया निकासी भएको हो । काठमाडौँको फरेस्ट फर हेल्थ संस्थासँग समन्वय गरेर बजार परीक्षणका लागि अस्टेलियामा १८० किलो टिमुर पठाइएको भुमेसिद्ध टिमुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले जानकारी दिए । “यहाँबाट पठाएको टिमुरको गुणस्तर राम्रो भएको प्रतिक्रिया आएको छ,” बानियाँले भने “यसै वर्ष थप २० किलोग्राम टिमुर पठाउने तयारीमा छौं।” आगामी वर्षदेखि गाउँमै प्रशोधन र प्याकेजिङ गरी निकासी गर्न पहल गरिएको उनको भनाइ छ ।

यसअघि २०७१ मा जर्मनीमा बजार परीक्षणका लागि ८० किलो टिमुर पठाइएको थियो । टिमुर अचार, दाल र चटनीमा तथा शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । न्यूनतम प्रतिकिलो रु एक हजार ४०० का दरले टिमुर बिक्री भइरहेको छ ।

यस वर्ष तोरीपानीबाट ३० लाख दुई हजारको दुई हजार १६४ किलो टिमुर निकासी भएको छ । अस्टेलियामा १८० किलो, मुस्ताङमा २०८, बेनीमा ४९६, पोखरा र काठमाडौँमा एक हजार २८० किलो टिमुर निकासी भएको छ । टिमुर बेचेर एउटा परिवारले वर्षमा रु ६० हजारसम्म आम्दानी गर्ने गरेका भुमेसिद्ध टिमुर सञ्जाल घतानका आनन्द रिजालले बताए । सञ्जालअन्तर्गत १९ वटा समूहमा आबद्ध करिब १०० घरधुरीले व्यावसायिक टिमुरखेती गर्दैआएका छन् । तोरीपानीमा टिमुरको नर्सरी समेत छ । यस वर्ष ५० हजार टिमुरका बिरुवाको माग आएको नर्सरी सञ्चालक सागर बानियाँलले बताए । लमजुङ र पाल्पाबाट ४५ हजार तथा म्याग्दीबाट पाँच हजार बिरुवाको माग आएको उनले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: